ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान

१ श्रावण २०८१, मंगलवार
१ श्रावण २०८१, मंगलवार

बुटवल, १ साउन ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा पनि पूरा नभएपछि ठेक्का रद्द गरिएको छ। बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक सात वर्षअघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो।

बुटवलको चौराहादेखि गोलपार्कसम्मको ३.२५ किलोमिटर सडक ६ लेनमा विस्तारका लागि लामो समय ठेकेदारले अलपत्र पारेपछि त्यो ठेक्का रद्द गरेर नयाँ ठेक्काको आव्हान गरिएको हो । पुरानो निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगरेपछि त्यो ठेक्का तोडेर नयाँ ठेक्का आव्हान भएको छ ।

अनेक जाल झेल षड्यन्त्र गरेर काम नगर्ने बुटवलवासीलाई प्रताडित बनाएको यो सडक खण्डको निर्माणले अब बिना विलम्ब गति लिनुपर्ने स्थानीयले जनाएका छन् ।

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले सडक अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी उसको ठेक्का रद्द गरेर नयाँ टेन्डर आह्वान गरिएको बताए । ६ महिनाभित्र सक्ने गरी ५८ करोडमा यो सडकको पुनः टेन्डर गरिएको उनले बताए ।

२०६९ सालमा ४ लेनमा निर्माण भएको यो खण्ड पछि ६ लेनमा विस्तार गर्ने योजना अघि बढेको थियो । उक्त योजनाअनुसार ६ लेन सडकको काम सुरु भएर हालसम्म पूरा नहुँदा यस क्षेत्र अस्तव्यस्त रहेको छ भने काम अलपत्र हुँदा दुर्घटनाको जोखिम बढाइरहेको छ ।

सडकको काममा हालसम्म करिब ३५ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, आधा पनि काम भएको छैन । मुख्य सडकमा हाल सामान्य लेभल मिलाउने डीबीएमको काम मात्रै भएको छ । मुख्य पिचको काम त सुरु भएकै छैन । यो सडकमा अन्तर्राष्ट्रिय स्तरको अस्फाल्ट पिच गर्ने योजना छ ।

सुरुका केही वर्ष साइट क्लियर नहुँदा र मुद्दा मामिलाको झमेला हुँदा निर्माण कार्य प्रभावित भएको थियो । पछि यी सबै समस्या समाधान हुँदासमेत कामले गति लिन सकेन । सम्झौताअनुसार २०७६ असोज १२ गतेसम्म सक्नुपर्ने थियो । तर, काम नभए पनि ठेकेदारले म्याद भने थपेको थपेयै गरेर अहिले ०८० चैत मसान्तसम्म पुराएको थियो ।

कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार चार सय ६७ रुपैयाँमा ठेक्का पाएको यो सडक पूरा गर्न सो कम्पनीसँग ०७६ सम्ममा सडक विस्तार सक्ने गरी १७ चैत ०७३ मा ठेक्का सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थप्दासमेत सात वर्षसम्म विस्तार सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको हो ।

निर्माण कम्पनीले काम अलपत्र पार्नुका साथै दिएको निर्देशनसमेत बेवास्ता गरेपछि ठेक्का नै रद्द गरेर नयाँ टेन्डरको गरिएको इन्जिनियर लम्सालले बताए । वैशाख १३ गते ठेकेदारको ठेक्का रद्द गरिएपछि यो रोक्न अदालत गए पनि त्यहाँबाट अन्तरिम आदेश नआएपछि नयाँ टेन्डर आह्वान गरिएको हो ।

कार्यालयका अनुसार १२ असोज ०७६ मा निर्माण सम्पन्न गर्ने गरी सो सम्झौता भएको थियो । ठेक्का सम्झौताका वेला सडक कार्यालयमा पेस गरेको निर्माण कार्य तालिकाअनुसार काम नभएपछि वर्षौँ बित्दा पनि कामले गति लिन सकेन । निर्माणाधीन साइटमा अवरोधदेखि कोभिड महामारीको प्रभावसमेत परेपछि पटक–पटक गरेर म्याद थप गरिएको थियो ।

‘‘हालसम्म आर्थिक प्रगति ५० दशमलव ७७ प्रतिशत तथा भौतिक प्रगति जम्मा ५४ प्रतिशत रहेको छ, पटक–पटक म्याद थप गर्दा पछिल्लो पटक ३१ असार ०८० मा काम सम्पन्न गर्नुपर्ने थियो, तर काम नै अलपत्र पार्ने काम भएपछि ठेक्का नै रद्द गरिएको छ ।’ उनले भने  ।

बढेको बढ्यै लागत खर्च

समयमै यो काम पूरा नहुँदा खर्च बढेको बढ्यै छ । सर्भिस लेन ठूलो र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी छ । त्यस्तै, सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइँदै छ । बुटवल सिटी मार्केटलाई असर नपर्ने गरी सडकको दुवै किनारामा रेलिङ राखिनेछ ।

यहाँ फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरका हुनेछन् ।

ग्रिनबेल्ट तथा स्टल कहाँ, कसरी राख्नेबारे छलफल गरेर व्यवस्थित रूपमा काम अगाडि बढाइने कार्यालयले जनाएको छ । सडकमा हरियाली बढाउन बिरुवा लगाइनेछ भने रातमा सहरको सुन्दरता बढाउन सडकबत्तीको व्यवस्था गरिनेछ ।

‘करिब ५० करोडको इस्टिमेट गरी सहमतिका लागि अर्थमा पठाइएको र अर्थबाट सहमति आएर नयाँ ठेक्का प्रक्रिया अघि बढेको लम्सालको भनाइ छ ।

नयाँ सरकारको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको गृहनगर रहेको बुटवलमा उनले नयाँ जिम्मेवारी सम्हालेको दिन नै यो सडकको ठेक्का आव्हान भएको हो । उनकै अगुवाइमा यो सडक निर्माण योजनाको काम अघि बढे पनि ठेकेदारले समयमा नभ्याएकोमा नेता पौडेललाई जोडेर आलोचना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?