© २०२३
आज २०८१ को साउने सक्रान्ति । हिन्दू परम्परा अनुसार बिभिन्न जातजातिले हर्षोल्लासका साथ यो दिनलाई महत्वपूर्ण पर्वका रूपमा मनाउने गर्छन । बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रका अनुसार सौरमासका हिसाबले साउने सक्रान्तिदेखि सुर्य कर्कट राशीमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट सक्रान्ति पनि भनिएको हो । सामान्यतया सुर्यले सबै राशीलाई प्रभावित गरेतापनि सुर्यको कर्कट राशी साउने सक्रान्ति र मकर राशी माघे सक्रान्ति प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सुर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुंँदै जाने बिश्वास गरिन्छ । यद्यपि प्रत्यक्ष सुर्योदय र सुर्यास्तका बिचको समयलाई दिनमान भनिन्छ । सबैभन्दा छोटो दिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुने कुरा विज्ञान सम्मत र शाास्त्र सम्मत कुरा हो । यसरी हेर्दा हाल चलन चल्तीको असार ७ गतेबाट दिन छोटो हुंँदै जाने र पुस ७ गतेबाट दिन लामो हँुंदै जाने कुरा प्रमाणित हुन्छ । साउन महिनाले नेपाली खासगरी हिन्दु धर्मसँंग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाई छ । नेपालभर स्नान, दान, होम, श्राद्ध जस्ता विशेष कार्यको सुरुवात यही दिनदेखि गरिन्छ । हिन्दु धर्म अनुसार सुर्य दक्षिणायन हँुंदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दु धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । साउने सक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पुजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ ।
विवाहित वा अविवाहित महिलाहरू साउने सक्रान्तिदेखि साउन महिनाभर सौभाग्यका प्रतिकहरू र बस्त्र पहिरिने र साउन महिनाभरी प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन । साउन महिनाको छुटटै महत्व पनि रहेको छ कि साउन महिनालाई शिवजीको सबैभन्दा मन परेको महिनाको रूपमा लिइन्छ । साउन महिनाको पहिलो दिन सौरमासका हिसाबले साउने सक्रान्तिदेखि सुर्य कर्कट राशीमा प्रवेश गर्ने हुनाले कर्कट सक्रान्ति पनि भनिन्छ । यो सक्रान्तिको सांँझ असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।
कण्डारक नामक राक्षसको पुजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने बिश्वासका साथ सांँझमा लुतो फालिन्छ । यसमा कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू कण्डारक राक्षसलाई चढाएर साँंझमा कुकुर, डाइनो, काग, भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर घरका आँंगनबाट चारै दिशामा फ्यांँकिन्छ । यसैलाई लुतो फयाँंकेको भनिन्छ । लुतो फयांँक्दा नाङलो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिँकी कुटने तथा केही बेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन छ । साउने सक्रान्तिको अरू महत्व यो कारणले पनि छ कि जनजाति समुदायले साउने सक्रान्ति पर्वलाई लुतो फाल्ने चाडको रूपमा मात्र नमानेर किराँत समुदायमा माडहाड नामक एक पुर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोपको सामना गर्नुपरेको अनिकालको कारुणिक कहानीसंँग यो साउने सक्रान्ति पर्वले तादात्म्यता राख्दछ । यसर्थ यो चाडलाई प्रकृतिको पुजा, पुर्खाको सम्झना र सम्मान तथा विगत र वर्तमानको समिक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ । किसानका छोराछोरीले आफ्नै मातृभाषामा सक्रान्ति जाउ मग्रान्ति आउ, अनिकाल जाउ सहकाल आउ भनी कराउंँदै रमाएका हुन्छन ।
संयोगवस नेपालमा पुरानो आर्थिक वर्ष समाप्ति र नयाँं आर्थिक वर्ष आरम्भ पनि साउन १ गतेबाट हुने हुनाले सामाजिक साँंस्कृतिक रूपमै कहांँ के कति राजनीतिक रूपमा राम्रा काम र नराम्रा काम र भ्रष्टाचार भए भनेर समिक्षा गर्ने पर्वको रूपमा पनि यो चाडलाई विकसित गरेर लान सकिन्छ । साउने सक्रान्ति मनाउने जातजातीमा आफ्नै परम्परा अनुसार लिम्बु समुदायका मुख्य चारवटा तडनाम पर्व चासोक तडनाम मंसिरे पुर्णिमा कक्फेक्वा तडनाम माघे सक्रान्ति यक्वा तङनाम बैशाख पूर्णिमा र साउने सक्रान्ति पनि सिसेक्पा तडनामको निकै महत्वपूर्ण पर्व हो । यस दिन किराँतहरूले आफ्नो इष्टदेवको सम्मानमा नयांँ पाकेका फलफूलहरू चढाउंँदै डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात असारे पुजा र धङधगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन । कर्णालीको जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांँस्कृतिक निधिको रूपमा मान्ने आइडी जातिहरूले साउने सक्रान्ति पर्वमा लुतो फालेको शैलीमा बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानेर अनिष्ट, रोगव्याधी र अनिकाल जाओस भन्दै साउने सक्रान्ति मनाउने गर्दछन । पूर्वी नेपालको लिम्बुवान, खम्बुवानतिर साउने सक्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन जंगल गई सक्रान्तिका लागि फलफूल, कन्दमुल र पातच्योङ संकलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूल ढोकामाथि वरिपरी टांँगेर झुण्ड्याउने चलन रहेको छ । परिवारका सदस्यहरूले सबेरै आफ्नो घरमा अन्न, फलफूल र अन्य परिकारको खाना खाएर रमाइलो गर्छन ।
हिन्दु धर्मावलम्बी साथै विभिन्न जातजातिले माथि उल्लेख गरे अनुसारको तरिकाले साउने सक्रान्ति मनाएपनि समग्रमा सबैको उद्देश्य एउटै रहेको बुझन सकिन्छ । साउने सक्रान्तिको अर्को महत्व यो कारणले पनि छ कि यो दिनमा चेलीवेटी, भान्जा भान्जी र ज्वाइंँ चेला बोलाएर मिठा परिकार पकाएर खुवाउने चलन रहेको छ । आ–आफ्नो चलन अनुसार राता सेता अक्षताको टिका लगाइदिएर गच्छे अनुसारको दक्षिणा दिने चलन छ । यस दिनले विवाह भएर टाढा पुगेका चेलीहरूलाई सम्झाउने काम गरेको छ । मामा घर जाने, मिठो खाने, पैसा पाउने भनेपछि केटाकेटी यत्तीकै रमाएका हुन्छन । बिशेषत हिन्दु महिलाहरू मेहन्दी र हरियो पहेंँला चुरामा सजिएर साउन महिनामा शिवजीको पूजा गर्ने हँुंदा पनि यो महिनाले छुट्टै महत्व बोकेको छ । जेहोस आज साउने सक्रान्तिदेखि चाडवाड सुरू भएसंँगै बोलबम बोलबमको आवाजले टोल समाज गुन्जायमान बन्नेछ ।