ट्रेंडिंग:

>> दानव खोलामा बेपत्तामध्ये एक बालकको शव भेटियो, दुई अझै बेपत्ता >> गुँड र खुदो बिक्रीबाट छोराछोरीलाई स्नातकोत्तर सम्मको पढाई >> कक्षा १२ को परीक्षा अनिश्चितः परीक्षाको अन्तिम तयारीमा जुटिरहेका विद्यार्थी अन्योलमा, अभिभावक चिन्तित >> रेडक्रसका पूर्व अध्यक्षले आफैलाई गोलि हाने >> दानव नदीमा ३ जना बालक बेपत्ता >> देशको ढुकुटीले धान्न नसक्ने माग सरकारले पुरा गर्न नसक्नेः प्रधानमन्त्री >> नेप्से परिसूचक २७ सयभन्दा तल, कारोबार रकम भने बढ्यो >> मृतकका परिवारलाई क्षतिपूर्ति माग्दै सुर्खेतको यरिचोकमा सडक अवरोध >> वेष्ट्रनलाई यू– १४ क्रिकेटको उपाधि >> मणिमुकुन्द कप इन्डो–नेपाल भलिवल : नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब बिजयी >> रवि लामिछानेको सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने >> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै

धातिवाङ्ग स्वास्थ्य चौकीः जिल्लाकै पहिलो पोषणमैत्री

१ श्रावण २०८१, मंगलवार
१ श्रावण २०८१, मंगलवार

अर्घाखाँची, १ साउन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेको धातिवाङ्ग स्वास्थ्य चौकी पोषणमैत्री घोषणा भएको छ । जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले अर्घाखाँची जिल्लाकै पहिलो स्वास्थ्य संस्था घोषणा गरेका हुन् । धातिवाङ्गबाट सुरु भएको पोषणमैत्री गाउँपालिका, नगरपालिकासहित अर्घाखाँचीलाई नै पोषणमैत्री जिल्ला घोषणा गरिने जिल्ला समन्वय समितीका प्रमुख कोईरालले भने ‘अर्घाखाँचीलाई बालमैत्री जिल्लाको रूपमा पनि अगाडी बढाईनेछ।’ पोषणमैत्री स्वास्थ्य संस्था घोषणका लागि पोषण सम्बन्धी धातिवाङ्ग प्रतिवद्धता पत्र २०७९ मा गरेको १६ वटा सुचकहरूमा आधारीत रही गरेको प्रतिवद्धता अनुसार घोषणा भएको हो ।

वडाको स्वास्थ्य चौकीमा पोषण कर्नरको स्थापना, पोषण सम्बन्धि विभिन्न सूचनामूलक पोष्टहरू स्वास्थ्य संस्थामा प्रदर्शन, हरेक स्वास्थ्य संस्थाको २४ महिनासम्मका बालबालिकाहरूको नियमित वृद्धि अनुगमन गरेको ९५ प्रतिशतभन्दा माथि भएको, हरेक स्वास्थ्य संस्थामा स्तनपान सम्बन्धि पोष्टर टाँसेको, पूर्ण स्तनपान गराउने आमाहरू ९० प्रतिशतभन्दा माथि भएको, ६ महिनापछि थप खानेकुराहरू मातृशिशु तथा बाल्यकालीन पोषणको मापदण्डअनुसार खुवाएको ९० प्रतिशत भन्दा माथि भएकोले स्वास्थ्य संस्थालाई घोषणा गरिएको धातिवाङ्ग स्वास्थ्य चौकी व्यवस्थापन तथा सञ्चालक समितीका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

स्वास्थ्य संस्था भएको वार्डभित्र कुनैैपनि बालबालिका कुपोषण नभएको सुनिश्चित भएको, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत स्कुल जाने बालबालिकाले अर्धवार्षिक रूपमा जुकाको औषधि कम्तिमा ९५ प्रतिशतले खाएको, कम्तिमा ९५ प्रतिशत गर्भवती तथा सुत्केरी महिलाले २२५ चक्की आइरन फोलिक एसिड खाएको, ६ देखि ५९ महिनाका बालबालिकाहरूले अर्धवार्षिक रूपमा भिटामिन ए र १२–५९ महिनाका बालबालिकाहरूले जुकाको औषधि ९५ प्रतिशतले खाएको, स्वास्थ्य संस्थामा आउने सम्पूर्ण आमा तथा शिशुहरूलाई पोषण सम्बन्धि परामर्श दिएका, नागरिक बडापत्रमा पोषण कार्यक्रम समावेस हुनुपर्ने र अभिलेख तथा प्रतिवेदन तोकिएको बमोजिम भएकाले घोषणा गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त घिमिरेले बताए ।

पाणिनी गाउँपालिकामा आगामी २०८२ असार मसान्तसम्ममा सबै वडाका स्वास्थ्य संस्थाहरू पोषणमैत्री बनाउँनका लागि गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । उनले भने ‘स्वास्थ्य क्षेत्र सबैभन्दा महत्वपुर्ण हो, मानिस स्वस्थ्य भएमा गाउँपालिकाको विकास हुन्छ।’

घोषणासभामा गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका प्रमुख छविन्द्र कोईराला, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपाली, पुर्व गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, वडा अध्यक्ष चन्द्रकान्त पौडेल, गुनाखर अधिकारी, काँग्रेसका का.वा. सभापति लिलापति पौडेल, एमालेका अध्यक्ष टामलाल पौडेल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक रामप्रसाद घिमिरे, पोखराथोक स्वास्थ्य चौकी प्रमुख धुव्रराज घिमिरे, जनसेवा माविका प्रअ शालिकराम बेल्वासे, अमर आधारभुत विद्यालयका प्रअ हिमलाल पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वास्थ्य संस्था पोषणमैत्री घोषणा गर्नका लागि भएका पहलहरू, सुचकहरू, प्रतिवद्धता, अवधारणाहरू पुरा गरेको प्रतिवेदन फोकल प्रर्सन हेमन्त घिमिरेले पेश गरेका हुन् । सोही अवसरमा धातिवाङ्ग स्वास्थ्य चौकीको लागि निशुल्क जग्गा दान गर्नुहुने तुल्सीराम पौडेलको परिवारलाई सम्मान गरिएको हो । धातिवाङ्ग स्वास्थ्य संस्था पोषणमैत्री घोषणा भएको प्रमाणपत्र पाणिनी गाउँपालिकाको कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले धातिवाङ्ग स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्नका लागि स्वास्थ्यकर्मीहरू मध्येबाट एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) को रूपमा तोकिएको, स्वास्थ्य संस्थामा पोषण विशेष सेवा दिनका लागि आवश्यक पोषण सम्बन्धी कम्तीमा एक् जना तालिम प्राप्त जनशक्ति उपलब्ध भएको, स्वास्थ्य संस्थामा खानेपानी तथा स्वच्छता सम्बन्धी निम्न पूर्वाधारहरू पुरा भएको मापदण्ड पुगेको हो ।

बच्चाको तौल लिने मेसिन, उचाई, लम्बाई लिने मेसिन, मुआक टेप उपलब्ध भएको तथा काम गर्ने अवस्थामा रहेको, पोषण विशेष सेवा प्रदान गर्नका लागि आवश्यक औषधि तथा सामग्रीहरूः भिटामिन ए क्याप्सुल, जुकाको औषधि, जिंक ट्याब्लेट, बालभिटा प्याकेट, आईरन फोलिक एसिड ट्याब्लेट, तयारी उपचारात्मक खाना (बहिरंग उपचार सेवा केन्द्रका लागि) को मौज्दात कम्तीमा एक महिनाको लागि उपलब्ध भएको, मासिक रूपमा कम्तीमा एक पटक स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बस्ने गरेको तथा पोषण सम्बन्धी छलफल भएको, पोषण सम्बन्धी विभिन्न सूचनामूलक सामग्रीहरू सेवाग्राहीले देख्ने स्थानमा प्रदर्शन गरिएको। यो सँगै निर्देशिकामा उल्लेख गरिएका विभिन्न अभिलेख तथा प्रतिवेदन फारमहरू पनि भरिएको हुनुपर्नेछ मापदण्ड छ ।

त्यस्तै पोषण सेवा गुणस्तर सुधार निर्देशिका २०७८ ले व्यवस्था गरे बमोजिमका पोषण सेवा गुणस्तर मूल्यांकन चेकलिष्टहरूको प्रयोग भएको, पोषण विशेष कार्यक्रमका सबै सेवाहरू उपलब्ध भएको, स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना भएको, आइमाम कार्यक्रममा स्पेयर स्ट्यान्डर्ड पुरा गरेको स्वास्थ्य संस्था भएसँगै धातिवाङ्ग स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्न पाणिनी गाउँपालिकाले असार २६ गते अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?