© २०२३
आज देशमा भारतको घुसपैठ बढ्दै गएको छ । नेपालका हरेक गाउँ गाउँ र बस्ती बस्तीहरूमा विभिन्न रूपबाट प्रवेश गरेका विदेशी त्यसमा पनि भारतीयहरूको संख्या दिनानुदिन तीब्रगतिमा बृद्धि भइरहेको छ । पोके व्यापारीदेखि हवाईजहाज व्यापारीसम्म नेपाल पसेर भारतले येनकेन नेपालको अर्थतन्त्रलाई आफ्नो मुठ्ठीभित्र पारेका छ । भारतको दक्षिणी भेगको अन्तिम किनारा केरलादेखि उत्तर प्रदेश विहार सम्मका विभिन्न रूप, भेष, पेशा र व्यवसाय गर्न नेपाल छिरेका भारतीयहरूको डरलाग्दो प्रवेशले आज नेपालको निम्ति सोचनीय स्थिति पर्दा गरेको छ । कोही शिबभक्त योगी सन्यासीको रूपमा पीताम्वर वस्त्र र गेरुवा बस्त्रधारीहरू मध्ये कतिपय केटाकेटी चोरहरू पनि रंगेहात पक्रिने गरेको स्थिति छ भने कोही काली भक्त साधु हौं भन्ने कालावस्त्र र अनुहारमा कालो पोतेका व्यक्तिहरू पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पाइएको छ । यसैगरी गाडीमा भीखमाग्ने, पकेट मार्ने महिला पुरूष, केटाकेटीको संख्या पनि बढेको छ । रामनामी ओढेका आफूलाई भविष्यवक्ता हुँ भनी शहर बजारका चोक चोक र गल्लीगल्लीमा घुमी घुमी भिक्षा माग्ने र हस्तरेखा हेरेर मानिसहरूलाई फुरुङ्ग पारी पैसा झार्नेहरू पनि यत्रतत्र हातमा कमण्डलू लिएर कुर्लिरहेको देखिन्छ । सिकर्मी डकर्मी, पेण्टरदेखि छोलेभटुरे पानीपुरी, उखुको जुस, फलफूलको जुस, कटपीस कपडा तथा कुल्फी, मलाई, बरफ वेच्नेहरूको ताँती पनि उत्तिकै छ । बजार बजारमा समोसा मटरका पसलेहरू पनि कम छैनन् । साना खुद्रा व्यापारीदेखि होलसेल व्यापार गर्नेहरूको ठूलो सख्या भारतीयहरूको छ । साप्ताहिक हाटबजारमा समेत भारतीय व्यापारीहरूको वाहुल्याता छ । यसरी नेपालको कुनाकुनामा भारतीयहरूको विगविगी व्यापक छ । यसले के देखाउँछ भने आज भारतीयहरूको यो वढ्दो घुसपैठले भोलिका दिनमा तराईमा नेपालका भूमिपुत्र थारुहरूलाई उछिन्ने र पहाडमा समेत यिनको संख्या बढ्दै जाने र यसको दुष्परिणामामा पछि नेपालले ठूलो समस्यासित जुध्नुपर्ने अवस्था सिर्जिदैछ छ । अझै उदेकलाग्दो त के छ भने एकातिर विभिन्न सीमा नाकाबाट भारतीय होलसेल व्यापारीहरूका एकाएक ट्रक तरकारी र फलफूलहरू जो छिटो नविग्रन् भनेर अत्याधिक विषादी प्रयोग गरिएको हुन्छ ।
नेपाल सरकारले तिनको विषादी परीक्षण समेत नगराई नेपालका विभिन्न सहरदेखि राजधानीसम्म खुल्लम खुल्ला प्रवेश गर्न दिएर त्यसको गम्भीरतालाई सरकारले अत्यन्तै उपेक्षा गरको प्रष्ट हुन्छ । यो वास्ताविकतामाथि आज विचार गरेर चिन्तन गर्दा भोलिका दिनमा नेपालको स्थिति निकै प्रतिकूल तथा प्रत्युपादक बन्ने अवस्था छ । साथै त्यो प्रतिकूल एक पक्षमा होइन धेरै पक्षमा । यो वहुआयामिक प्रतिकूलता एक पक्षमा होइन धेरै पक्षमा हुने अवस्था छ । यो बहुआयामिक प्रतिकूलता हामीले कहिलेसम्म बेर्होनु पर्ने हो । यसतर्फ सबै पक्षको ध्यान जानु जरुरी छ ।
नेपालका हरेक ठूला साना सहरहरूमा ठूला ठूला पसल र महलहरू मध्ये अधिकांश या त भारतीयहरूकै छन या नेपाल िनागरिकलाई थोरै पेसा दिएर कारोबारमा नेपालीको स्वामित्व देखाई सञ्चालन भारतीयहरूले गरेका छन् । सरकारले पनि चाहे त्यो कम्युनिष्ट नाम धारी होस् चाहे काँग्रेस लगायतका गैर कम्युनिष्टहरूको सरकार होस् । भारतीयहरूको स्वामित्व भएका व्यापारप्रति जतिसुकै अवैध कारोवार भए पनि त्यसप्रति आँखा चिम्लेर देखेको नदेखे झैं गरिन्छ भने मिनवहादुर गुरुड जस्ता वास्तविक नेपाली व्यापारीका भाटभटेनी र त्यस्तै अन्य प्रतिष्ठानहरूमाथि भने विभिन्न किसिमका खोचे थापेर नेपाली व्यापारीहरूलाई हैरान र निराश बनाउने काम सुनियोजित रूपमा भैरहेको छ । उद्योग र व्यापारमा त भारतीयहरूको एकाधिकार छदैछ । अब केही वर्षयतादेखि यातायतातमा पनि भारतीस लगानीकर्ताको वाहुल्यता ह्वात्तै बढेको छ । नेपालको जम्मै कुरा भारतीयहरूको हातमा छ । संचारगृहमा भारतीयहरूको दबदबा। व्यवस्थापिका संसद्मा भारतीयहरूको दवदवा, राजनीतिमा भारतीयहरूको दवदबा, धार्मिक क्षेत्र भगवान् पशुपतिनाथ जो नेपालका आदिदेव हुन् त्यहाँ पनि भारतीय पूजारी भट्टहरूको दबदबा जताततै भारतीयहरूको रजाई छ । तराई मधेशका विभिन्न ग्रामीण क्षेत्रको अवलोकन गर्ने हो भने कान सफा गर्न भनी कन्कर्नो लिएर घरघरै डुल्दै हिँड्ने भारतीय,अनेक किसिमका टाटु खाप्दै हिड्ने भारतीय, होमियोपेथिक डाक्टर आयुर्वेदिक डाक्टर भारतीय, भाँडाकुँडा साट्दै र बेच्दै घरघर डुल्ने भारतीय, नक्कली मह बेच्दै हिड्ने भारतीय, बन्दर र भालू नाच देखाउँदै पैसा थुत्ने र माटाका या मेटलका मूर्ति बनाएर वेच्नेहरू तथा सर्प नचाएर वा जादु टुना देखाएर या झारफूक गरेर पैसा झार्नेहरू भारतीयहरूको विगविगी ।
तराई मधेशमा मात्र होइन काठमाडों राजधानीमा समेत भारतीयहरूको बाहुल्यता बढ्दै भन्ने कुरा काठमाण्डूका गल्ली गल्लीका पसलहरूमा समुन्द्रपारका विलासी सामानहरू आकर्षक रूपमा सजाएर विक्रीको लागि राखिएका भारतीय पसलहरूको रजगजदेखि केही दिन अगाडि काडमाण्डौं मेयर वालेन र वालेनको टिमका विरुद्ध कसैको उक्सावटमा अरिंगालको गोलो बनेर खनिएको कवाडीहरूको विशाल जुलुस र नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगामुढा एवं सडक पेटीका गमला तथा विरुवा उखेल्ने या भत्काउने र तोडफोडमा उत्रेर देखाएको उनको ताण्डब नाचले सबै कुरा छर्लङ्ग पारेको छ । यसको कारण के हो ? यसको जवाफ स्पष्ट छ । सत्ता जोगाउन र आफ्नो कमिसनको स्वार्थमा धक्का नपुगोस् भनी भारतीयहरूलाई यहाँ नाँगोनाच गर्न दिने शासकहरूको रवैया र दलाल पूँजीको संरक्षण गर्ने शासन व्यवस्था नै हो । मनमा त लाग्छ हरे, यो शासन व्यवस्थाको विरोधमा बोल्न नपरे हुन्थ्यो । यि नेताहरूको विरोधमा लेख्नु नपरे हुन्थ्यो तर मनमा लागेर के गर्नु ? राष्ट्र र राष्ट्रियतामाथि अदूरदर्शिता तथा जनभावनामाथि उपेक्षाभाव र खेलवाडलाई नै आफ्नो क्षमता तथा कौशलता सम्झने विवेकहीनहरूलाई संवेदनशील नागरिहरूका कलमले नघोच्ने हो र न घच्घचाउने हो भने नेपाल राष्ट्र र नेपाली जनता माथिको यो हानिकारक प्रभावलाई समन गर्ने अर्को ओखती के त ? कि विद्रोहमा जानु प¥यो । विद्रोह पनि सशस्त्र विद्रोहमा भारतीयहरूको घुसपैठ देशलाई कुन मोडमा लगेर थचार्ने रै छ भन्ने अनुभव उदाहरण काफी छ । ००ं७ सालको दिल्ली सम्झौता र नयाँ इतिहास पछिल्लो १२ बुँदे समझदारीले छर्लङ्ग वनाएको छ ।
तसर्थ शासकहरूका अकर्मण्य चरित्रका विरुद्ध जनआन्दोलनको सडक विद्रोह र कलमको विद्रोह जनताको चाहना एकातिर शासकहरूको उद्देश्य अर्कोतिर छ । यस स्थितिलार्ई समाप्त पार्न जनतामा नवजागृतिका आवाजहरू बुलन्द गर्ने संयमित आन्दोलनको तोडफोड, हत्याहिंसा र टायर जलन जस्ता अराजक प्रवृत्ति विरूद्ध संयमित तर प्रभावकारी विद्रोह अवको नितान्त आवश्यकता हो । गाउँगाउँबाट उठ वस्ती वस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ । प्रजातान्त्रिक निष्ठामा विश्वास राख्ने हामीले यो र यस्तै गीत पंचायत कालमा धेरे गायौं । २०४६ सालमा पंचायत फालियो । त्यसपछि वहुदलीय व्यवस्था ल्याइयो । वहुदल मुठ्ठीभर साधन र सुविधा भोगी पजेरो, प्राडो र सुत्केरीलाई दिइने भिटामिनका बिल पेश गरेर रकम (सुविधाको) असुल्ने फटाह सांसद र ढाँट नेताहरूको लुटको राज्य बन्यो । जनतालाई केही भएन । तिनाउ नदीमा धेरे पानी वग्यो र गणतन्त्र आयो । हामीलाई विश्वास थियो अब गणतन्त्रमा अबको राजनीतिक रंगमञ्चमा हिंजोका जस्ता ठंगहरू हुदैनन् । त्याग, तपस्या, सेवाभाव, निष्ठा, इमान्दारी, लगन, सच्चरित्रता, स्वविवेक र राजनीतिक संस्कारका धनीहरूले शासन व्यवस्थाको लगाम हाँक्नेछन् र देश भू–स्वर्ग बन्नेछ । तर देश त एमसीसीमय वन्यो । यत्रतत्र सर्वत्र भ्यूटावरमय बन्यो । भवन निर्माणदेखि नीति निर्माणसम्म भारतीयमय वन्यो । भवन निर्माणदेखि नीति निर्माणसम्म भारतीयमय वन्यो । राष्ट्रिय स्वतन्त्रताको संरक्षण संवद्र्धनमा र वास्तविक लोकतन्त्र माथि कुठाराघातमय बन्यो । अव यसरी हुँदैन लोक भनेको जनता तन्त्रको अर्थ व्यवस्था तसर्थ जनतन्त्र चाहियो । यो व्यवस्था रहेन, अब यो कुव्यवस्थामा पतन भयो । जनतन्त्र भनेको जनवादी गणतन्त्र तसर्थ अव जनवादी गणतन्त्र आवश्यक छ ।