ट्रेंडिंग:

>> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन

कांग्रेस–एमालेले बाँडे पाँच–पाँच मन्त्रालय

२९ असार २०८१, शनिबार
२९ असार २०८१, शनिबार

काठमाडौँ ।

आइतबार नयाँ सरकार गठनको गृहकार्यमा जुटेका संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबन्डाको मोटामोटी सहमति भएको छ। आइतबार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नासाथ लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छन्।

प्रधानमन्त्रीको शपथलगत्तै केही मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ। संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको दाबी पेस गरेका ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पाँच–पाँच वटा मन्त्रालय भागबन्डामा सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ।

एमालेका ओलीनिकट एक नेताका अनुसार, सरकारमा सहभागी भएका दुई ठूला दलहरूका सांसद संख्याका आधारमा मन्त्री भागबन्डा गर्ने मोटामोटी तयारी छ।

‘९/१० सांसद बराबर एक मन्त्री बनाउने भन्नेगरी छलफल भएको छ,’ ती नेताले भने, ‘यसो हुँदा, कांग्रेस गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय चलाउनेगरी अन्तिम सहमति हुन्छ होला।’

अन्य साना दलहरूलाई भने ४ सांसद बराबर एक मन्त्री दिनेगरी ओलीले प्रस्ताव गर्नेछन्।

अहिलेसम्म भएको सहमति अनुसार, एमालेले अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लिनेछ भने नेपाली कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिनेछ।

भौतिक योजना र ऊर्जा लगायतका मन्त्रालय भने कसले लिने भन्ने टुंगो लागिसकेको छैन।

नेपाली कांग्रेसबाट प्रकाशमामन सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने देउवाको तयारी छ। उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित क्याबिनेटमा पठाइनेछ। सिंहले भौतिक, पूर्वाधार तथा योजना मन्त्रालय मागेका थिए। तर उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना देखिएको कांग्रेसका एक नेताले बताए।

गृह मन्त्रालयको जिम्मेवारी कांग्रेसको प्रमुख सचेतक समेत रहेका रमेश लेखकले पाउने लगभग निश्चित छ। त्यस्तै, देउवा पत्नी समेत रहेकी आरजु राणा देउवालाई परराष्ट्र मन्त्री बनाउने तयारी छ।

एमालेबाट उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिएर उपाध्यक्ष विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ।

त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयमा योगेश भट्टराईलाई पठाउने ओलीको तयारी भएको एमालेका नेताहरूले बताएका छन्। त्यस्तै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङको पनि मन्त्री बन्ने सम्भावना छ।

अन्य नामबारे ओली र देउवा दुवैले पार्टीमा छलफल गर्दैछन्। कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय गरेको छ।

शनिबार पार्टी बैठकमा सभापति देउवाले ओलीसँग भएको समझदारीबारे ब्रिफिङ गरेका थिए। पार्टीमा सहमति जुटाएर सकेसम्म आजै आफ्नो दलबाट मन्त्री हुनेको नाम ओलीलाई पठाउने देउवाको तयारी रहेको स्रोतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?