ट्रेंडिंग:

>> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित

जोखिमपूर्ण यात्रा गर्न बाध्य यात्रु

२९ असार २०८१, शनिबार
२९ असार २०८१, शनिबार

नवलपुर, २९ असार ।

पुर्वी नवलपरासीमा निरन्तर वर्षाले नेपालको मुख्य राजमार्ग नारायणगढ–बुटवलको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नु परिरहेको छ भने निर्माणको जिम्मा पाएको चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेशन भने म्याद थपका लागि दौडधुपमा रहेको छ ।

वर्षातको भलले निर्माणाधीन सडक क्षत विक्षत बनाएको छ । पानी जमेका खाल्डाखुल्डीले सवारीसाधन चलाउन कठिनाइ भएको छ । सडक स्तरीय नहुँदा पैदलयात्रीलाई झन समस्या भएको छ । सामान्य मर्मत गर्नसमेत कसैको ध्यान पुगेको देखिन्न । सडककै कारण सवारीसाधन जाममा पर्ने गरेको चालक बताउँछन् ।

मनसुन सक्रिय भएपछि नारायणगढ बुटवल सडकमा यात्रा गर्न थप कष्टकर बनेको छ । २०७५ को चैतमा सुरु भएको उक्त सडक विस्तार तथा स्तरोन्नती कार्य सुस्त गतिमा भइरहेको देखिन्छ ।

वर्षातमा ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउने सम्मको काम पनि नभएकोमा आयोजना कार्यालय र निर्माण कम्पनीप्रति स्थानीवासी रुष्ट बनेका छन् । सोही सडकका कारण नारायणगढदेखि बुटवल सम्मको यात्रा लामो, झञ्झटिलो र जोखिमपूर्ण बनेको यात्रुको गुनासो छ ।

थपिएको म्याद समेत पूरा हुन लागेको र समयमै काम गर्दा समेत स्तरोन्नतीको चरणमा नै रहेको नारायणघाट बुटवल सडकको पुर्वी खण्डको भौतिक प्रगति ५२ प्रतिशत मात्रै पुगेको निर्देशनालय पुर्वी खण्डका आयोजना प्रमुख आशिष थापा मगरले बताए ।

आयोजनाले २०२४ को जुलाई सम्म ७५ प्रतिशत र २०२५ को फेब्रुअरीमा ९५ प्रतिशत काम सम्पन्न गर्ने कार्ययोजना बनाएर काम गरेको भए पनि आयोजनाका पूर्वी खण्डका प्रमुख आशिष मगरले निर्माण कम्पनीले थपिएको म्याद २०८१ साउन सम्म काम सम्पन्न गर्नु पर्ने बताए ।

निर्माण कम्पनी र आयोजना निर्देशनालयका प्रतिनिधि बोलाएर बसेको जिसस प्रमुख, स्थानीय तहका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, निर्माण कम्पनीका प्रतिनिधि सहितको बैठकले तत्काल चोरमारा र दाउन्ने पुर्वी क्षेत्रमा निकै समस्या भएको हिलाम्मे सडकको मर्मत सुरु गर्ने तथा गैँडाकोटदेखि दाउन्नेसम्म विभिन्न ठाउँमा रहेका खाल्डाखुल्डी सात दिनभित्र पुरिसक्नु पर्ने निर्णय समेत गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख अरुण पोख्रेलले जानकारी दिए ।

जनप्रतिनिधि र स्थानीय प्रशासनले पटक पटक बिग्रेको सडक मर्मत गर्न निर्देशन गर्दा पनि अटेर गरेको गुनासो स्थानीयबासीले गरेपछि जनप्रतिनिधि र स्थानीय प्रशासनले निर्माण कम्पनीका प्रतिनिधिलाई राखेर तत्काल निर्माणको काम अगाडि बढाउन निर्देशन दिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताए ।

समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । निर्माण कम्पनी चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले सडक निर्माण पूरा गर्न अझै एक वर्ष समय थप माग गरेको आयोजना निर्देशनालयले जनाएको छ ।

म्याद थपको विषयमा परामर्श दाता कम्पनीको राय अनुसार छलफल चलेको भए पनि निर्णय भै नसकेको आयोजना निर्देशनालयको पुर्वी खण्ड हेर्ने कार्यालयका प्रमुख आशिष मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?