© २०२३
भैरहवा, असार २८ ।
भैरहवास्थिति गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्व एयरको जहाज रनवेबाट ४÷५ मिटर चिप्लिएर किनारमा पुगेको छ । विमानस्थलका अनुसार जहाजका चक्काले माटो छोएको छ ।
रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ ।
विमानस्थल स्रोतले विमानस्थलमा राति बुद्व एयरको प्राविधिक टिम र प्रहरी तैनाथ भएर जहाजलाई तानेर एराइभल तर्फ ल्याउने पहल भइरहेको छ ।
काठमाडौंबाट साढे ९ बजे उडान भरेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिम तर्फ अवतरण गर्नेक्रममा चिप्लिएको प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए । उनका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निकालिएको थियो । उनीहरू आफ्नोे गन्तव्यमा गइसकेको भट्टले बताए ।