ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

वनमारा हटाएर चिया खेती

२८ असार २०८१, शुक्रबार
२८ असार २०८१, शुक्रबार

अर्घाखाँची, २७ असार । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०,सेङलेङको लालीगुराँस देउराली सामुदायिक वनमा व्यवसायिक चियाखेती सुरु गरिएको छ । बनमाराले अन्य जडिबुटी तथा घाँस समेत सखाप बनाइदिएपछि बनमारा हटाएर समुदायले चिया लगाएको हो । अर्घाखाँचीमै पहिलो पटक सेङलेङमा व्यवसायिक चियाखेती थालिएको स्थानियले बताएका छन् । पूर्व कृषि मन्त्री वेदुराम भुसालद्धारा बिनियोजित बजेट र भूमिकास्थान नगरपालिकाको समन्वयबाट सामुदायिक वनको २१ र निजि तर्फ १७ गरि ३८ रोपनी क्षेत्रफलमा ३२ हजार चियाका बिरुवा रोपिएको लालीगुराँस देउराली सामुदायिक वनका अध्यक्ष गिर बहादुर नेपालीले जानकारी दिए ।

समुन्द्री सतहदेखि २ हजार मिटर भन्दा बढि उचाइमा रहेको सेङलेङमा भूमिकास्थान नगरपालिकाले पर्यटन हवको रूपमा विकास गर्नेगरि काम समेत थालेको छ । प्राकृतिक रूपमा मनमोहक वाताबरण रहेको उक्त स्थानमा चियाको बगान तयार भएपछि पर्यटकको आकर्षण थप बढेर जाने भूमिकास्थान नगरप्रमुख झविलाल थापाले बताए । “हामीले भूमिकास्थानलाई कृषि, पर्यटन, उद्योग र ब्यापारको माध्यमबाट आर्थिक समृद्धि र आत्मनिर्भर पालिका बनाउने योजना बनाएका छौं ।”नगरप्रमुख थापाले भने,“जसअनुसार कार्यक्रमहरू सुरु गरिएको छ, यसको उदाहरण सेङलेङको चिया खेती पनि हो ।”

भुमिकास्थान नगरपालिकामा “कर्मशिल जनशक्ति मार्फत बाँझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट टोपी र झोला निर्माण, सेङलेङ होमस्टे सहित पालिकाभर व्यवसायिक पर्यटकिय क्षेत्रको विकास नै नगरपालिकाको रोजगारी, उत्पादन र समृद्धिका आधार हुन्, थापाले भने ।”

गत बर्षदेखि सुरु भएको कर्मशिल जनशक्ति परिचालन मार्फत बाँझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट निर्माण हुने टोपी, झोला र विद्यालयमा पढ्दै कमाउँदै रमाउँदै कार्यक्रमले हरेक नगरबासीलाई नैतिकवान र कर्मशिल बनाउदै लग्ने नगरउपप्रमुख बालकृष्ण बन्जाडेले बताए । युवाहरूले देश छोडे भन्ने चिन्ता गर्नु भन्दा पहिला स्वदेशमै बस्ने वातावरण बनाउन सबै पक्ष एक भएर लाग्नुपर्नेमा नगरप्रमुख थापाको जोड रहेको छ । स्थानियको जागरुकता र सामुहिक एकता देख्दा अर्घाखाँचीमै पहिलो चिया पकेट कार्यक्रमको रूपमा सेङलेङमा चिया खेती सफल हुनेमा आफु विस्वस्त रहेको भूमिकास्थानका कृषि शाखा प्रमुख राम बहादुर थापाले बताए ।

“बनमारा हटाएर चिया खेती लगाएका छौं, यसलाई प्रवद्र्धन गर्दै पर्यटकलाई आकर्षण गर्नेगरि बगान बनाउने सोंचमा रहेका छौं ।’’ सेङलेङ होमस्टेका अध्यक्ष हिमनाथ खनालले भने ‘भूमिकास्थानको सेङलेङ गाउँ शितोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जैविक विविधताले सम्पन्न नमूना गाउँ हो ।’ जहाँबाट मनोरम हिमश्रृङखला, अग्ला पहाड देखि बेशी सम्मका रोचक दृश्य देख्न र चिसो मौसमको आनन्द लिन सकिन्छ ।
चैतेदशैंमा सराँय नाँच सहितको मेला लाग्ने बराहदेवीको मन्दिर, सेङलेङ दह, पाथिभरा मन्दिर, सेङलेङ दह, चौर, नजिकै रहेको मसिनाको लेक, मृगस्थली झरना, सिद्धगुफा पर्यटकिय आकर्षणको रूपमा रहँदै आएका छन् भने अब बन्ने चिया बगान पनि पर्यटकिय रोजाइमा पर्ने आँकलन गरिएको स्थानिय गोपालप्रसाद भट्टराईले बताए । पछिल्लो समय बढ्दै गएको गर्मि र मानविय उकुसमुकुसमा प्राकृतिक मनोरमपूर्ण सेङलेङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको थलो बन्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?