ट्रेंडिंग:

>> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो

सबैका प्रिय ऋषि दाईलाई सम्झिँदा

२७ असार २०८१, बिहीबार
२७ असार २०८१, बिहीबार

मानिस जन्मनु र मर्नु स्वभाविक प्रकृया हो । यो सबै भएरपनि प्रत्येक ब्यक्तिका आफन्त गुमाउँदा बियोग पर्दा हुने पिडा फरक हुने गर्छन । त्यसैमा समाजको अपरिहार्य मानिसको खोजी अरू बढि पीडादायक हुनेगर्छ । जन्मेपछि मर्नुपर्छ यो स्वभाविक प्रकृया हो भन्ने सबैलाई थाहा भएकै कुरा हो । हाम्रो जस्तो देशमा तिन करोडको हाराहारीमा जनसंख्या छ । यी सबै भोलीका दिनमा सम्झन लायक ब्यक्ति बन्छन भन्ने छैन । विगतका केही मानिस छन जस्लाई हामी बेला बखत सम्झिने गर्छौं । त्यति मात्रै होइन केहिले विभिन्न कृतिमान कायम गरेका छन । त्यस्तै मध्येका केही उदाहरणीय ब्यक्तित्वहरू छन । यो मुलुक कुनै समयमा टुक्रा टुक्रा राज्यमा बिभाजित थियो । बिभाजित राज्यहरूलाई एकिकरण गरेर सिंगो नेपाल बनाएर चिनाएका पृथ्वीनारायण शाह थिए जस्लाई इतिहासले कहिले बिर्सने छैन । यसैगरी बीपी कोइराला, सत्यमोहन जोशी, पुष्पलाल श्रेष्ठ, पारिजात, पासाङ शेर्पा आदी जस्ता थुप्रै राष्ट्रप्रेमीहरू दिवंगत भएका छन । उनीहरूको नाम इतिहासको पानापानामा लेखिएको छ ।
माथि उल्लेखित नामहरूको तुलनामा पुग्न नसकेपनि आफ्नो कर्मथलोमा समाज सेवामार्फत राम्रा कामहरू गरेर आफनो छबि बनाउन सकेका सबैका प्रिय ऋषि ज्ञवाली दाईलाई यहाँं सम्झन गैरहेका छौं । २०१३ साल भाद्र २४ गते जन्मेका ऋषि दाई नेपालीको औषत आयु भन्दा पहिल्यै स्वर्गे हुनुभएको छ । यही आषाढ २० गते उहाँं स्वर्गे हुनुभयो । ऋषि दाइलाई सम्झने थुप्रैछन । मानिसको मृत्यु पछि उसलाई कसरी सम्झने भन्ने कुराहरू हुन्छन् । कसैको गुन सम्झिने कि बैगुन भन्न खोजेको सकारात्मक पक्ष कि नकारात्मक भन्ने कुरा हो । ऋषि दाईलाई सम्झने, चिन्ने र जान्ने सबैले सकारात्मक पक्षको कुरा गरिरहन्छन । सहयोग माग्न आउनेहरूलाई मत हुन्छ भन्छु तर पछि घर परिवारमा गाली खानुपर्छ तर म हुन्न र छैन भन्नै सक्दिन उहाँंले भन्ने गर्नुहुन्थ्यो । आत्मीय भाव झल्किने उहांँको स्वभाव सधै यस्तै रहेको हामीले पायाँैं । कसैलाई उचाल्ने र पछार्ने, कुदृष्टिले हेर्ने, मानिसलाई तौलने उहांँको स्वभाव थिएन । नाताले तिमी भन्न मिल्नेलाई पनि पद मान सम्मान हेरेर तपाइँं भन्ने गर्नु हुन्थ्यो । उहाँंबाट सिक्नुपर्ने राम्रा पक्ष थुप्रैछन् ।
बुटवलमा रहेर समाजसेवा र मोफसलको सञ्चार क्षेत्रमा पु¥याएको उहाँंको योगदान कहिल्यै नबिर्सने गरी इतिहासमा लेखिने छ । लामोसमय अर्थात बाल्यकाल प्रवासी नेपालीका रूपमा भारतको सिलोङमा बिताएका ऋषि दाई तिन दशकभरि बुटवललाई कर्मथलो बनाएर बिताउनु भयो । यो बिचमा मणिमुकुन्द पार्क फूलबारीको अध्यक्ष भएर काम गर्नुभयो । त्यसबखत उहाँंसँंगै काम गरेकाहरू उहाँंलाई सम्झिरहन्छन र भन्छन– उहाँ सारै नरम स्वभाव र दयाभाव भएको मान्छे हो । यसैले हामीलाई काम गर्न सारै सजिलो भएको थियो । कुनै स्वार्थ बिना दिनभर पार्कको हराभराका निम्ति उहाँंले काम गर्नुहुन्थ्यो । कसैप्रति बैरभाव नराख्ने, पद प्रतिष्ठा हेरेर सम्मान गर्ने वहांँको स्वभाव रहेको धेरैले बताउंँछन । चर्को नबोल्ने, झयाप्प पनि नबोल्ने, रिसाइ नहाल्ने, बालबालिकालाई जो सुकैका सन्तान भएपनि खानेकुरा किनिदिनु पर्ने, माया गर्ने आदी उहांँको स्वभाव थियो । उहाँंको परिवार आफन्तहरू बामपन्थी बिचारधाराका भएतापनि उहांँले कहिल्यै राजनीतिक कुराहरू गर्नुभएन । कुनै पाटीको पक्ष वा पद लिएर हिडनुभएन । सबै बिचारका मानिसलाई ससम्मान माया गरिरहनु भयो, चाहे जुनसुकै बिचारको होस राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनी नै रहनुभयो ।
बुटवलको पर्यटन र खेलकुद क्षेत्रमा समेत उहांँको आकर्षण र योगदान थियो । मृत्युमा पुगेका संस्थाहरू बचाउन उहाँंले खेल्नुभएका भूमिकाहरू निकै नै महत्वपूर्ण छन । पटकपटक मोफसलका मिडिया हाउसमा आउने संकटमा मध्यस्थकर्ताको भूमिकामा लागीरहनु भयो । लाग्ने मात्र होइन तन मन धन दिएर बचाउने काम पनि गर्नुभयो । यथार्थमा भन्नुपर्दा राष्ट्रीय दैनिक लुम्बिनीलाई अहिलेसम्म जीवित राख्ने र स्थायीरूपमा टिकाउनेमा उहांँकै मुख्य हात छ । यति मात्रै होइन ऋषि दाइकै कारण रूपन्देहीमा थुप्रै पत्रकार जन्मिए । धेरैले रोजगारी पाएर आफ्नो उच्च शिक्षा हासिल गर्ने मौका पाए । यतिखेर ऋषि दाइलाई सम्झिने धेरै पत्रकार छन । कति त रूपन्देहीदेखि अन्य क्षेत्रमा गएर अरू प्रगति गरिरहेका छन । बुटवल ८ सुक्खानगर मिलनपथमा रहेको ज्ञानज्योति पुस्तकालयको अध्यक्ष मात्र हुनु भएन, जग्गा ब्यबस्थापनदेखि भवन निर्माणमा तन मन धन दिएर सम्पन्न गराउनु भयो । अहिले पुस्तकालय साथै एकतला सत्यवती बचत सहकारीलाई भाडामा दिइएको छ । यो भनिरहंँदा सबै ऋषि दाइले मात्र गरेको भन्ने अर्थ नलागोस् । हातहरू धेरैका छन, मुख्य नेतृत्व कसको थियो भन्ने मात्र हो । प्रत्येक दिन मानिसहरू जन्मिरहेका छन । सबैले नाम राख्न सक्छन भन्ने छैन । केही मानिस यति लोकप्रिय हुन्छन । आफ्नो ब्यक्तिगत जीवन बाहेक अरूका निम्ति पनि सोच्ने गर्छन । छरछिमेक, इष्टमित्र, आफन्त र आफ्नोमा पिडा लिएर आउने जो कसैलाई मलमपट्टी लगाउने काम गर्छन, ति मध्येका एक ऋषि दाई हुनुहुन्थ्यो । हामीले देख्ने गर्छौं आफ्नो स्वार्थ बाहेक अर्काको निम्ति सोच्ने र दुई पैसा खर्च गरेर सहयोग गर्न हिंँडने मनहरू नभएका कैयौं मानिस छन् । हो सबै मानिस सम्पन्न हुदैनन् र छैनन् पनि । सम्पन्न मानिसलाई समस्या पर्दैन भन्ने होइन । आर्थिकरूपमा नपर्ला अन्य कारणले पर्न सक्छ । कोही न कोही सहयोग गर्ने हुनुपर्छ । सहयोग गर्न भनेपछि धेरै मानिसलाई अल्छी लाग्छ । यही कारणले सामाजिक कामबाट उनीहरू तर्किरहेका हुन्छन । तर, ऋषि दाई भने आफ्नो स्वास्थ्यले साथ दिंँदासम्म सहयोग गर्नका निम्ति तत्पर रहनुभयो ।
पुख्र्यौली घर गुल्मी हालको रुरु गाउँंपालिका बलेटक्सार कालापात्ला भएका ऋषि दाई आफ्ना गाउँका दाजुभाईलाई उत्ति नै माया गर्नुहुन्थ्यो । सबैलाई खोज्ने र माया गर्ने उहाँंको स्वभावनै थियो । यहांँसम्मकि पत्रिका घरमा आउनासाथ सबै पढनु पर्ने, कुन लेखकले लेख्न अल्छी गर्यो भन्ने कुरा फोन गरेर वा भेट हुंँदा तपाइंँको लेख आएन वा पढ्न पाइएन, लेखीहाल्नुस त भनीहाल्ने । जसले गर्दा लेख्नलाई उर्जा मिल्ने गरेको धेरै लेखकले सम्झिरहन्छन । उहाँं जहिलेपनि भन्ने गर्नुहुन्थ्यो म बिरामी भएँं । पत्रिका पनि छोडँे, के गर्नु लुम्बिनी पत्रिका कान्तिपुर जस्तो बनाउने मन थियो । म पनि बिरामी पपत्रका जन्माउने कर्णबहादुर कार्की पनि बिरामी यस्तै भयो बैनी भनी रहनुहुन्थ्यो । उहाँंलाई आफ्नो सन्तानको जस्तै माया लुम्बिनी पत्रिकाको पनि थियो । एक दिन पत्रिका घरमा नआए किन छापिएन र बैनी भन्दै तु फोन गरेर सोध्ने गर्नुहुन्थ्यो । अहिले यी सबै कुरा भुतकाल भएका छन । ऋषि दाईलाई सम्झिने बाहेक सबै बन्द भएको छ । लामो समय सुगर रोगबाट पीडित दाईलाई केही पछि मृर्गौलामा समस्या देखियो । यस्तै यस्तै कारण हाम्रा माझबाट ऋषि दाईले बिदा लिनुभएको छ । सबैका प्रिय ऋषि दाईको बैकुण्ठ बासको कामना गर्दर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%