ट्रेंडिंग:

>> शनिबार लायन्स दौड हुदै >> शिक्षक महासंघले बार्ता टोली बनाओस्, सरकार बार्तामा बस्छः शिक्षा मन्त्री >> गलैंचा कारखानाबाट उठाएर मुम्बई कोठीमा महिलाको बिक्री, तीस वर्षपछि आरोपी पक्राउ >> शिक्षा मन्त्रालयले बार्ता टोलीको नाम एकलौटी राखेको भन्दै शिक्षकहरू गएनन् बार्तामा >> बुटवलमा भिमसेन मन्दिर शिलान्यास, नेवार समुदाय सांस्कृतिक जागरण अभियानमा >> सिंहदरबारमा सरकारसँग वार्ताका लागि शिक्षक नेताहरू पुगे >> नवलपरासीमा चितुवाको आक्रमणबाट ४ जना घाईते >> शिक्षक महासंघ र सरकारबीच वार्ता हुँदै >> बुटवलमा ३८ वर्षीय पुरुष मृत अवस्थामा भेटिए >> सिद्धबाबा अस्पतालको ७ औं वार्षिकोत्सव: सेवालाई विश्वसनीय बनाउन सुझाव >> समस्याहरू केवल ९ महिनामा उत्पन्न भएको छैन् : एमाले >> सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति >> आन्दोलनरत शिक्षकहरूलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए बार्तामा >> सिंहको संयोजकत्वमा जनआन्दोलन समिति गठन >> गोरखा भूकम्पको १० औं स्मृति सभा (फोटोफिचर) >> प्रधानमन्त्रीको संसद सम्बोधन स्थगित >> भूकम्पको १० वर्ष पुगेकै दिन सिन्धुपाल्चोकमा ४.१ म्याग्नेच्युडको भूकम्प >> वैशाख महिना भरी यस्तो गर्दैछ प्रतिनिधिसभा >> एमाले नेतृत्वलाई घेराबन्दीमा पारिदैँ छ, सतर्क हुन जरूरी छः एमाले महासचिव >> प्रेस चौतारीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक सुरू >> करिडोर बनेपछि फेरियो जीवनशैली >> विपदबाट हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्नेः गृहमन्त्री >> चुनावमा गरेको बाचा बिर्सिएको छैनः अध्यक्ष प्रचण्ड >> सुनको मुल्य घट्यो >> रौतहटमा १४ बर्षिय बालकको हत्या >> किम जोङकी छोरी बनिन् उत्तर कोरियाको ‘फेसन आइकन’ >> नेपाल साँस्कृतिक महासंघ कपिलवस्तुमा पोख्रेल  >> पाल्पा वनमा भेटियो शव >> अमेरिकी डलर संगै युरोको भाउ पनि घट्यो, अन्यको अवस्था कस्तो छ ? >> दीपमा पृथ्वी पर्यावरण सचेतना कार्यक्रम >> रामपुरमा वडाबाटै मेलमिलाप >> शिक्षक आन्दोलनका असन्दर्भहरू >> सानो हतियारको ठूलो त्रास >> शिक्षक आन्दोलनले दिवा खाजाको निकासामा बाधा >> बुटवल मिडिया मन्थनः पत्रकारको पेसागत सुरक्षामा सजगता जरुरी >> संसदको छैटौं अधिवेसन आजबाट सुरू, यस्तो छ सम्भावित कार्यसुची >> वैशाखको ताप: चितवनमा रेकर्ड ब्रेक गर्मी, सतर्क रहन आग्रह >> आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने >> शिक्षक आन्दोलनमा सर्वोच्चको आदेश: विद्यार्थीको भविष्यमा खेलबाड नगर, ३ दिनभित्र समाधान निकाल >> रुपन्देहीका औषधी ब्यवसायीहरुलाई क्षमता अभिवृद्धि तालिम >> सेमीफाईनल समिकरण पुरा >> शुक्रबारदेखी चिकित्सकको अनिश्चितकालिन आन्दोलन >> युवालाई ओलीको आग्रह– सरकारमा जे गर्नुपर्ने हो एमालेले गर्छ, ढुक्क भएर मिसन ०८४ मा लाग्नुहोस् >> विभागीय दुवै टिम लुम्बिनी कपको उपाधि जित्ने दाउमा >> शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनियताको शपथ >> दाङमा पूर्व कमलरी, सीमान्तकृत र असहायका लागि कार्यक्रम >> पाकिस्तानसँग द्विपक्षीय क्रिकेट हुँदैन : बीसीसीआई >> नेप्से परिसूचक २.०८ अंकले उकालो >> आतंकवादी हमलामा मारिएका सुदीप न्यौपानेको आज त्रिवेणीमा अन्त्येष्टि >> अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीको मुद्दामा सर्वोच्चमा सुनुवाइ सकियो

झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टाचार : पाँच जनालाई तोकियो कैद, पूर्वमन्त्री विजय कुमारलाई ९ वर्ष

२५ असार २०८१, मंगलवार
२५ असार २०८१, मंगलवार

काठमाडौँ ।

विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना तोकेको छ।

मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई सबैभन्दा बढी ९ वर्ष १ महिना कैद तोकिएको छ। उनलाई कसुरअनुसार ८ वर्ष र उनको पदीय जिम्मेवारीका हिसाबले थप १ वर्ष १ महिना कैद हुने फैसला विशेष अदालतले सुनाएको हो। उनीबाट २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रूपैयाँ असुल हुने ठहर पनि अदालतले गरेको छ।

प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर्ष कैद र मन्त्री विजयकुमारसरह नै जरिवाना असुल्ने फैसला विशेष अदालतले गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाए पनि सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्वप्रमुख मानबहादुर खड्का र मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठले अदालतबाट भने सफाइ पाएका छन्।

गत असार ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार २५ मा पेसी तोकेको थियो।

अख्तियारले प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि ७ जनाविरुद्ध २०८० असोज २१ गते मुद्दा दायर गरेको थियो।

प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने भनेको थियो।

विषालु सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि भनेर स्थापना भएको केन्द्रमा मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको दाबी थियो। भ्रष्टाचारले बदनाम भएपछि हाल झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?