ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बुटवल–नारायणगढ सडकको सास्ती

२६ असार २०८१, बुधबार
२६ असार २०८१, बुधबार

वि. सं.२०७५ माघमा बुटवल नारायणगढ सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै छ । ११४ किलोमिटर सडक बनाउन ६ बर्ष लाग्दा पनि सम्पन्न नहुनुका पछि निर्माण कम्पनीको गंभीर लापरवाही हो । निर्माण कम्पनीले अझ डेढ वर्ष म्याद थपका लागि निवेदन दिएको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तार योजनाको दोस्रोपटक थपिएको म्याद आउँदो साउन ८ गते सकिँदै छ । हालसम्म नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको छ । अहिले बर्षाको समय छ र उक्त सडक खण्ड भएर यात्रा गर्नेहरूले निकै सास्ती पाएका छन । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । समयमै सडक नबनाउने निर्माण कम्पनीको म्याद पटक पटक थप्ने र कम्पनीलाई कारवाहीको साटो उल्टो म्याद थपेर पुरस्कृत गर्ने काम भएकै कारण समस्या झनै बल्झिदै गएको छ । यस प्रकारका कामले निर्माण पक्षको मनोबल झनै बढेको अवस्था छ । समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको छ । अहिले म्याद थपका लागि समयमै काम सम्पन्न हुन नसक्नुका पछिको कारण देखाउँदै निर्माण पक्ष संघीय राजधानी काठमाण्डौं धाउँदै छ । सडक निर्माणको काम समयमै सम्पन्न गर्नुपर्नेमा म्याद थपका लागि दौडधुप गर्नु निश्चय नै सुहाउने कुरा होइन । पूर्व पश्चिम नेपाललाई जोड्ने यो सडक नेपालकै महत्वपूर्ण सडक खण्ड हो । निर्माण पक्षको लापरवाहीका कारण अहिले सडक विस्तारको क्रममा यात्रुले सास्ती पाएका छन् ।

घण्टौं जाममा बस्नुपर्ने बाध्यता खेप्दै आएका यात्रुहरू समयमा नै सडक निर्माण कार्य नसकिँदा दिक्क छन् । कुनैपनि विकास निर्माणको काम समयमा नै सम्पन्न नहुने ठूलो समस्याको रूपमा रहेको यो सडक गतिलो उदाहरण छ । जुन गतिमा निर्माण कार्य हुनुपर्ने हो त्यो नहुँदा यात्रीले सास्ती पाउने स्वाभाविक हो । सवारी आवागमन नै रोकेर गरिएको काम सुस्त गतिमा अगडि बढेको छ । सडक विस्तार आयोजनाको हेलचेक्र्याइँ र लापरबाहीको कारण यात्रुले ज्यान नै गुमाउने अवस्था सृजना भएको छ । सडक निर्माणको क्रममा सरकारी अनुगमन पनि सुस्त छ । जोखिमयुक्त स्थानमा सचेतना चिह्न नराख्नु दुर्घटनाको कारण बनेको छ । यो सडकका कारण हजारौं यात्रुले सास्ती खेप्दै आएका छन् । अहिले वर्षाको समय भएकोले सडकको अवस्थाका बिषयमा यात्रुलाई समयमै सूचना दिनु जरूरी छ । बर्षाको यो समयमा सावधानी अपनाउनुको अर्को विकल्प छैन । आयोजनाले जोखिम कम गर्नको लागि सडक विस्तार भइरहेका स्थानमा झर्न लागेका ढिस्का झारेर सडकलाई कम जोखिमयुक्त बनाउनुपर्छ । जति धेरै निर्माण कार्यमा ढिलाइ भयो त्यति नै धेरै जोखम हुने देखिन्छ । दैनिक १० हजारको हाराहारीमा यस सडकमा सवारीसाधन आवतजावत गर्ने भएकाले पनि समयमा नै काम सम्पन्न गर्नु र यात्रुहरूको आवागमनलाई सहज बनाउनु सम्वन्धित निकायको दायित्व एवं कर्तव्य हो । म्याद सकिनै लाग्दा आयोजनाले उक्त सडक खण्डमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिट्टी राख्ने, पहिरो हटाउने लगायतको काम गरेको छ । पाँच बर्षसम्म सडक निर्माणको काममा बेवास्ता गर्ने र पटक पटक म्याद थप्न लबिङ्ग गर्ने काम अव सैह्य हुन सक्दैन् । बुटवल नारायणगढ सडकको बिषयमा अव कसैलाई कुनैपनि प्रकारको सन्देह छैन । समयमै सकिनुपर्ने काम ढिलाई भएर हजारौं यात्रुले सास्ती पाउँदा पनि फेरीपनि म्याद थपका लागि धाउने प्रवृत्ति घातक छ । तसर्थ सरकारले यो बिषयमा अव गंभीर ढंगले निर्णय गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?