ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बाँकेका गाउँबस्तीमा बाढी पस्यो, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिंदै

२२ असार २०८१, शनिबार
२२ असार २०८१, शनिबार

नेपालगञ्ज, २२ असार ।

दुई दिनदेखि निरन्तर भइरहेको अविरल बर्षाले राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पसेको छ । राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेपछि गाउँबस्तीमा बाढी पस्न थालेको हो ।

राप्ती नदीको बाढीले गर्दा कुसुममा रहेका गाउँहरु डुब्न थालेको प्रहरीले जनाएको छ । राप्ती सोनारी गाउँपालिका –१ अन्तर्गत गर्ने कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेको स्थानीय प्रेम सुनारले बताए ।

उनले शनिवार दिउँसो बाढी गाउँमा पस्दा स्थानीय खुमलाल रावत, शालिकराम भण्डारी, राजकुमार रावत, गर्भे बिक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीको घर डुबानमा परेको बताए ।

राप्तीसोनारी –१ अन्तर्गत पर्ने कुसुमका अन्य विभिन्न गाउँहरु पनि डुबानको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । राप्तीको बाढी खतराको चिन्हभन्दा माथि पुगेको छ ।

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार अपरान्हको रेकर्डअनुसार राप्ती नदीमा पानीको सतह बेलुका ५ बजे मापन गर्दा ७ मिटर ९३ सेन्टिमिटर पुगेको छ । कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ७ मिटर पुगेपछि राप्तीको तल्लो तटीय क्षेत्रमा डुबान हुने गर्छ । पानीको सतहले खतराको बिन्दु पार गरेपछि अब ५ घण्टामा बाढी राप्तीसोनारी, डुडुवा र नरैनापुरका गाउँहरुमा पुग्ने र त्यहाँ धेरै गाउँ डुबानमा पर्ने खतरा बढेको छ । राप्ती नदीको सतहले खतराको चिन्ह पार गरेपछि उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको जनाउँदै तटीय क्षेत्रका वासिन्दालाई सतर्क गरेर सुक्षित स्थानमा सार्न थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । अहिले सम्म डुडुवा – १ चौफेरीका करिव ५० जनालाई सुरक्षित स्थानमा सारिएको र करिव एक सय परिवार लाई सुरक्षित स्थलमा लैजाने तयारी गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ रिजालले राप्तीमा पानीको सतह क्रमिक रुपले बढिरहेकाले जिल्लामा ठुलो बाढीको आशंका बढेको हुँदा उद्धारमा खटिने सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेर सबै तयारी पूरा गरिएको बताए ।

सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित ब्यारेजका ढोका आवश्यकताअनुसार खोल्न लगाएको पनि उनले जानकारी दिए । राप्तीको बाढी बढेपछि सिक्टा सिँचाइ आयोजनाको ब्यारेजका ढोका पनि क्रमशः खोेलिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताए ।

राप्तीको बाढी माथिल्लो क्षेत्रका गाउँमा छिर्न थालेपछि नदीको तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

राप्तीको तल्लो तटीय क्षेत्र राप्ती सोनारीको फत्तेपुर, खल्ला झगडिया, नरैनापुरको गंगापुर, मटेहिया तथा डुडुवा गाउँपालिकाको कम्दी, बेतहनी, बनकट्टी, होलिया, चौफेरी, पाँझालगायतका गाउँमा बाढी पस्ने भएकाले सो क्षेत्रका स्थानीय त्रासमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?