ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

देशैभर वर्षा : कुन सडककाे अवस्था कस्ताे छ ? (विवरणसहित)

२२ असार २०८१, शनिबार
२२ असार २०८१, शनिबार

काठमाण्डाै –

वर्षाका कारण पहिरो खस्दा देशका धेरै सडक बन्द रहेका छन् । पृथ्वी राजमार्गअन्तर्गत स्याङ्जाकाे गैराथोक, रातडाँडा, बिसौनालगायतका विभिन्न ठाउँमा सडक बन्द हुँदा भैरहवा–पोखरा र स्थानीय रुटमा चल्ने गाडी प्रभावित भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको नवलपरासी चोरमारा सडक र मुग्लिन–पोखराको दमौली क्षेत्रमा लेदो र पहिरोले गाडी गुड्न समस्या भएको छ । पाल्पाको अर्गलीमा पहिलो जाँदा पाल्पा–गुल्मी सडक बन्द भएको छ । रिडी–तम्घास सडक र पाल्पा–अर्घाखाँची सडकमा पनि गाडी चल्न सकेका छैनन् ।

यस्तै सिन्धुपाल्चोकमा पहिरो जाँदा चीनसँगको नाका जोड्ने कोदारी राजमार्गमा गाडी चल्न सकेका छैनन् । कर्णाली राजमार्गअन्तर्गत कालीकोटका विभिन्न ठाउँमा पहिलो जाँदा गाडी चलेका छैनन् ।

यस्तै बीपी राजमार्गको बर्दिबास–सिन्धुली खुर्कोट सडकअन्तर्गत काभ्रेको रोशी र सिन्धुलीको सुनकोशी गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुल्ने र बन्द हुने भइरहेको छ । भालुबाङ, प्युठान–रोल्पा सडकको सिमलचौर, अँधेरीलगायतका क्षेत्रमा पहिरो जाँदा सडक बन्द छ । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकालु र भोटखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरो जाँदा गाडी चलेका छैनन् ।

यस्तै डुम्रे–बेसीशहर–चामे सडकको लमजुङका तीन वटा ठाउँमा पहिरो गएको छ । तानसेन–रिडी कोरला सडक पनि बन्द छ । म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा बेनी–जोमसोम सडक बन्द छ । साँफेबगर–मातर्डी कोल्टी खण्डअन्तर्गत अछामको बूढाबगरमा पहिरो जाँदा सडक बन्द भएको छ ।

यस्तै हेटौँडा–काठमाण्डाै जोड्ने धेरै सडक अवरुद्ध बनेका छन् । कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ प्रतापडाँडा खण्ड र बकैया गाउँपालिका–१२ आले, सिमात घुम्ती सडक खण्डमा पहिरो गएको छ ।

त्यस्तै पहिरो जाँदा अवरुद्ध भएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक मातातीर्थ, चखेल र देउराली जाने सडक खण्डमा पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षाकै कारण अवरुद्ध रहेको भीमफेदी–काठमाण्डाै सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटे सडकमा पनि पहिराे हटाउने काम भइरहेको छ ।

यसैबीच पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खसेर अवरुद्ध थर्पु–खैरेनीटार सडक पुनः सञ्चालनमा आएको छ ।

यस्तै पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । वर्षासँगै आएको पहिरोले अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडक खण्ड अवरुद्ध भएको छ । सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिए  ।

यस्तै रोल्पाको शहीदमार्ग र दाङको घोराही–तुलसीपुर सडक पनि बाढी पहिरोले बन्द छ । बझाङको मालाभीरमा पहिलो जाँदा जयपृथ्वी राजमार्ग बन्द छ । गोकुलेश्वर दार्चुला र साँफे–मार्तडी राजमार्ग पनि पूर्णरूपमा बन्द भएका प्रहरीले जनाएको छ । देशका धेरैजसो सडकमा बाढी पहिरोको प्रभाव रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

यसैबीच अवरुद्ध बनेको हेटौँडा–काठमाण्डाै जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ छेपारेकाे दक्षिणकाली सडक खण्डमा गाडी चल्न थालेकाे छ । वर्षासँगै खसेको पहिरो हटाएपछि सडकमा गाडी पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरो खस्दा गएरातिदेखि याे सडक अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?