ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

गर्मी मौसममा बायु प्रदूषण र छालामा पर्ने असर

२१ असार २०८१, शुक्रबार
२१ असार २०८१, शुक्रबार

गर्मी मौसममा बायु प्रदुषण मुख्य गरेर ६ प्रकारका कारण भैरहेको हुन्छ । पहिलो अटोमोबाईलको धुवाँ हो । जसबाट कार्बन्डाइअक्साइड र कार्बनमोनोअक्साइड निस्किन्छ । दोस्रो हो बिभिन्न उधोग कलकारखानाबाट निस्किने रासायनिक प्रदुषण र बालीनालीमा छर्किने बिषादीहरू । यी पनि बायमण्डलमै मिसिन आई पुग्दछन । तेस्रो धुमपानको धुवाँ हो । यो पनि निरन्तर बाताबरणमा घुमिरहेको हुन्छ । चौथो समस्या हो– अहिलेको जल्दोबल्दो समस्याको रूपमा देखिएको बिकासको नाममा भएको बिनासले गर्दा निम्त्याएको समस्या । अधिकांश सडक तथा घर भत्काउँदा निस्किएको धुलो । बायु प्रदुषणको पाँचौ चुनौति हो काठको फोहोर र कोईला आदी बाल्दा निस्किने धुवाँ जसलाई ब्यालककार्बन सुट भनिन्छ । त्यस्तै अहिलेको मौसममा पालुवा पलाउने र फूलहरू फुल्ने गर्दछन । बायु प्रदुषणको छैंठौ कारण पालुवा पलाउँदा र फूल खेल्दा त्यहाँबाट निस्कने एक प्रकारका भुवाँहरू हुन । हुरी बतास यही मौसममा लाग्ने भएकाले पनि ति मसिना कणहरू उडेर हामीसम्म आईपुग्दछन । देशका काठमाडौं बुटबल जस्ता अधिकांश ठूला शहरहरूको कुरा गर्दा यी ६ थरीकै प्रदुषणका समस्याहरू बिद्यमान छन । जसले मानव शरीरका स्वास्थ्यका साथै अन्य अगंहरू जस्तै छालामा पनि असर पुराएको हुन्छ । साथसाथै गर्मी मौसमको कारण र पछिल्लो समयको फेसनले गर्दा अधिकांश मानिसहरूले शरीरलाई पुरा छोप्ने खालका कपडाहरू शरीरमा नलगाउदाँ पनि खाली शरीरमा धुलोका कण सहितका घामका किरणले समेत छालामा प्रत्यक्ष असर पारीराखेका हुन्छन ।

छालामा पुग्ने हानीः
धुलो धुवाँको प्रदुषणले हाम्रो शरीरको बाहिरी अंग छालालाई सबैभन्दा बढी असर गर्दछ । माथि उल्लेखित सबै प्रदुषणले रियाक्टिभ अक्सिजनपिसिज हानीकारक तत्व उत्पादन गर्दछन । यसले हाम्रो छालामा हुने कोषहरू नास गरिदिन्छ । कोषहरूमा यसले असर पारेसंगै छालामा सुक्खापन बढ्ने, एलर्जी हुने, छाला चिलाईरहने समस्या आउँछ । प्रदुषणले छालालाई एकदमै संवेदनशील बनाईदिन्छ । जसको कारण छाला खस्रो हुने, चाँयापोतो आउने वा जस्तै देखिने, रङ्गिबिरङ्गी दागहरू आउने लगायतका समस्याहरू देखापर्दछन् । धुलो धुवाँमा लामो समय रहनुप¥यो भने छालामा केही दिर्घ समस्याहरू देखिन थाल्दछन । जसमा छाला चाउरी पर्ने, बुढ््रयौलीका संकेत देखापर्ने । डण्डीफोर आईरहने हुन्छ । छालामा कत्लाहरू जाने हुन सक्दछ । छालामा मात्र नभै कपाललाई पनि यसले असर गर्दछ । कपाल सुक्खा हुने, टुक्रने झर्ने आदी समस्या पनि बायु प्रदुषणकै उपज हुन सक्दछ । अहिले हामीकहाँ धेरैजसो मानिसहरू अनुहार चिलाउने, अनुहारमा दाज आउने, छाला चिलाउने र खस्रो हुने समस्या लिएर आएको पाईन्छ । कतिपयले पूरै शरीर चिलाउने समस्या पनि लिएर आएको पाईन्छ । यो सम्पूर्ण कारण भनेकै गर्मी मौसम र प्रदुषणकै कारणले गर्दा हो भन्नमा कुनै संकोच लिनु पर्दैन ।

समस्याबाट कसरी जोगिने ?
धुलो धुवाँबाट जोगिनका लागि सकेसम्म शरीरका सबै भाग छोपिने खालका कपडाहरू लगाउनु पर्दछ । यति गर्दा पनि अनुहार र हातका केही भाग भने खुलै रहन्छन । त्यसकालागि अनुहारमा माक्स लगाउन सकिन्छ । यसले दोहोरो फाईदा पु¥याउन सक्दछ । जुन कोरोना लगायत अन्य भाईरसको बिरुद्वमा पनि महत्वपूर्ण फाईदा पुराउन सक्दछ । त्यस्तै बाहिर निस्कँदा सनग्लास लगाउने र सनब्लक क्रिम प्रयोग गर्ने । सन ब्लकको निरन्तर प्रयोगले घामका बिकिरणबाट जोगाउने मात्र नभै धुलो धुवाँलाई सिधै छालासम्म पुग्नबाट पनि रोक्दछ । यसले छाला बाहिर एउटा तह बनाउँदछ । धुलो धुवाँ त्यहीँ टाँसिएर बस्दछ । र, छालामा हानी पु¥याउन सक्दैन । बाहिरबाट घर पुगेपछि सबैभन्दा पहिला साबुनपानीले मिचिमिची हातमुख राम्रोसंग धुनुपर्दछ । मेकअप गरीएको छ भने तुरुन्तै मेकअप उतारेर सकेसम्म मोस्चराईजरको प्रयोग गर्नु राम्रो । त्यस्तै शुद्धपानी प्रसस्त पिउने बानी बसाल्नु आवश्यक छ । छालाकालागि लाभदायक एन्टिअक्सिडेन्ट तत्व भएका गोलभेंडा, अंगुर र कागतीको सेवन बढाउनुु पर्दछ । छालामा रहने कोषहरूलाई प्रदुषणको प्रभाबबाट चाँडै प्रभावित हुन नदिन बिभिन्न फलफूलको सेबन लाभदायक हुनेछ । फलफुलमा हुने तत्वले त्यसबिरुद्व लड्ने शक्ति आर्जन गर्न मद्दत गर्दछ । फलफुलमा पनि आँप, सुन्तला, मेवा जस्ता रङ्गीन प्रकारका फलफूलहरू प्रशस्त सेवन गर्नु अत्यन्तै महत्वपूर्ण मानिन्छ । त्यसैगरी छालालाई सदा सुन्दर र मुलायम बनाई राख्न सधैँ नुहाउने, नुहाउँदा र अनुहार धुँदा एकदमै नरम खालको र गुणस्तीरय स्याम्फु, साबुन र क्लिन्जरको प्रयोग गर्नु अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
अन्त्यमा गर्मी मौसम र प्रदुषणको कारणबाट मानव शरीरको छालामा पर्न जाने असरलाई माथि उल्लेखित महत्वपूर्ण भनाईहरूलाई मध्यनजर राख्दै आफ्नो स्वास्थ्यको जिम्मेबारी आफ्नै हुनुपर्दछ । म जोगाउँदछु मेरो स्वास्थ्य भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै भनाई र सुनाईलाई ब्यवहारमा लागू गर्नु अत्यन्तै महत्वपूर्ण मानिन्छ । साथै मौसम अनुसारका शरीरलाई फाईदा पुग्ने खालका डेसहरू लगाउने, पुरानो परम्परा र लोक सँस्कृति झल्काउने खालका कपडाहरूको प्रयोग गर्ने, धर्म र सँस्कृतिलाई मध्यनजर राखेर मात्र कपडाहरूको प्रयोग गरेमामात्र पनि ५० प्रतिशत प्रदुषणका कारणले छालामा हुने असरबाट बच्न सकिन्छ । साथै अटोमोबाईलहरूको गुणस्तरीय चेकजाँच निश्चित मापदण्ड पूरा गरेका बाहेकका पुराना गाडीहरू सडकमा ल्याउन बन्देज गर्ने, कलकारखानालाई उचित ब्यवस्थापन गर्ने र सार्वजनिक स्थलमा धुमपानलाई बन्देज गर्नुको साथसाथै सरोकारबाला निकायमा रहेका सम्पूर्ण सरोकारवालाहरूले बिकासलाई बिनासमा नढाली आवश्यकतालाई मध्यनजर गरी सडक बनाउने र भत्काएका सडकहरू तुरुन्त मर्मत गर्ने, पटक पटक सडकका मापदण्डलाई थप्दै भत्काउदै भन्दा आवश्यकीय मापदण्ड छनौट गरी भत्काउनु पर्ने क्षेत्रलाई एकपटक मात्र भत्काई तत्काल त्यसलाई निर्माण गर्ने कार्यमा सम्पूर्ण सरोकारवालाहरू लाग्ने हो र सम्पूर्ण नागरिकले आफूलाई एउटा सचेत नागरीकमा परिभाषित गर्न आ– आफ्नो नजिकको फोहोरको उचित ब्यवस्थापन, खानपान र पूर्ण सरसफाईमा बिशेष ध्यान दिन सकेमा र यदी समस्या नै परिहालेमा आफ्नो समस्याको उचित समाधानको लागि बिशेषज्ञसंगको परामर्श लिने हो भने बाँकी रहेको प्रतिशतको आधारको समस्याको सहि समाधान गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?