© २०२३
दाङ, १९ असार ।
दाङको तुलसीपुरमा चना खाने क्रममा घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवा निवासी रुपा घर्तीका ३ वर्षीय छोरा राजेन्द्र घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् । उनका अनुसार आज (बुधबार ) बेलुका ५ बजे तिर स्कुलबाट आएर घरमा पकाएको चना खाने क्रममा बालकको घाँटीमा अड्किएको हो ।
उपचारका लागि सिटि हस्पिटल तुलसीपुरमा लगिएको थियो । त्यहाँ डाक्टरले चेकजाँच गर्दा सवा ५ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीको भनाई छ ।