ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

प्रगतिनगर खानेपानीको अधिवेशन माग्दै सिडिओसहित पांच ठाउंमा ज्ञापनपत्र

१९ असार २०८१, बुधबार
१९ असार २०८१, बुधबार

बुटवल,१९ असार ।   बुटवल ११ को प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशन गर्न माग गर्दै टोल विकास संस्था तथा उपभोक्ताहरुको समूहले प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहित पांच वटा निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।

२०६४ सालयता साधारणसभा र अधिवेशनन नभएकाले ३५ दिनभित्र साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न माग गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी,बुटवल उपमहानगरपालिका,खानेपानी डिभिजन कार्यालय बुटवल, बुटवल ११ वडा कार्यालय र प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थामा ज्ञापनपत्र बुझाएका छन् ।

शुरुमा बिसी टोल विकास संस्थाका अध्यक्ष विरबहादुर कुँवरको संयोजकत्वमा विभिन्न टोल विकास संस्थाका अध्यक्ष, प्रतिनिधि तथा उपभोक्ताहरुले खानेपानी संस्थाका सहसचिव टिकाराम सुनार र प्रशासन प्रमुख निर्मला पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

२०६४ भदौ १५ गते साधारण सभा गरेको संस्थाले त्यस यता १५ वर्षसम्म पनि साधारण सभा र अधिवेशन नगरेको हुंदा अधिवेशन गर्न अनुरोध गर्दा समेत बेवास्ता गर्दै आएकाले उपभोक्ताहरुका प्रतिनिधी र टोल विकास संस्थाहरुको बैठक बसी ३५ दिन भित्र साधारण सभा तथा अधिवेशन गर्नका माग गर्ने निर्णय अनुसार ज्ञापनपत्र बुझाइएको एफ सेक्टर टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर गुरुङले बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लामो समयसम्म अधिवेशन नगर्नु गैर कानुनी भएको भन्दै आफूले यथाशीघ्र अधिवेशन गर्न निर्देशन दिने जानकारी आफूहरुलाई गराउनुभएको अध्यक्ष गुरुङले बताए ।
लामो समयसम्म संस्थाको साधारणसभा तथा अधिवेशन नहुँदा आर्थिक अनियमिततासमेत भएको हुनसक्ने उपभोक्ताको आशंका रहेको संयोजक विरबहादुर कुंवरले बताए ।

ज्ञापनपत्र बुझाउन जांदा खानेपानी संस्थाका अध्यक्ष जितबहादुर मल्ल निकट केही व्यक्तिहरुले अवरोध र विवाद गर्न खोजेका कुंवरले बताए ।
उता अध्यक्ष मल्लले २०६७ सालदेखि साधारणसभा तथा अधिवेशन हुन नसकेको स्वीकार गर्दै तीनपटक साधारणसभा तथा अधिवेशन गर्ने निर्णय भएपनि बिभिन्न कारणले सम्पन्न गर्न नसकिएको बताए । भुकम्प, कोरोना महामारी लगायतका कारण अधिवेशन सम्पन्न गर्न नसकिएको उनले बताए ।
संस्थाले संरक्षण गरी राखेको जग्गामा बुटवल उपमहानगरपालिकाले हस्तक्षेप गरेपछि उच्च अदालन तुलसीपुर बुटवलमा मुद्दा दर्ता भएको र अन्तिम फैसला आइनसकेकोले संस्थाले अहिले कुनैपनि कार्यक्रम नगरेको अध्यक्ष मल्लले बताए । अन्तिम फैसला आइसकेपछि साधारणसभा तथा अधिवेशन गर्ने भनेर निर्णय भइसकेको समेत उनले बताए । २०६२ सालमा स्थापना भएको संस्थामा हाल २ हजार ६४५ घरधुरी उपभोक्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?