ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

छत्रेश्वरीको तेश्रो अध्यक्ष कप सम्पन्न, विजयी खेलाडीहरुलाई पुरस्कार वितरण

१८ असार २०८१, मंगलवार
१८ असार २०८१, मंगलवार

सल्यान, १८ असार ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा सम्पन्न तेश्रो अध्यक्ष कप अन्तर्गत सबै खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । भोटेचौरमा मंगलबार सम्पन्न गाउँपालिका अध्यक्ष कप अन्तर्गत भलिवल प्रतियोगितामा छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर १ ले पहिलो स्थान हाँसिल गरेको छ । यस्तै वडा नम्बर ४ ले दोश्रो र वडा नम्बर २ ले तेश्रो स्थान हाँसिल गरेको गाउँपालिकाले जनाएको छ । पहिलो, दोश्रो र तेश्रो हुने समूहलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

अध्यक्ष कप अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा भिमसेन बुढा र प्रदीप चन्दको समूह पहिलो तथा नेव बहादुर रावत र शुकलाल बुढाथोकीको समूह दोश्रो भएको छ । विजेतालाई क्रमशः १० हजार र ७ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै ब्याडमिन्टन प्रतियोगितामा भरत बस्नेत र विजन वली तथा हेमराज केसी र माधन खड्काको समूहले सान्तवना स्थान हाँसिल गरेको थियो । सान्तवना स्थान ल्याउने खेलाडीहरुलाइ पनि नगद एक हजार सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट भलिवल खेलाडीको रुपमा अभिषेक चन्द र उत्कृष्ट व्याडमिन्टल खेलाडीको रुपमा विजन वलीलाई पुरस्कृत गरिएको थियो ।

स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्दै परिश्रमि खेलाडीहरु उत्पादन संगै खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकाले अध्यक्ष कप सञ्चालन गरेको हो ।

तेश्रो गाउँपालिका अध्यक्ष कप अन्तर्गत सञ्चालन गरिएको महिलाहरुको एकल नृत्य प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई सोमबार नै पुरस्कार वितरण गरिएको थियो । समापन समारोहमा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ३ का वडाध्यक्ष तिर्थराज दाहाल, ४ का वडाध्यक्ष छविलाल खत्री, कार्यपालिका सदस्य तुल्सा विक लगाएतले पुरस्कार प्रदान गरेका हुन् ।

भलिवल प्रतियोगिताको निर्णायकमा कैलाश चलाउने र सुरेश घर्ती, ब्याडमिन्टन प्रतियोगिताको निर्णायकमा दिपक बुढाथोकी र ज्योती सुनार तथा नृत्य प्रतियोगिताको निर्णायकमा भरत रोकाय, कल्पना डाँगी र कमला घर्ती रहेका थिए । समापन कार्यक्रमको सहजिकरण खडग शाहीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?