ट्रेंडिंग:

>> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता

सम्झनामा गिरिजा बाबु

१८ असार २०८१, मंगलवार
१८ असार २०८१, मंगलवार

नेपालका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ साल असार १८ गतेका दिन भारतको विहारमा भएको थियो । बुवा कृष्णप्रसाद कोइराला एवम् माता दिब्या कोइराला भारतमा निर्वासित जीवन विताइरहेका समयमा उनको जन्म भारतमा हुन पुगेको थियो । तात्कालिक पञ्चायती व्यवस्था विरुद्धको क्रान्तिमा होमिएका गिरिजाप्रसाद वि.सं. २०४६ को जनआन्दोलनपछि देशमा आम निर्वाचन भई बनेको सरकारमा वि.सं. २०४८ सालमा प्रधानमन्त्री बनेका थिए । त्यसपछि पनि वि.सं. २०५५ र वि.सं. २०५६ सालमा प्रधानमन्त्री बनेका उनी २०६२÷०६३ को आन्दोलन पछि बनेको सरकारको पनि प्रधानमन्त्री भई देशको बाग्डोर सम्हाल्ने मौका पाएका थिए भने उनले केही समय राष्ट्र प्रमुखको रूपमा काम गर्ने मौका पनि पाएका थिए । उनको कार्यकाल कस्तो रह्यो उनी कस्ता खालका व्यक्ति रहे यो विषयमा विभिन्न लेखकहरूले उनको बारेमा समीक्षा गरेकै छन् । त्यसैले ती कुराहरूको यहाँ पृष्ठपोषण गरेजस्तै गरी दोहो¥याउनुको कुनै अर्थ छैन । त्यसैले मैले यहाँ विश्लेषण गर्न खोजेको पाटो भनेको उनका केही अविष्मरणीय कुराहरू मात्र हुन् ।

वि.सं. २०८१ असार १८ गतेका दिनसम्म गिरिजाबाबु बाँचीरहेका भए उनी सय वर्ष पुग्ने रहेछन् । तर त्यसो हुन सकेन । उनी वि.सं. २०६६ सालको चैत्र महिनाको ७ गते नै यस धर्तीबाट विदा लिएर गए । गतवर्ष पनि जन्मदिनको उपलक्ष्यमा उनीसम्बद्ध पार्टी एवम् समर्थकहरूले विभिन्न कार्यक्रम गरे । उनका प्रशंसामा भाषणबाजी गरे । उनका बारेमा लेखे । यसै सिलसिलामा उनलाई श्रद्धा गर्ने व्यक्तिहरूले उनलाई सामाजिक सञ्जालमार्फत् पनि श्रद्धाका पुष्प अर्पण गरे । श्रद्धापुष्प अर्पण गर्नेहरूका पोष्ट पनि पढियो अनि पोष्ट मुनी गरिएका टिप्पणीहरू पनि हेरियो । ती कमेन्टहरूमा कसै कसैले गाली गरेको पनि देखियो । सामान्य मानिसले गरेका कमेन्टहरूलाई एक दुई दिन त खासै मतलब गरिएन । तर ती नकारात्मक कमेन्टहरूमा देश खाएर शेष पल्टेकाहरूको पनि नाम देख्दा भने अचम्म लाग्यो । त्यतिमात्र कहाँ हो र एकजना कार्यकर्ताले त गगनलाई गिरिजाबाबुको निरङ्कुशतन्त्रको योद्धा सम्म भन्न भ्याए । कसैमाथि अन्याय पर्न गयो भने बोलिहाल्न पर्ने भएकोले आफूले जानेका गिरिजाबाबुका केही सकारात्मक कुरा गरेर यहाँ सत्य कुराहरू उजागर गर्ने प्रयास गरी बल्ल यस वर्षको जन्मदिनमा प्रकाशन गर्ने साइत जुरेको हो । तर लेखबाट गिरिजाबाबुका नकारात्मक कुराहरू पनि ढाक्न खोजिएको चाहिँ अवश्य होइन ।

हुन त हामीले सानैदेखि नै गिरिजाबाबुलाई ‘तालुखुल्के गिरिजा भारततिर फिरिजा, अहिलेको हैजा गिरिजालाई लैजा, हाम्रो लुतो गिरिजालाई’ भन्ने नाराका आधारमा चिनियो । राँकाहरू बोकेर जुलुसमा रमाइयो । तर पनि अल्लि जान्ने भएपछि भने अलि केही बढी बुझ्ने मौका पाइयो । मानिस भएर जन्मिसकेपछि केही कमी कमजोरी त अवश्य रहन्छन् । उहाँ एकदमै राम्रो मान्छे वा एकदमै नराम्रो मान्छे भनेर यहाँ भन्न खोजिएकै होइन । तर भरसक व्यक्ति मरिसकेपछि उसका गुणहरूको सम्झना हुने हुनाले आफूलाई लागेका कुराहरू राखिएको मात्र हो । सधैँ नकारात्मक कुरा गरेर मात्र दिन बिताउने र अरूलाई देशको विग्रँदो अवस्था देखाई देशबाट लखेट्ने योजनाकारहरू विफल होउन् भन्ने चाहना पनि हो । विशेषगरेर उहाँलाई भजाएर खाएकाहरू त अहिले मौन छन् । उनीहरूले पाए बरु विरोध गर्लान् तर प्रशंसा पनि किन गर्लान् र ? तर विशेष गरेर आफूलाई राजावादी र गाजावादी भनेर चिनाउने केही मित्रहरूले उहाँलाई सामाजिक सञ्जाल मार्फत् अलि उच्च स्वरमा गाली गरेको देखियो । त्यसैगरेर ती गालीहरूलाई फेरि केही आफूहरूलाई काङ्ग्रेसको होनहार भन्नेहरूले पनि खासै ख्याल गरेको देखिएन । त्यसैले जसले गिरिजाबाबुलाई गाली गरेर आफ्नाले गरेका गल्तीहरू लुकाएर उनीहरूका अगाडि जी हजूरी गरेर बसेका छन् एवम् नेपाल विग्रनुको मूल कारण नै गिरिजाबाबु भनेर बुझेका छन् उनीहरूलाई केही प्रश्न राख्ने जमर्को गरेको छु ।

१– माओवादी सशस्त्र द्वन्द्वलाई मत्थर पार्न सेना परिचालन गर्न खोज्दा राजा बिरेन्द्रलाई उल्टा सल्लाह दिई सेना परिचालन रोक्न लगाउने दरबारका मुसाहरू अहिलेपनि किन हल्ला गरिरहन्छन् ?
२– माओवादी सशस्त्र द्वन्द्वलाई मत्थर पार्नका लागि सेनाको सहयोग नपाएपछि सशस्त्र प्रहरीको गठन (गृहमन्त्री गोविन्दराज जोशी) गराउने गिरिजाबाबुलाई किन गाली मात्र ?
३– शेरबहादुर देउवाले अनावश्यक काम गरेर चुनाव घोषणा गरेपछि देशको झनै विग्रेको अवस्थालाई सुल्झाउन प्रयास गर्ने गिरिजाबाबुलाई किन गाली मात्र ?
४– विशेषगरेर तात्कालिक दरबारका सहयोगीहरूले राजा ज्ञानेन्द्रलाई अनावश्यक सल्लाह दिई गिरिजाबाबुलाई असयोग गर्दा यो अवस्था आएकोप्रति किन मौन ?
५– तात्कालिक इण्डियाको सोनिया–कमनिष्ट सरकारले सेल्टर दिएको थाहा पाई माओवादीलाई फकाएर मिलाउन खोज्ने गिरिजा बाबुलाई जतिखेर पनि किन गाली ?
६– राजा, देउवा–काङ्ग्रेस, माधव–एमाले आदि राजनीतिक दलबाट सहयोग नपाउँदा पनि १२ बुँदेमा राजालाई स्थान दिएका गिरिजाबाबुको बारेमा नबुझी नबुझी किन गाली ?
७– पछि १२ बुँदेलाई लात मारी इण्डिया र पश्चिमालाई दबाब गराउन लगाई राजा फाल्ने नारा लगाउने बाबुराम–माओवादीको भेल शान्त गराउन विभिन्न वहानाबाजी गरेर संविधान सभाको चुनाव सार्ने गिरिजाबाबुलाई किन गाली ?
८– जसरीपनि राजा फाल्ने भए भन्ने थाहा पाएपछि बेबी किङ्गको अवधारणा सहित नेपालको राजसंस्था जोगाउन प्रयासरत गिरिजाबाबुलाई किन गाली ?
हो मैले माथि नै भनिसकेँ उहाँ पूरा दुधले नुहाएको मानिस पक्कै होइन । गणतन्त्र त राजालाई गलत सल्लाह दिने व्यक्तिको कारणले आयो नै तर त्यही घानमा नेपाललाई धर्मनिरपेक्ष देश घोषणा गरियो । पछि मधेश आन्दोलनमार्फत् अनावश्यक संघीयता थुपारियो । यी सबै काममा गिरिजाबाबु द्रौपदी चिरहरणको भिष्मपितामह भएर त अवश्य बस्नुभयो । के के काण्ड मच्चिए मच्चिए ती बहस विश्लेषण गरेर दुनियाँको चिया पसल चलेकै छ । तर, सामाजिक सञ्जालमा ती राजालाई नै रक्सी खुवाएर गलत सल्लाह दिई गणतन्त्र ल्याउने अनि गणतन्त्रमै रमाउने फेरि गणतन्त्रमा भाग नपुगेपछि बल्ल चिँ मुसी चिँ गरी कराउने र खानका लागि काङ्ग्रेसलाई नै माङ्ग्रेस बनाएकाहरूलाई गिरिजाबाबुलाई गाली गर्ने कुनै अधिकार छैन भन्ने मेरो बोल्नै पर्ने बोली हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50% 50% 0% 0%