© २०२३
पाल्पा, १७ असार ।
गण्डकी प्रदेशको घिरिङ गाउँपालिका र लुम्बिनी प्रदेशको पाल्पा रामपुर नगरको स्याउली बजार जोड्ने काली गण्डकी नदीमा मोटरेवल पक्की पुलको निर्माण भएको छ । यो पुल संचालनमा आएपछि गण्डकी प्रदेशको राजधानी पोखरा पुग्नको लागि स्याङ्जा हुदै जानु पर्ने यस क्षेत्रका जनताको बाध्यता अन्त्य भएको स्याउली बजारका स्थानीय कृष्ण श्रेष्ठ बताउँछन् । पुट्टारघाटमा निर्मित पुल देशकै नमुना, दोहोरो गाडी हिड्न सक्ने अति राम्रो पुल भएको स्थानीयहरु बताउँछन् ।
कालीगण्डकी अन्तर्गत पर्ने यस पुलको तनहु घिरिङ क्षेत्रका जनता छोटो र सजिलो गरी गैडाकोट सम्म आवत जावतका लागि करिडोर हुँदै आउन जान सहज भएको छ । यस पुलका कारण काठमाडौं जान पहिला बुटबल की पोखरा हुँदै जान पर्नेमा अब सिधै गैडाकोट गए पुग्छ । यस करीडोरले हिमालदेखि सहज र छिटो हँुदै हिमालदेखि तराई जोड्ने काम गरेको स्थानीय देव कुमारी खाँण बताउँछिन् ।
पक्की पुलको विकल्पमा झोलुङ्गे पुल थियो । त्यो पनि पुरानो हँुदै जाँदा जोखिम भोग्नु परेको वखतमा मोटरेवल पुलको निर्माण भएपछि सवारीका साधन तथा पैदल यात्रीहरुको लागि आवत जावत गर्न सजिलो भएको छ । यो पुलका कारण आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा राखिएको छ ।
पुट्टारघाट तनहु पाल्पा पुल उपभोक्ता समितिका अध्यक्ष बिष्णु भक्त सिग्देलका अनुसार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयबाट प्राप्त बजेट २४ करोड, ७९ लाख ७९ हजार १ सय २५ रुपैयाँमा २ सय १० मिटर लम्बाई, २ स्पानको पुल २ वर्षमा निर्माण कार्य पूरा गर्ने गरी २०७३ साल असार ३ गते शर्मा युनाइटेड विल्डर्स रमन जे.भी निर्माण कम्पनीले ठेक्का संझौता गरेको थियो । नदीको बहाव फर्काउन पर्ने त कहिले कोभिड महामारी जस्ता कारणले २ वर्षमा निर्माण कार्य पूरा गर्न कठिन भएको थियो । निर्माण कम्पनीले आगामी पुस मसान्त सम्म पछिल्लो पटक म्याद थप्ने भएको थियो । पुलमा अब रङ रोगनको काम मात्र बाँकी रहेको छ । वर्षा सकिान साथ रंग रोगनको काम पूरा गरी निर्माण कम्पनीले हस्तान्तरण गर्ने तयारी गरेको अध्यक्ष सिग्देल बताउँछन् ।