ट्रेंडिंग:

>> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित

सचेत भए बच्न सकिन्छ डेंगुबाट

१६ असार २०८१, आईतवार
१६ असार २०८१, आईतवार

बर्षा सुरु हुदाहुदै यसपटक पनि हामीहरू माझ डेंगुको प्रकोप बढ्दै छ । कतिपय ठाउँमा यसले महामारी नै मच्चाउन लागिसकेको छ । वास्तवमा डेंगु ज्वरो भनेको के हो भन्ने अझैपनि धेरैमा जिज्ञासा हुन सक्छ । डेंगु एक प्रकारको ज्वरो हो । यो एउटा बिशेष किसिमको लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरस द्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामिण क्षेत्रभन्दा बिशेषगरि शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–सानो सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खासगरी बर्षाको पानी जम्न सक्ने टिनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला र पानीका टयांकी आदिमा यस्ले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिने गरेको हो । डेंगु यसरी सर्छ, एडिस लामखुट्टेले संक्रमित व्यक्तिलाई टोक्छ र संक्रमित लामखुट्टे अब यस रोगको बाहक बन्छ । संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेपछि डेंगुको भाइरस लामखुट्टेबाट व्यक्तिमा सर्छ र संक्रमित हुन्छ । यसरी संक्रमित लामखुट्टेको वृद्धिसंँगै व्यक्तिको संक्रमण पनि क्रमशः बढ्दै यस्ले महामारीको रूप लिन सक्छ ।

बर्षा शुरु हुनासाथ डेंगु ज्वरोले धेरैलाई सताउने गरेको छ । बेलाबखत बिभिन्न खाले रोगले मानिसहरूलाई सताइरहेको हुन्छ । कहिले औलो ज्वरो त कहिले काला ज्वरो यस्तै कहिले भाइरल ज्वरो अनि कहिले टाइफाइड जस्ता बिभिन्न सरुवा रोगले मानिसलाई सताउने गरेको छ । यतिखेर जतासुकै डेंगु ज्वरोको प्रकोप शुरु हुन लागेको छ । गत बर्षहरूको अवस्था हेर्दा र बर्षा शुरु हुनासाथ देखिएको लक्षणले गर्दा डेंगु ज्वरोले अस्पतालहरू भरिने अवस्था देखिएको छ । जति धेरै आकासको पानीको भल बग्न थाल्छ, त्यति नै डेंगु ज्वरो ल्याउने लामखुट्टेको उत्पत्ति हुन्छ । बर्षायाममा जतासुकै पानी जम्ने हुंँदा त्यस्ता स्थानमा डेंगुले लार्बा पार्ने र लार्बा हुर्कदैं गएर यस किसिमको लामखुट्टेमा परिणत हुने गर्दछ । यसरी फैलिएका लामखुट्टेका कारण महामारी आउने गर्दछ । यतिखेर बुटवल क्षेत्र लगायत रूपन्देही जिल्लामै डेंगु ज्वरो सम्बन्धी सचेतना अभियान चलाउन लागिएको छ । आकासको पानीले जतासुकै भरिभराउ हुनासाथ एडिस एजिप्टाई जातको लामखुट्टे उत्पादन हुन थाल्छ । यो प्रजातीको लामखुट्टेले ५ सय मिटर वरिपरीसम्म घुमेर टोक्ने गर्दछ । यो लामखुट्टले दिउँसोमा टोक्ने गर्दछ । यसैले यो लामखुट्टेलाई भिआइपी लामखुट्टे पनि भन्ने गरिएको छ । बिशेषगरी डेंगुले रूपन्देही, चितवन, नेपालगंज, काठमाण्डौ, बिरगंज या बिराटनगर जस्ता ठूला शहरमा तहल्का मच्चाउने गरेको छ । जसका कारण बिरामीले अस्पतालहरू टनाटन भरिने गरेका छन ।

हाम्रा बाउबाजे कसैले नजानेको यो डेंगु ज्वरोले दुई दशक देखि सताइरहेको छ । यो डेंगु एक किसिमको भाइरसले लाग्ने रोग हो । यो भाइरस पनि ४ प्रकारको हुने चिकित्सकहरू बताउँंछन । डेंगु भाइरस १, २, ३ र ४ मध्ये एक खालको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरीलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ अर्थात एक पटकको यसको संक्रमणपछि लाइफ लङ्ग इम्युनिटी हुन्छ तर अन्य प्रकारका डेंगु भाइरसको संक्रमणबाट भने केही समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरू आउने सम्भावना बढेर जान्छ । डेंगु ज्वरोका तिन अवस्थाहरू हुन्छन । १ साधारण डेंगु ज्वरो । २ डेंगु हेमोरेजिक ज्वरो र ३ डेंगु शक सिन्ड्रोम । यिनीहरू मध्ये हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो बढी खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुने हुँदा नियन्त्रण गर्न गाहे हुन्छ । यदि कुनै ब्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे बिरामीको मृत्यु समेत हुने गरेको छ । कुनै खाले लामखुट्टको आयु ३० दिनको हुने गर्दछ । डेंगु रोग मानिसबाट मानिसमा सोझै सर्दैन र सबै खालका लामखुट्टले यसलाई सार्दैनन् । डेंगुको ज्वरो आएको विरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे एडिजमा सर्ने गर्छ र उक्त लामखुट्टले अरूलाई टोक्दा ती भाइरसहरू सर्ने गर्छ । डेंगु सर्न सक्ने अन्य कारणमा उक्त ज्वरोको रोगीको रगत अरूलाई चढाउँदा र अंग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहने चिकित्सक बताउँछन । यसरी डेंगु भाइरस एडिज लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । यो ग्रामिण भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ । डेंगु भाइरसको संक्रमण भएको तीन दिनदेखि चौध दिनसम्ममा मानिसमा यसका लक्षणहरू देखिन थाल्छन । यसका प्रमुख लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पिडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने र मुख्यत सहनै नसक्ने गरी टाउको दुख्ने आदि हुन । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ तर बिरामीको शरीर महिनौँसम्म ललाकलुलुक अवस्थामा रहन्छ ।

डेंगु ज्वरोबाट बच्ने भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । यो भनिरहंँदा सबैखाले लामखुट्टले डेंगु भाइरस सार्दैनन् । यो रोग सार्ने लामखुट्टे छिर्केमिर्के र बुट्टेदार हुन्छ । यस्ले दिउँसोमा मात्र टोक्न डुल्छ, रातीमा टोक्दैन । डेंगु लामखुट्टेको बासस्थान सफा पानी भएकाले खुल्ला रूपमा लामो समय अर्थात पांँच दिनसम्म कहिँपनि पानी जम्न दिनु हुँंदैन । डेंगु ज्वरोबाट बच्ने भनेको टोकाइबाट बच्ने नै हो, यो लामखुट्टको उत्पादनमा नियन्त्रण गर्ने नै हो । दिउँसो सुत्दाखेरी झुल लगाएर सुत्ने, घर वरिपरी सफा राख्ने, घर वरिपरी पानी जम्न नदिने, हातखुट्टा छोपिनेगरी लामो कपडा लगाउने, घर वरिपरी लामखुट्टे मार्ने औषधी छर्ने आदी गर्नुपर्दछ । बाटो वा घर छेउछाउका पानी जम्ने खाल्डोहरू पुर्ने, कबाड दुकानका खाली बोतल वा डब्बाहरूमा भरिएको पानी हटाउने, मुख्यत थोत्रा टायरहरूमा जमेको पानी हटाउनु पर्छ । घर वरिपरी र गमलाहरूमा जमेको पानी ख्याल गर्नुपर्छ । ढक्कन नलगाई राखिएका पानीका ड्रम, ट्यांकी र कुलरको पानी, घर वरपर कतै खुल्ला कोक, फेन्टा, मिनरल वाटरका बोतल वा कुनैपनि बोतल आदीमा जम्मा भएको पानीमा डेंगुको लार्भा उत्पादन गर्न मद्यत पुग्छ । यस्ता बोतलहरू खाली गरेर सफा गरी ढक्कन लगाएर राख्नुपर्छ ।

हामीले जान्नुपर्ने खास कुरा पाँंच दिनसम्म कुनै भाँंडोमा पानी रहिरह्यो भने डेंगु ल्याउने लामखुट्टले लार्भा पारेर उडाइ सक्छ र उक्त लामखुट्टको टोकाइले मानिसमा डेंगुको ज्वरो आउन थाल्छ । रोग लाग्न दिनु भन्दा रोगकै बाटो छेक्न उचित भने जस्तो घर भित्र मात्र नभएर छरछिमेक र छेउछाउमा पानी जम्न दिएनौँं भने हामी डेंगुबाट बच्न सक्छौं । कम्तीमा कुनै भांँडोको पानी चार दिनमा चेन्ज गर्नुपर्छ । कुलरको पानीमा डढेको मोबाइल या मट्टितेल राखिदिन सक्छौं जसले गर्दा भएको लार्भा शिथिल बन्छ र उक्त ठाउँंमा पुन एडिस लामखुट्टेले लार्भा पार्न सक्दैन । पानी जम्ने डब्बाहरू घोप्टो पारेर राख्ने, यहाँसम्म कि अण्डाको बोक्रामा जम्मा भएको पानीमा लार्भा पार्ने हुँंदा बोक्रा मिचेर धुलो पार्नुपर्छ । डेंगु ज्वरोको अहिलेसम्म कुनै दबाई छैन । चिकित्सकको निगरानीमा रहने सिटामल खाने, पेलेटलेस घट्यो भने व्हाइट बल्ड चढाउने बाहेक अरू उपाय छैन । निकास भनेको रोकथाम नै हो । यसैले सचेत रहनु जरुरी छ । हामीले यतिबेला डेंगु ज्वरो ल्याउने लामखुट्टेको नियन्त्रण गर्न सकेनौं भने धेरैको ज्यान खतरामा पर्नसक्छ । तसर्थ हामी सबै यसप्रति सतर्क भै यसको संक्रमणबाट बच्ने उपाय अपनाउँ र निरोगी बनौ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?