Butwal Today

आईसीसी टी २० विश्वकपः दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको लक्ष्य 

१५ असार २०८१, शनिबार
अ+
अ-

बुटवल।

आईसीसी टी–२० विश्वकप अन्तर्गत जारी फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दक्षिण अफ्रिकाविरुद्ध फाइनलमा उत्रिएको भारत वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ रोजेको थियो।

खेलको निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भारतले १७६ रन बनायो। भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए।