© २०२३
बुटवल, १५ असार ।
राष्ट्रिय खेलकुद परिषदले पोखरामा आयोजना गरेको अन्डर १५ बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा भाग लिई खेलमा बिजेता खेलाडीहरुलाई दीप बोर्डिङ स्कुल बुटवलले नगद सहित प्रमाणपत्रले सम्मान गरेको छ ।
शुक्रबार बिद्यालयमा एक कार्यक्रमको आयेजना गरी विभिन्न खेलमा बिजेता खेलाडीहरु अन्डर १५ विद्यालयस्तरीय चेस खेल प्रतियोगितामा स्कुलका विद्यार्थी टोपराज अधिकारी प्रथम हुन सफल भएका थिए । अधिकारीले चेस खेलमा रुपन्देही जिल्ला, लुम्बिनी प्रदेशमा समेत प्रथम हुँदै राष्ट्रिय प्रतियोगितामा भाग लिन पुगेका खेलाडी हुन् । उनलाई नगद सहित सम्मान गरिएको हो ।
त्यस्तै अन्डर १५ का टेबुल टेनिस खेलाडी सचिना पुरीले मिक्स डबल्सतर्फ तृतीय हुन सफल भएकी छन् । पुरीले रुपन्देही जिल्लामा प्रथम र लुम्बिनी प्रदेशमा समेत प्रथम भएकी खेलाडी हुन् । पुरीलाई नगद सहित सम्मान गरेको हो । त्यस्तै धरानमा आयोजित बिपी मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगिता द्वितीय हुन सफल विद्यार्थी अग्रिना सोठी मगरलाई समेत नगद सहित सम्मान गरिएको विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताए ।
रुपन्देहीमा आयेजित पर्यावरण तथा वन संरक्षण जिल्लास्तरीय चित्रकला प्रतियोगितामा दोस्रो हुन सफल सोमिन पिया र रुपन्देहीमा आयोजित वडास्तरीय टेबल टेनिस प्रतियोगितामा तेस्रो हुन सफल गुल्सन धवललाई समेत नगद सहित सम्मान गरिएको हो । आफ्ना नानीबाबुहरुलाई खेलकुदमा समेत सहभागी गराएको भन्दै खेलाडीहरुका अभिभावकहरुलाई समेत दोसल्ला ओडाएर सम्मान गरिएको दिप बोर्डिङ स्कुलका अतिरिक्त कृयाकलापमा प्रमुख सुरेन्द्र साक्यले बताए । सम्मान कार्यक्रममा बोल्दै स्कुका उपप्राचार्य ज्ञानु थापा र कलाधर अर्यालले खेलमा रुची राख्ने खेलाडीहरुले लगनशील र लगाबले नै खेलाडीलाई उचाईमा पु¥याउने भन्दै खेलकुद क्षेत्रले देश बिदेशमा नाम राख्न सकिने बताए