© २०२३
बुटवल, १२ असार ।
बुधबार बिहानदेखि परेको वर्षाका कारण रुपन्देहीका विभिन्न ठाउँ जलमग्न भएका छन् । अविरल वर्षाले गौतमबुद्ध विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ भने बुटवलका विभिन्न ठाउँ जलमग्न भएका छन् ।
वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएका हुन् । पानी बग्ने सहज निकास नहुँदा यी ठाउँहरू जलमग्न भएको स्थानीयले बताएका छन् ।
गत वैशाखमा पनि एकै दिनको बाढीले बुटवलका व्यापारिक मार्गका पसलमा बाढी पसेको थियो ।
पाल्पाका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ । निरन्तरको वर्षासँगै तिनाउ नदीमा बाढी आउने जोखिम रहेको भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।