© २०२३
काठमाण्डौ –
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा रोकेको छ । सरुवासम्बन्धी मापदण्ड तयार गरिरहेकाले अर्को व्यवस्था नभएसम्मका लागि सरुवा स्थगित गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सरुवालाई व्यवस्थित गर्न मापदण्ड तयार गर्न लागेको हो । मन्त्रालयले यसअघि पटक–पटक सरुवा मापदण्ड बनाए पनि लागू गर्न नसकेको गुनासो छ ।