ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

टि–२० विश्वकप : आयोजक अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

१० असार २०८१, सोमबार
१० असार २०८१, सोमबार

 काठमाडौँ । 

आयोजक अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्यान्ड जारी विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो।

अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्ड ले ९.४ ओभरमा विकेटको क्षतिबिनै भेट्टायो।

पहिलो विकेटका लागि फिल साल्ट र कप्तान जस बटलरले १ सय १७ रनको अविजित साझेदारी गरे।

कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्कासहित ८३ रनमा नटआउट रहे। फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे।

इङ्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा १ सय १५ रन बनाउँदा अलआउट भयो।

नितिश कुमारले बनाएको ३० रन नै अमेरिकाका लागि सर्वाधिक रह्यो।  कोरी एन्डरसनले २९ रन थपे। हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए।

अमेरिकालाई कम स्कोरमा रोक्न इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिक सहित ४ विकेट लिए। स्याम करन र आदिल राशिदले समान २ विकेट लिए। लियम लिभिङस्टोनको नाममा १ विकेट रह्यो।

सुपर ८ मा समूह बीमा रहेको इङ्ल्यान्डले ३ खेलबाट ४ अंक बनाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

आयोजक अमेरिकाले भने सुपर ८ मा एक जित पनि हात पार्न सकेन। अंक तालिकाको पुछारमा रहँदै विश्वकपबाट बाहिरियो।

आजै बिहान हुने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलले सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ।

दक्षिण अफ्रिकाले २ खेलबाट ४ अंक बनाउँदा समान खेलबाट वेस्ट इन्डिजको २ अंक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?