© २०२३
बुटवल, ८ असार । युवाहरुलाई स्वदेशमा नै सीप सिकाएर स्वरोजगार बनाउने उदेश्यका साथ वारिष्टा तालिम बुटवलमा शुरु भएको छ । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरण कामदारहरुको लागि थप सीप तालिम कार्यक्रम अन्तरगत वारिष्टा तालिम शुरु भएको हो । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजना, रुपन्देही उद्योग संघ, ईन्स्योर परियोजनाको आर्थिक र स्टरनिङ ईन्टरनेश्नल कलेज अफ हस्पिटालिटी बुटवलको प्राविधिक सहयोगमा ९६ घण्टे तालिममा २० जना सहभागी रहेको तालिम संयोजक माधव ढकालले बताए ।
कार्यक्रमको एक समारोहका बिच रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले उद्घाटन गर्दै तालिममा सिकेका सीप आआफ्नो प्रतिष्ठानमा उपयोग हुनेमा आशाबादी रहेको बताए । स्वदेशमा युवालाई स्वरोजगार बनाउनुका साथै विदेश जानुपरे पनि सीप सिक्नुपर्छ भन्ने सोचलाई सार्थकता दिने गरि विशिष्टिकृत तालिमलाई जोड दिदै आएको उनले बताए । होटल ब्यवसाय ग्राहकलाई आकर्षण गर्ने र सेवा दिने उद्योग भएको हुदा सीप निरन्तर जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले आफ्नो कार्यक्रममा करीब २ सय जनालाई तालिम दिन सफल भएको बताए । सीप र क्षमता नहुदा धेरै होटलमा लगानी गरेको ब्यवसायीहरु छोटोसमयमा बन्द गर्नुपरेको अवस्था रहेको उनले बताए । ब्यवसायीहरुको क्षमता अभिवृद्धि गर्दै सेवामा गुणस्तरीय बढाउन तालिम जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संघका द्घितिय उपाध्यक्ष प्रेम भट्टराई, संघका महासचिव अर्जुन थापा, ईन्स्योर तालिम संयोजक खिमानन्द रिजालले बजारमा माग अनुसार बारिष्ठा तालिम आयोजना गरिएको बताए ।