ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

किन बढिरहेछ यति धेरै दुर्घटना ?

९ असार २०८१, आईतवार
९ असार २०८१, आईतवार

इतिहासमा कुनै बेला थियो– दूरदराज अथवा जहाँ जानुपरे पनि पैदल हिंँडेर पुग्ने गरिन्थ्यो । यहाँसम्म कि हाम्रा बाउबाजे भारतको बाटो हुँदै बर्मासम्म हिंँडेरै जाने आउने गर्थे । मुलुकको पूर्व पश्चिम वा उत्तर दक्षिण सबै ठाउंँमा गाउँका मानिस हिँडेरै पुग्ने गर्थे । महिनौ लगाएर देशको राजधानी काठमाण्डौ जाने आउने गर्थे । उत्तरतर्फ तिब्बतको ल्हासासम्म पुगेर सुन, नुन र यस्तै बिभिन्न सामान लिएर आउने गरिन्थ्यो । यातायातको साधन केही थिएनन् । अहिले समयले कांँचुली फेरेको छ र मानिसलाई दुईचार पाइला हिंँडन पनि साधन चाहिने भएको छ । मान्छेहरू पैदल हिंँडन छोडेका छन । पैदल हिंँडने भनेको शहरमा बस्नेहरू मर्निङ वाक र इभिनिङ वाकमा मात्र हो । कि त बर्षामा बाटो बिग्रेर गाउँका मानिस बाध्यताले पैदल हिंँडछन होइन भने खुट्टाले हिँडन भनेपछि कोही तयार हँुदैनन् । बरु दशथरी रोगको दबाइ खाने तर पैदल चाहिँ नहिँडने मानिसको बानी भैसकेको छ । त्यति मात्रै कहाँ हो र गाउँका भिर पाखामा गाडी चलाउने बाटो खन्दा बर्षामा पहिरो झरेर घरै बगाएर वा पुरिएर मर्न बरु तयार हुने तर घरघरमा मोटर बाटो जसरी पनि पु¥याउनु पर्ने प्रवृत्ति नै बनेको छ । पालिकाहरूमा डेलिगेसन गएर भएपनि बाटो चाहीँं बनाएरै छोडनुपर्ने, यस्ता दिन अहिले चलीरहेका छन ।

अहिलेको समयमा काठमाण्डौ, बिराटनगर, बुटवल, बिरगंज, नारायणगढ जस्ता शहरहरूमा प्रत्येक दिन लाखौं लाख सवारीका साधन गुडिहेका छन । पुर्व पश्चिम राजमार्गमा उत्ति नै यातायातका साधनहरू गुडिरहेका हुन्छन । कहिले कुन साधन पल्टेको हुन्छ त कहिले कुन । बाटोमा बाइक र साइकल कति हुन्छन भन्ने कुरै नगरौँं । यातायातका साधनमा सबैभन्दा धेरै बाइक दुर्घटनाको समाचार आइरहेको हुन्छ । दिनदिनै जस्तो एउटा न एउटा दुर्घटना भएकै छ । यस्ता दुर्घटनाले धनजनको धेरै क्षति भैरहेकोे छ । धेरै परिवारलाई बिचल्ली पार्ने मात्र नभएर मानसिक शारीरिक रूपमा समेत धेरैलाई बिक्षिप्त पारेको छ । दुर्घटना चाहेर हुने बिषय होइन । सवारी दुर्घटना धेरै कारणले हुने गर्छ । दुर्घटनाले मानिस अपांग भएर बांँच्नुपर्ने अनि कतिपय दूर्घटनामा मानिसको मृत्यु नै पनि हुन्छ । कहिलेकाँंही कोमामा पुगेर बाँंच्नु न मर्नुको अबस्था पनि पुगेको हुन्छ । हाल समयको माग भनौ बिज्ञान र प्रविधिको बिकासले हामी साधन बिना चल्न पनि सक्दैनौँं तर पनि संयम हुन र अली ध्यान पुयाउन नसकेको हो कि भन्ने लागेको छ ।

दुर्घटना हुनुमा थुप्रै कारण मध्ये हाम्रो मुलुकको भौगोलिक अवस्था जटिल छ । जसका कारण बाटोहरू घुमाउरा छन । त्यसैमा बनि नसकेका कच्ची बाटोहरू धेरै छन जुन बाटोहरू यातायात साधन चलाउन योग्य छैनन् । बनेका बाटोहरू पनि मर्मत नगरेर खाल्टा र खुल्टी छन । यही कारण पनि दुर्घटना हुने गरेको छ । अर्को कारण सवारी साधनको बेलाबेलामा चेकजाँंच गर्नुपर्ने तर त्यो नगरी भष्मै चलाउने गर्दा पनि दुर्घटना निम्तिने गरेको छ । अर्को कारण आफू सवारी हाँंक्न लायक हो कि होइन त्यसको कुनै प्रवाह नगरी यत्तिकै सवारी साधन लिएर हिँंडने, मापसे गरेको भएपनि, सवारी लाइसन नभएपनि जबरजस्ती यातायात साधन चलाउने कारणले पनि धेरै दुर्घटना भएका छन । पछिल्लो समय थपिएको एकहातले मोबाइलमा गफ हाँंक्ने र साधन तिर ध्यान नदिने कारणले पनि दुर्घटना निम्तिएका छन । कतिपय ठाउंँमा छाडा चौपाया र पैदल यात्रुले कुनै ध्यान नदिइ बाटो काटने वा बाटोमा हिँडने गर्दा पनि दुर्घटना हुने गरेको छ ।

सवारी दुर्घटना चाहेर हुने त होइन । मर्न वा घाइते हुन कसैलाई पनि रहर हँुंदैन र पनि यस्तो किन भैरहन्छ र यसलाई रोक्न के गर्न सकिन्छ भन्ने बिषयमा थुप्रै बहस हुने गर्छन तर दुर्घटना हुन छोडदैन् । सवारी दुघर्टना जथाभावी ओभरट्याक गर्ने पवृतिका कारण पनि हुने गरेको छ । को छिटो पुग्ने भन्ने प्रतिष्पर्धा गर्नुपनि दुर्घटनाको कारण बनेको छ । धेरैलाई एक मिनेट धैर्य गर्ने शक्ति नै छैन जस्तो । जसका कारण दुर्घटना हुन पुग्छ । सवारी साधनले थेग्न सक्नेभन्दा ओभरलोड गर्नु पनि दुर्घटनाको अर्को कारण हो । अस्ति भर्खर पाल्पाको डुम्रे देखि मस्याम गाउँतिर जाने जिप ओभरलोडकै कारण पल्टिएको थियो । साधनले धान्न नसक्ने लोड किन बोकाउने ? यस्ता कारणहरूले सवारी दुर्घटना हुने गरेको छ । दुर्घटना भएपछि मर्ने मर्छ अनि बाँंच्नेको बिचल्ली अनि घाइते र अपांगको उही बिजोग हुन्छ । परिवारमा बालबच्चा र बृद्ध बाउआमाको बिजोग हुन्छ । दुर्घटनामा परेर मर्नेले न त हिसाब किताब बुझाउन पाएको हुन्छ जसले गर्दा रकम वा बस्तु लिनुपर्नेहरू धाइरहन्छन तर दिनुपर्नेहरू चुप भैदिन्छन । यसकारण दुर्घटनामा मर्ने र घाइते हुनेका आफन्तहरूलाई ब्यवहार मिलाउन कति गाह्रो परेको देखिन्छ । केही दिन मात्र भएको छ– पाल्पा नुवाकोटदेखि बुटवल झर्दै गर्दा एक निजी गाडी दुर्घटनामा प¥यो जसमा सवार तिनजनाको मृत्यु भयो । उनीहरूका परिवार यतिखेर शोकाकुल अवस्थामा छन । परिवारमा ठूलो क्षति हुन पुगेको छ । बालबच्चा परिवार ठूलो चिन्तामा छन । परिवारको संरक्षक नै गुमाउनु पर्दा भोलीका दिनमा कसरी जीवन संचालन गर्ने भन्ने ठूलो सोचाइमा पु¥याएको छ । यो त एउटा उदाहरण मात्र हो र यस्ता दुर्घटना दिनानुदिन घटिरहेका छन ।

भनिन्छ घोडा चढने लडछ । हो अपवादको रूपमा गाडी चढने पनि कहिलेकाँंही ठोक्किन्छ, पल्टिन्छ तर यो सबै भनेर लापर्वाही गरेर दुर्घटना निम्त्याउनु हुँदैन भन्न खोजिएको हो । सबै कुरामा संयमता अपनाउँदा अपनाउँदै पनि कहिलेकाँंही झुक्किनु स्वाभाविक हो । यो सबै नभै लापर्वाहीले सवारी दुर्घटनामा पर्नुलाई स्वाभाविक भन्न मिल्दैन । यसमा राज्यको पनि ठूलो जिम्मेवारी हुन्छ । बाटो ठिक छ कि छैन, चालकको कागजपत्र, मापसे जाँंच, सवारी साधनको चेकजाँंच आदी गरे नगरेको निगरानी गर्ने, ओभरलोड वा ओभरस्पिड आदीको जाँं चयी सबै राज्यको निकायका ट्राफिक प्रहरीको हातमा हुन्छ । थोरै चिया नास्ता वा द्रब्यको लोभमा नपरी सही तरीकाले जाँंच गरेमा दुर्घटनामा कमी आउने छ भन्ने लाग्छ । मानिस जन्मेपछि मर्नुपर्छ । यो स्वाभाविक हो तर मर्नुपर्छ भन्दैमा लापर्वाहीका कारण अल्पायुमै मर्ने भन्ने हो र ? कुनै कठिन रोगले ग्रष्त भएर अल्पायुमै मर्नु त्यो दुर्घटना भन्न मिल्दैन । बृद्ध अवस्थामा पुगेर शरीरका अंगहरूले काम गर्न छोडदै गएपछि स्वभावैले घरले जा र बनले आइज भन्ने अवस्थामा पुगेर मृत्युवरण गर्नु त्यसलाई स्वभाविक मृत्यु मान्नुपर्छ । यहाँं उठाइएको दुर्घनामा परेर त्यसैमा इनारमा खसेर, पहिरोले पुरेर माटोको ढिस्कोले पुरिएर नभै सवारी साधनको दुर्घटनाबाट भएका घाइते वा मृत्युको बिषय उठान गरिएको हो । सवारी साधन हाँंक्ने मानिस मानसिक रूपमा पनि स्वस्थ हुनुपर्छ । निद्रा लागेको छ, मुड बिग्रिएको छ वा मदिरा सेवन गरेको छ भने कुनैपनि सवारी साधन चलाउनु हुँदैन । सवारी साधनमा राम्रो हात बसेको छैन वा सवारी लाइसेन नै छैन भने यस्तो मानिसले सवारी चलाउनु भनेको आफू लगायत अन्यको जीवन वर्वाद गर्नु हुनेछ । बिगतको एउटा दुर्घटना काठमाण्डौको सात दोबाटोमा आमाको स्कुटी लिएर भाइलाई स्कुल पु¥याउन गएकी एक किशोरी भाईसहित दुर्घटनामा परिन । भाईको त्यहीँ नै मृत्यु भयो । ट्राफिक प्रहरीले छानबिन गर्दा किशोरीको लाइसेन हुने कुरै भएन । जसको नाममा स्कुटी थियो उनै आमालाई थुनामा राखियो । छोरा गुमेको पिडासँगै स्कुटी दिएवापत आफै थुनामा रहनुप¥यो । उनले आफ्नो सवारी, बिना लाइसेनको मानिसलाई चलाउन दिँंदाको परिणाम ब्यहोर्नु प¥यो । त्यसैले यातायात सन्चालन सम्बन्धमा ध्यान पु¥याए दुर्घटनामा न्युनीकरण हुदै जानेछ । अकालमा कसैको जनधनको क्षति नहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?