© २०२३
दिनेश प्रसाद लोध
लुम्बिनी, ७ असार ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन खानले नियमविपरित एकजना अमिनलाई काज सरुवा फिर्ता गराएका छन् । आफूले भनेको नमानेको र अह्राएको काम पनि नगरेको तथा सेवाग्राहीबाट गुनासो आएको भन्दै अमिन सागर बेवारेको काज सरुवा नगरप्रमुखले फिर्ता गराएका हुन् ।
नगर उपप्रमुख कल्पना हरिजनले भने कार्यपालिका बैठकमा कोही कसैलाई काज फिर्ता पठाउने कुरा नउठेको बताइन् । “कसरी भयो अचम्म लाग्यो, बैठक समाप्त भएपछि यो निर्णय गरेको हुन सक्छ । तर कुनै गुनासो र ठोस प्रमाण छ भने सबै नगरपालिका मिलेर विभागीय कार्यवाही गर्नु पर्छ”–उनले भनिन् । तर सेवाग्राहीको गुनासो सुनेको आधारमा कर्मचारीलाई काज फिर्ता पठाउने नहुने भन्दै उनले स्पष्टीकरणको मौका दिनुपर्ने बताइन् ।
संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर ६२४ मिति २०७७ असार १८ गतेको पत्रमा यस नगरपालिकामा कामकाज गर्न तोकिई र कामकाज गर्दै आईरहेकोले बिना कारण एक्कासी मेयर सजरुद्दीन मुसलमानले मिति २०८१ जेठ ३२ गतेका दिन कार्यपालिका बैठक बसी अमिनलाई काज फिर्ता पठाउने भनी निर्णय गरिएको छ ।
अमिन बेवारेले यस नगरपालिकामा १० देखि १२ जना कार्मचारीहरु काजमा काम गरिंदै आएको तर ती कार्मचारीहरुलाई काज फिर्ता नपठाएको भन्दै आफूलाई बिना कारण काज फिर्ता पठाउँदा आफूप्रति प्रतिशोध साँधेको पुष्टि भएको बताए । “कुनै गल्ती भएमा सोधपुछ गरेर वा स्पष्टीकरण सोध्नु पथ्र्यो, सिधै मलाई विनाकारण काज फिर्ता पठाइएको छ”–उनले भने ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले अमिनको काज फिर्ता गर्ने कार्यपालिकाको निर्णयमा आफूले केही प्रतिक्रिया नदिने बताए ।