© २०२३
गैंडहवा ।
रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नं. ९ मा महिलाहरुको लागि पाठेघर खस्ने समस्या, बाँझोपन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
जम्मा १४३ जनाले सेवा लिएकोमा ७ जना शंकास्पद भिआईए पोजेटिभ, १ जना शंकास्पद लाईपोमा र २० जनामा सेतो पानि बग्ने समस्या पाइएको हो
कार्यक्रममा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले सधै महिलाहरुको हक हित र स्वास्थ्य क्षेत्रमा प्राथमिकता राखेर काम गरिरहेको बताए ।
गैडहवा गाउंँपालिका स्वास्थ्य शाखाको आयोजनामा गैडहवा गाउंँपालिका वडा नं. ९ का महिलाहरुलाई लक्षित गरी स्वास्थ्य शिबिर सम्पन्न गरिएको हो । कार्यक्रममा गैडहवा गाउंँपालिका वडा नं. ९ का अध्यक्ष मिना क्षेत्री, गाउंँपालिका शिवनगर स्वास्थ्य चौकीका इन्चार्ज बन्दना चौहान, गैडहवा गाउंँपालिका स्वास्थ्य शाखाका नर्सिङ प्रमुख सिता गौतमलगायतले स्वास्थ्य क्षेत्रमा भैरहेका गतिविधिबारे प्रकाश पारेका थिए ।