Butwal Today

सन्दीप बने टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

३ असार २०८१, सोमबार
अ+
अ-

बुटवल ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आईमा एक सय विकेटको कोशेढुंगा पार गरेका छन्। वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत १६ औँ ओभरको तेस्रो बलमा बंगलादेशका जाकर अलीको विकेट लिँदै सय विकेट पूरा गरेका हुन्।

टी-२० आईमा सबैभन्दा छिटो १ सय विकेट लिने सन्दीप विश्वका दोस्रो खेलाडी हुन्। यसअघि रासिद खानले ५३ खेलमा १ सय विकेट लिएका थिए। सन्दीपले यो कीर्तिमान ५४ औँ खेलमा आएर पूरा गरे।

नेपालका लागि भने सय विकेट लिने सन्दीप पहिलो खेलाडी हुन्।

यसअघि सन्दीपले नै चौधौँ ओभरको दोस्रो बलमा तान्जिम अल हसनलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई सातौँ सफलता दिलाए।