ट्रेंडिंग:

>> छैठौं सियान अन्तर्राष्ट्रिय युवा ग्रीष्मकालीन शिविर सफलतापूर्वक सम्पन्न >> भैरवनाथ मन्दिर समिति गठनको बाटो खुल्यो >> मर्चवारी गाउँपालिकाका वडाध्यक्ष तीन लाख घुस सहित पक्राउ >> कांग्रेस भएकै कारणले भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुँदैन: गगन थापा >> पामिरले ग-यो एसइई उत्तीर्ण विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान >> कोशी प्रदेशसभाबाट विधेयक सर्वसम्मत पारित >> सुर्खेतमा ओपिडी सेवा बन्द >> रामको जन्मभूमि नेपालमै हो : प्रधानमन्त्री ओली >> गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता >> ‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार >> आन्दोलनका कारण इमर्जेन्सी बाहेक सबै सेवा बन्द >> नाटकीय हस्ताक्षर अभियान राजनीतिक प्रचारको हिस्सा हो : सांसद सूर्य थापा >> प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेश मन्त्रीको भेट >> लगातार ६ दिनको वृद्धिपछि सेयर बजार ओरालो >> पर्यापर्यटन पार्कमा वृक्षारोपण >> प्रधानमन्त्री ओलीले संसद्मा भने, ‘मेरो स्पेन भ्रमणले मुलुकको शिर उँचो भएको छ’ >> कुलिङ पिरियड गडबडी छानबिनका लागि विशेष समितिलाई २१ दिनको समयसीमा >> त्रिवि उपकुलपति चयनका लागि तीन जनाको नाम सिफारिस >> संसद्‌मा रास्वपाको अवरोध कायमै >> संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्दै (प्रत्यक्ष प्रसारण) >> सुकुम्बासीले असार २५ देखी केयूकेएल घेराउ गर्ने >> सभामुखको आह्वानमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी >> ‘मिसेस नेपाल वर्ल्ड २०२५’ का लागि आवेदन खुला >> गाजाको क्याफेमा इजरायली आक्रमण: हमासका कमान्डरसहित २९ को मृत्यु >> कांग्रेसको केन्द्रीय समिति बैठक सर्‍यो >> एएफसी महिला एसियन कप छनोट खेलेर स्वदेश फर्किए नेपाली टोली >> पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान >> फिल्म ‘जदौ’ मा नीति शाह अनुबन्धित >> “बजेट प्रक्रिया अघि बढाउन मेयरसँग प्रत्यक्ष भेटेरै आग्रह गरेकी छु” : उपप्रमुख डङ्गोल >> प्रधानमन्त्री ओली आज संसदमा सम्बोधन गर्ने >> मदानेमा उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थीहरू सम्मानित  >> पहिलो पटक तम्घास–काठमाडौँ इस्क्वारपियो सवारी सञ्चालन >> एसईई नतिजा: उत्सव, अपेक्षा र यथार्थ >> जवरजस्ती करणी गरेको अभियोग लागेका ६२ वर्षिय कार्की डेढ वर्षपछि पक्राउ >> उपनिर्वाचनले सिर्जना गरेको उत्साह  >> रोपाइँमा खेताला पाउनै मुस्किल >> रोक लगाएका सडकमा निर्बाध गुड्छन् टिप्पर ! >> चन्द्रा अधिकारी : नेपाली डायस्पोरामा महिला नेतृत्वको उज्यालो अनुहार >> आजको राशिफल (२०८२ असार २३ गते सोमबार ) >> सोनवागढको लुकेको सौन्दर्य >> पश्चिम बंगालको न्यून चापीय क्षेत्रको प्रभाव : यी स्थानमा मेघगर्जनसहित वर्षा >> सोमबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सकको घोषणा >> एसईईमा उत्कृष्ट अंक ल्याउने २५ सय विद्यार्थीलाई अनेरास्ववियुले ग-यो सम्मान >> राप्ती गाउँपालिका र तानसेन नगरपालिकाबिच असल अभ्यास आदान–प्रदान कार्यक्रम >> लालपुर्जाको आशमा सुकुम्बासी : ‘अब त पक्कै पाइन्छ !’ >> अन्नवालीको सट्टा वनवाली : पाल्पाका किसान टिमूर खेतीतर्फ आकर्षित >> फार्मेसी सङ्घ दाङका नव निर्वाचित पदाधिकारीलाई स्वागत >> स्विट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो क्यासिसको नेपाल भ्रमण सुरु हुँदै >> रोटरी बुटवलमा नेतृत्व हस्तान्तरण, कृष्ण पराजुली बने नयाँ अध्यक्ष >> लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा अर्थमन्त्री पौडेलद्वारा निरीक्षण

कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला

२ असार २०८१, आईतवार
२ असार २०८१, आईतवार

नवलपरासी, १ असार । प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) नजिकै जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक बस्तुहरू फेला परेका छन् । राजधानी कोलनगरमा पाईने खैरो भाडा(ग्रेवेयर) जस्तै उक्त स्थानमा प्राचिन बस्तु फेला परेको हो । राजधानीसँग समकालिन कुनै नगर भएको र उक्त स्थानमा राजधानी कोलनगर (पण्डितपुर) कै समकालिन बस्तु पनि भएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताए ।

स्थानिय कोटही माई स्थानमा सडक पुर्याउने उदेश्यले जेसिबिले खन्दा पुरै भाडै भाडाका टुक्राहरू फेला परेको उनले देखाए । यसबारे आफुले पुरातत्व विभागलाई जानकारी समेत गराएको जानकारी गराए । तर पुरातत्व विभागबाट अहिलेसम्म कोही आएका छैनन्, उनले भने, त्यहाँ भेटिएका पुरातात्विक भाडाका टुक्राहरू केही ल्याएर घरमै संरक्षित गरि राखेको छ,बाकी त्यही यत्रतत्र छरिएका छन् । ति बस्तुको संरक्षण गर्ने स्थानीय तह वा स्थानीय प्रशासन कहिँबाट केही चाँसो नदेखाइएको उनको भनाई छ । राजधानी कोलनगर देखि करिब चार किलोमिटर पूर्व उत्तरमा रहेको उक्त स्थानको पुरातात्विक खोज र अनुसंधान आवश्यक रहेको उनले सुनाए ।

भगवान गौतम बुद्धको मावली भएको कोलिय गणराज्यको राजधानी रामग्राम अर्थात कोलनगर पण्डितपुर नजिकै प्राचिन बस्तुले प्राचिन नगर भएको हुन सक्ने कोलिय फाउण्डेसन नवलपरासीका सदस्य समेत रहेका नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले यसमा नगरपालिकाले पनि चासो लिईनु पर्ने बताए । यसका लागि कोलिय फाउण्डेसनले पनि खोज अनुसँधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउँदै उनले तत्कालन पुरातााित्वक बस्तुहरू नष्ट नहोउन भनेर स्थानीय प्रशासन र स्थानिय सरकारले संरक्षणको जिम्मेवारी लिइनु पर्छ । विगत बर्षदेखि राजधानी क्षेत्रमा भुभौतिक सर्वेक्षण गर्ने कार्य पुरातत्व विभागले गराउँदै आएको छ ।

पुरातत्व विभागले अहिलेसम्मकै ब्यवस्थित चक्रिय अवस्थामा बनाइएको प्राचिन शहर भएको भुभौतिक सर्वेक्षणले देखाएको छ । तर अहिले राजधानी नजिकै राजधानीकै समकालिन समाग्रि भटिनु एक प्रकारको शुखद समाचार आएको छ,अध्यक्ष सैथवारले भने,तर शुखदमा पनि पुरातात्विक सम्पदा पाएर पनि सरोकारवालाले संरक्षणमा चाँसो नलिईनु दुखद पक्ष पनि बनेको छ । यसका लागि सम्बन्धित निकायले तत्कालन संरक्षण र खोज अनुसंधान गर्नु पर्ने औल्याएका थिए ।

इसा पुर्व ८ सय बर्ष प्राचिनता बोकेको कोलिय राजाको राजधानीलाई पुर्नत्थान गरि कोलिय सभ्यता र संस्कृतिको समेत पुर्नरउत्थान आवश्यक रहेको छ । यसका लागि सरकारी संरचना र गैरसरकारी संघसस्थाको कृयाशिलता,स्थानियबासीको सहभागिता हुन आवश्यक छ । पुरातत्व विभागले तिन बर्षसम्म उत्खनन, चार बर्षसम्म निरन्तर भुभौतिक सर्वेक्षण गरि प्राचिन कोलिय गणराज्यको राजधानी चक्रिय स्वरूपमा रहेको देखिन आएको थियो । उत्खननका क्रममा प्राचिन पोष्ट,खैरो भाडो (ग्रेवर), एनबिपि, विभिन्न प्रकारका भाडाकुडा, बुद्धमुर्ति, धातुहरू जस्ता बस्तुहरू फेला परेको यो स्थान हो । तर सरकारी संरचना नहुदा ब्यवस्थित काम हुन सकिरहेको छैन् । अहिले राजधानी नजिकैको आर्को नगर भएको पहिचानमा आउनु पुरातात्विक सम्पदा थपिएको छ ।

तत्कालिन बनारसका राजा रामलाई कुष्टरोग लागेको थियो । राजबैद्यको परामर्शमा उनी यो कोलवृक्ष भएको जंगल क्षेत्रमा कुष्टरोग उपचारका लागि आएका थिए । कोलवृक्षको पातको मलम बनाई घाँउमा लगाउने र पातको सेवनले उनको कुष्टरोग निको भएको थियो । तत्पश्चात उनी बनारस फर्केनन । यसै कोलवृक्ष क्षेत्रमा आफ्नो गाँउ(ग्राम) बसालेका थिए । जुन गाँउको नाम नै रामग्राम भनिएको थियो । कोलवृक्षले पुर्नजिवन पाएका राजारामले गणराज्यको नाम नै कोलिय गणराज्य राखेका थिए । कोलिय गणराज्यको राजधानी रामग्राम, कोलनगर, देवदह, ब्याग्रपुर, ब्याग्रपथ, बघौरतप्पा लगायतका नाम विभिन्न कालखण्ड चिन्ने गरिएको इतिहास छ । कोलिय गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर (निगम)हरू रहेको थियो ।

रोहिणी नदी पुर्व रहेको शाक्यहरूको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरू विच विवाहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।

महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक सातामै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाणित भई सकेको छ । यो यतिको महत्वपुर्ण धार्मिक,पुरातात्विक,ऐतिहासिक,अध्यात्मिक क्षेत्र अहिले ओझेलमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?