ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

चिनियाँ मन्त्रीसंग व्यवसायीको अनुरोध : गौतमबुद्ध विमानस्थलमा नियमित उडान गरिदिनुस्

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु नियमित र पर्याप्त मात्रामा नहुंदा तारे होटेलसहित पर्यटन क्षेत्रमा भएको ५० अर्ब बढी लगानी जोखिममा छ
३० जेष्ठ २०८१, बुधबार
३० जेष्ठ २०८१, बुधबार

बुटवल,२९ जेठ ।   भैरहवाका व्यवसायीहरुले चीन सरकारका मन्त्रीसंग गौतमबुद्ध विमानस्थलमा चिनिया एअरलाइन्स कम्पनीको नियमित उडानका लागि सहजिकरण गरिदिन माग गरेका छन् ।

सिद्धार्थ उद्योग बाणिज्य संघले लुम्बिनी भ्रमणमा आएका चीनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री छेङ रुइफेङलाई अनुरोधपत्र बुझाउंदै यस्तो माग गरेको हो ।

विमानस्थल पूर्ण क्षमतामा चल्छ भन्ने विश्वासमा भैरहवा र आसपासका क्षेत्रमा व्यवसायीहरुले ऋणधन गरेर होटल र पर्यटन व्यवसायमा अर्बौं लगानी गरेपनि अन्तर्राष्ट्रिय उडान पर्याप्त नहुंदा लगानी डुब्ने जोखिम भएकाले चिनिया मन्त्रीसंग उडानका लागि लिखित अनुरोध गरिएको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

अन्तर्राष्ट्रिय उडान पर्याप्त नहुंदा व्यवसाय चलायमान हुन नसक्दा दर्जनौं व्यवसायीहरु आर्थिक संकटमा परेकाले यसमा गम्भीर बनिदिन अध्यक्ष ठाकुरले चिनिया मन्त्रीसंग विशेष अनुरोध गरेको बताए ।

करोडौंको संख्यामा रहेका चीनका बौद्ध धर्मावलम्बीहरुलाई सहजरुपमा बुद्ध जन्मस्थल लुम्बिनीमा आउन चिनिया एअरलाइन्सको नियमित उडान जरुरी हुने भएकाले मन्त्री रुइफेङलाई लिखित अनुरोधपत्र बुझाइएको अध्यक्ष श्रेष्ठले बताए ।

संघले बुद्ध जन्मस्थल लुम्बिनीमा बर्थिङ अस्पताल लगायत कृषि र पर्यटन क्षेत्रमा लगानीका लागि चिनिया लगानीकर्तासंग सहजिकरण गरिदिन पनि चिनिया मन्त्री रुइफेङलाई अनुरोध गरेको अध्यक्ष श्रेष्ठले बताए ।

अनुरोधपत्र बुझेपछि मन्त्री रुइफेङले नेपाल सरकारले नीतिगत सहजिकरण गरेमा लुम्बिनी क्षेत्रमा लगानी गर्न चिनियाहरु तयार रहेको बताउंदै नियमित हवाई उडानका लागि समेत आफूले विभागीय मन्त्रालयसंग समन्वय गर्ने आश्वासन दिएका अध्यक्ष श्रेष्ठले बताए ।

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु नियमित र पर्याप्त मात्रामा नहुंदा तारे होटेलसहित पर्यटन क्षेत्रमा भएको ५० अर्ब बढी लगानी जोखिममा परेको  अध्यक्ष श्रेष्ठले बताए ।

चीनबाट नियमित अन्तर्राष्ट्रिय उडानका सम्बन्धमा चिनियाँ मन्त्री रुइफेङको आश्वासनबाट होटल तथा पर्यटन व्यवसायीहरु आशावादी भएको तर यसलाई छिटो मुर्तरुप दिन सरकारले पनि उच्चस्तरीय पहल गर्नुपर्ने लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले औंल्याए ।

विमानस्थल राम्रोसंग चल्दा मात्र यस क्षेत्रमा भएको अर्बौं लगानीले प्रतिफल दिन सक्ने भएकाले जुनुसुकै मूल्यमा विमानस्थल पूर्ण क्षमतामा चल्नुपर्छ भन्ने अभियानमा यहांका निजी क्षेत्रहरु एक ठाउंमा रहेको सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

त्यसअघि मन्त्री रुइफेङले नेपाल चीन मैत्री समाज लुम्बिनी र लुम्बिनी विकास कोषका पदाधिकारीसंगको भेटमा बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहार मार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन एव्म नेपाल र चिनको साँस्कृतिक सम्बन्ध दिगो बनाउन आफू सकारात्मक रहेको बताएका थिए ।

मन्त्री रुइफेंङले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए ।
मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदुत छेङ सोङ्, चिनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्यूरो प्रमुख हुआंग झिहुई लगायत भ्रमणमा आएका हुन् । एक दिने भ्रमण सकेर चिनिया टोली बुधबार नै फर्केको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?