ट्रेंडिंग:

>> नेप्सेले देखाएन बढ्ने छाँट, ५४.६२ अंकले घट्यो >> गृहमन्त्री रमेश लेखकको विवाहको उमेर घटाउने प्रस्ताव >> बारा र पर्सामा तीन उच्च क्षमताका सबस्टेशनहरूको निर्माण अन्तिम चरणमा >> नेकपा माओवादी केन्द्र र जसपा नेपालका सांसदहरूले मधेस प्रदेशसभामा ठूलो विरोध >> पाकिस्तानी सरकारले मन्त्रीहरूको तलबमा १८८ प्रतिशत वृद्धि  >> मलायम सुपरस्टारको फिल्मकाे कमाइ सलमानको ‘सिकन्दर’काे भन्दा बढी हुने >> जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ >> विकासको गतिमा देश अगाडि बढिसकेको छः प्रधानमन्त्री >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> प्रेस चौतारीको महाधिवेसन सुरू, प्रधानमन्त्री गएनन् >> प्रचण्ड काठमाडौँ फर्केपछि तीन दलका शीर्ष नेताबीच शान्ति प्रक्रिया बारे छलफलको तयारी >> काठमाडौँमा चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने >> सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गरायो >> ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्,बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ: देउवा >> राष्ट्रिय सभामा अध्यादेश प्रतिस्थापन विधेयकको नामलाई लिएर विवाद >> बुटवलमा १ सय ६९ ईरिक्सालाई संचालन अनुमतिपत्र >> उमेश राईलाई १७ औं धर्मश्रीको उपाधि >> वीरगञ्ज सुक्खा बन्दरगाहबाट भन्सार कार्यालयले ८ महिनामा ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन गर्यो >> प्रहरीद्धारा अबैध कुखुरासहित एक जना प्रक्राउ >> भक्तपुरमा कवाडी टिप्ने एक वृद्धको हत्या, अनुसन्धान गर्दै प्रहरी >> इजरायली हवाई आक्रमणमा हमास नेता सलाह अल–बर्दाविलको ज्यान गयो >> पृथ्वीमा पानीको उत्पति कहिले भयो ? नयाँ अनुसन्धानले गरायाे खुलासा >> सञ्चारकर्मी मिडियामा अडिरहने वातावरण बनाउनुपर्छ >> सुन र चाँदी दुवैको भाउ घट्यो >> लुम्बिनीमा किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड तालिम >> ५ लाख शरणार्थीलाई अमेरिकाबाट निष्कासन गरिने, ट्रम्प प्रशासनले अप्रिल २४ सम्म दियो म्याद >> कर्मचारी मिलन केन्द्रको वनभोज कार्यक्रम तथा साधारणसभा सम्पन्न >> श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाको अन्तरक्रिया >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एपीएफको विजयी शुरुवात >> नेकपा एसको रूपन्देही अधिवेशन शुरु ‘पुर्नउत्थानवादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप’ >> अर्घाखाँचीमा ९५ प्रतिशत किशोरीलाई खोप >> कागजमा सीमित आर्थिक रूपान्तरण >> विश्व मौसम दिवसः बढ्दै छ चुनौति >> नारायणगढ–बुटवल खण्ड बिस्तारः पूर्वी खण्डमा प्रगति, दाउन्नेमा सास्ती >> विश्व पानी दिवसमा अन्तरक्रिया >> डढेलो नियन्त्रणका लागि ३ तहका सरकारको समान दायित्व हुनुपर्ने >> प्रतिगामी चिन्तनविरुद्ध ‘कविता’ >> सुस्ता गाउँपालिकाको शीतभण्डारः एकातिर आँधी, अर्कोतिर झोलङ्गो >> आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने >> मेन्स सिंगल र डबलमा एपीएफलाई उपाधि >> आदिवासी जनजाति महासंघ कपिलवस्तुको अध्यक्षमा चौधरी >> मौसम प्रतिकुलका कारण पहिलो दिनको खेल प्रभावित, रोकिएको खेल आईतबार बिहान हुने >> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ

सन्दर्भः बालश्रम विरुद्धको विश्व दिवस

३० जेष्ठ २०८१, बुधबार
३० जेष्ठ २०८१, बुधबार

मानिसहरू आमाको गर्भबाट धर्तीमा अवतरण गरेपश्चात बयस्क नहुँदासम्म बालबालिकाहरूको रूपमा रहेका हुन्छन् । यो मानवीय विकासको महत्वपूर्ण समय हो । आजका बालबालिकाहरू कस्ता छन्, भोलीको समाज त्यस्तै बन्ने हो । बालबालिकाहरूलाई कहिलेबाट कामकाजमा लगाउने, काममा पनि आयआर्जन हुने काममा लगाउने वा लाग्ने कुरा बाल श्रमसँग जोडिएको हुन्छ । विश्वव्यापीरूपमा बालबालिका भन्नाले सामान्यतया जन्मदेखि १८ बर्षसम्मको उमेरका बालबालिकाहरूलाई बुझिन्छ । बयस्क नभएसम्म बालबालिकाहरूलाई श्रमिकको रूपमा काममा लगाउनु हुँदैन भनिएको छ । तर विश्वमा नै बालश्रमिकको अवस्था भयावह रूपमा रहेको छ । यो वा त्यो नाममा बालबालिकाहरूलाई श्रममा लगाउने प्रचलन कायम रहेको छ । सहरमा पढाइदिने लोभमा कति बालबालिकाहरूलाई अर्काका बालबालिका बृद्धवृद्धाहरूको स्याहार सुसार गर्न काममा लगाएको देखिन्छ । गाउँगाउँमा भने आमाबावुले आफ्नै दैनन्दिन आवश्यकता परिपूर्तीको लागि आफ्नै बालबालिकाहरूलाई काममा लगाएको अवस्था छ । ठूला मान्छेहरू स–साना काममा जान दुःख लागेर साना बालबालिकाहरूलाई काममा पठाउने गरेको देखिन्छ । खासगरी इटाभट्टा, कवाड संकलन, सडक तथा हाटबवार व्यापार, होटल, समाज सेन्टर लगायतका ठाउँमा र घरायसी सरसफाइको काममा बालबालिकाहरूलाई श्रमिकको रूपमा काममा लगाउने चलन व्यापक रहेको छ ।

नेपालमा १६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रामाणपत्र प्रदान गरिन्छ । नागरिकता प्राप्त गरिसके पश्चात उसलाई बयस्क मानिन्छ । निर्वाचन आयोगले १८ वर्षको उमेर पूरा गरिसकेपछिमात्र मतदानको अधिकार प्रदान गरेको छ । लोकसेवा आयोग, शिक्षक सेवा आयोग र अन्य यस्तै औपचारिक क्षेत्रमा रोजगारी प्रदान गर्ने सेवा प्रदायकले पनि १८ वर्षको उमेर पूरा गरेपछि मात्र औपचारिक श्रम बजारमा प्रवेश गर्न पाउने व्यवस्था गरेका छन् । यसै आधारबाट भन्न सकिन्छ औपचारिक श्रमिक हुन पाउने उमेर हद १८ वर्ष हो ।

बाल श्रम निषेध र नियमित गर्ने एन २०५६ ले कसैले पनि चौध वर्ष उमेर पूरा नगरेका बालकलाई श्रमिकको रूपमा काममा लगाउनु हुँदैन भनेको छ । कुनै प्रतिष्ठानले बालकलाई काममा लगाउनु परेमा सम्बन्धित श्रमिकको बाबु आमा वा श्रमिमको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । श्रममा लगाउनु परेमा काम गर्ने समय बालकलाई काममा लगाउँदा दिनमा छ घण्टा र एक सप्ताहमा छत्तिस घण्टा भन्दा बढी काममा लगाउनु हुँदैन भनेको छ । बालश्रम विरुद्धको अन्तराष्ट्रिय श्रम संगठनको महासन्धी र आइ.एल.ओ.का सबै मुलभूत महासन्धीको विश्वव्यापी अनुमोदनले बालश्रम उन्मूलनका लागि प्रभावकारी प्रगतिको सुनिश्चितता गर्नु पर्दछ भनेको छ । यसले बालश्रम विरुद्ध विश्वव्यापी अभियान निर्माण गर्ने कार्य गरेको छ । आइ.एल.ओ.को न्यूनतम उमेर सम्बन्धी महासन्धी १९७३ अनुसार सदस्य राष्ट्रले कुनैपनि व्यक्तिको रोजगारीमा संलग्न हुन पाउने न्यूनतम उमेर अनिवार्य शिक्षा समाप्त गर्ने उमेर भन्दा कम हुन नहुने गरी कानुनमा निर्दिष्ट गर्नुपर्ने छ र सो उमेर कुनैपनि अवस्थामा १ वर्ष भन्दा कम हुनु हुँदैन । तर अर्थतन्त्र र शैक्षिक सुविधा प्रयाप्त रूपमा विकास भइनसकेको सदस्य राष्ट्रले निश्चित सर्त पालना गरेरमात्र रोजगारीमा संलग्न हुन पाउने न्यूनतम उमेर १४ वर्ष तोक्न सक्नेछन् ।

निकृष्ट प्रकारको बालश्रम विरुद्ध आइ.एल.ओ. महासन्धी १९९९ को १८२ नं. ले निकृष्ट प्रकारका बालश्रमलाई प्रतिबन्धित गर्ने सुनिश्चितताका लागि तत्कालिन र प्रभावारी उपायलाई अत्यन्त जरुरी विषयको रूपमा अपनाउन आव्हान गरेको छ । निकृष्ट प्रकारका बालश्रममा सबै किसिमका दासत्व वा दासत्व समान व्यवहारका सबै स्वरूपहरू जस्तै बालबालिका ओसारपसार र बेचविखन ऋण बधुवा र बाँधा प्रथा साथै सशस्त्र द्वन्द्वमा प्रयोगका लागि बालबालिकाको बालजफ्ती वा अनिवार्य भर्ना लगायत बलपूर्वक लगाइएको वा अनिवार्य श्रम पर्दछ ।
वेश्यावृत्ति, अश्लिल चित्र प्रदर्शना लागि बालबालिकाको प्रयोग वा किनवेच, गैर कानुनी कृयाकलाप खासगरी सम्बन्धित अन्तराष्ट्रिय सन्धिहरूमा परिभाषा गरिए बमोजिमका लागुऔषधहरूको दुरूपयोग र ओसारपसारका निम्ति बालबालिकाहरूलाई प्रयोगगर्ने विषयसँग सम्बन्धित सवाल, राष्ट्रिय अख्तियार प्राप्त अधिकारीहरूले निर्णय गर्ने त्यस्तो कुनै पनि काम जसको प्रकृति वा सो काम गर्ने वातावरणका कारणले गर्दा बालबालिकाको स्वास्थ्य, सुरक्षा र नैतिकतामा दखल पर्ने संभावना रहन्छ । तर बास्तविक अवस्था त्यो भन्दा फरक छ । आमाबाबुको आर्थिक अवस्था कमजोर भएको कारणले बालबालिकाहरू श्रम शोषणमा परिरहेका छन् । कोभिडको कारण र विश्वव्यापि रूपमा आएको आर्थिक मन्दीले बाबुआमाको कामबाट निस्कासन वा अवकाश पश्चात दैनन्दिन क्रियाकलापमा बालबालिकाहरू श्रमिकको रूपमा प्रयोग भएको देखिन्छ । औपचारिक श्रमिकको रूपमा बालबालिकाहरू प्रयोग भएका छैनन् तर अनौपचारिक श्रमिकको रूपमा बालबालिकाहरू प्रयोग भइरहेका छन् । बजारी क्षेत्रमा घरायसी कामदारको रूपमा बालबालिकाहरू प्रयोग भइरहेका छन् । बालबालिकाको स्याहार गर्ने, गाउँका बालबालिकाहरूलाई सहरमा पढाइदिने, गाडीमा सहयोगीको रूपमा राख्ने, होटलहरूमा सरसफाइ कर्मचारीको रूपमा राख्ने जस्ता चलनले बालबालिकाहरू श्रम शोषणमा परिरहेका छन् ।

बाल अधिकारले बालबालिकाहरू जुनसुकै ठाउँमा जन्मेर हुर्के पनि उनीहरूको आधारभूत आवश्यकता माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउने कुराको वकालत गर्दछ । तर बालश्रममा परेका बालबालिकाहरू यस्ता नैसर्गिक अधिकारबाट बञ्चित भएका छन् । बालश्रममा परेका बालबालिकाहरूले बाल्यावस्थामा पाउनुपर्ने उचित वातावरण, स्याहार सम्मान, सहभागिताको कमीले भविष्यमा क्षमतावान मानव स्रोत बन्नबाट पछाडी परेका छन्  । अहिलेका बालबालिकाहरू राम्रा भएमा भोलिको समाज समुन्नत र समृद्ध हुनेछ । आफ्ना भावी सन्ततिको उज्वल भविष्यको निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिऊन् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको छ । यो सन्धि सन १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित गरिएको थियो । बालबालिकाको अधिकारका निम्ति पारित यो सन्धि राज्य राज्यहरूबीचको एक साझा कानुन हो । त्यसैले यो राज्य तथा अभिभावकले बुझ्नु महत्वपूर्ण हो ।

यस महासन्धिलाई नेपालले १४ सेप्टेम्बर १९९० मा निःशर्त अनुमोदन गरिसकेको छ । नेपालमापनि यस महासन्धिलाई अनुमोदन गरेपछि बालबालिका ऐन २०४८ लागू गरियो भने सो ऐनलाई संसोधन गरेर २०७५ मा बालबालिका सम्बन्धी ऐन लागू गरिएको छ । यो ऐन बाल अधिकार महासन्धि अन्तर्गत रहेको छ ।
र अन्यमा,

शारीरिक वा मानसिक तवरले परिपक्क मान्छेले गर्ने काम श्रम हो भने बालबालिकाले अपरिपक्क उमेरमा गर्ने शारीरिक वा मानसिक काम बाल श्रम हो । यसमा जुनसुकै प्रकारको रोजगारयुक्त काम जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ । स्कुल जान अवरोध पुग्दछ । मानसिक, सामाजिक र शारीरिक रूपमा बालबालिकाहरूलाई असर पु¥याउने नियमित कामहरूमा बालबालिका संलग्न हुन्छन् वा गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ । यसले भोलिको समाजलाई असर गर्दछ । बालबालिकाको लागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट बञ्चित गराउँदछ ।

बाल श्रमविरुद्धको विश्व दिवसको उद्देश्य बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्नु हो । प्रत्येक वर्ष १२ जुनमा यो दिवस मनाउने गरिन्छ । विगतका वर्षहरूमा जस्तै यसले सरकार, रोजगारदाता र श्रमिक संगठनहरू, नागरिक समाजका साथै विश्वभरका करोडौँ मानिसहरूलाई बाल श्रमिकहरूको दर्दनाक अवस्था, यसले भविष्यमा पार्ने असर, उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर यो दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले सन् २००२ देखि यो दिवस मनाउन थालेको हो । यस वर्षको नारा बाल श्रम अन्त्यको लागि सँगसँगै प्रतिवद्धता गरौँ भन्ने रहेको छ । यस नाराले भन्न खोजेको कुरा व्यवहारमा उतार्न सकियोस । कहिँ कतै बाल श्रमिकहरू देख्न नपरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?