ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

विद्यालयमा सामग्री पाएपछि खुशी

३० जेष्ठ २०८१, बुधबार
३० जेष्ठ २०८१, बुधबार

बुटवल, ३० जेठ । सृष्टी रम्जाली बुटवलको प्रगती माध्यमिक विद्यालयको कक्षा ४ पढ्छिन् । मंगलबार दिदीसँगै सेतोगुराँस बालविकास सेवा केन्द्रबाट झोला भरी कापी, कलम, जुत्ता, स्कुल पोसाक पाए पछि दङ्ग परेकी छिन् । विद्यालयमा शिक्षकले जाने भने पछि त्यहाँ आएकी उनलाई यति धेरै पढ्न सामग्री पाउँछु भन्नै साेंच नै थिएन । उनी भन्छिन्–यति साम्रगी पाए पछि त एक वर्ष पढ्नलाई तनाव नै नहुनी भयो । उनका बुवा आमा विहान साँझको छाक कटाउन संघर्ष गरिरहेको अवस्था छ । भनेको बेलामा कापी किताव किन्न समस्या छ घरमा । उनी भन्छिन् बुवा आमाले बुटवलको फूलबारीमा सानो पसल गर्नु भएको छ । थोरै आम्दानी छ त्यसैलाई मिलाएर पढ्ने हो ।

उजीरसिंह माध्यमिक विद्यालयमा पढ्ने पुजा बुढाको अनुभव पनि उस्तै छ । बजारमा चुक बेसार बेच्ने बुवा आमा भनेको बेलामा थोरै पैसाले पनि कापी कलम किन्न सकिदैन । आज एकै पटकमा यति धेरै पढ्ने सामान पाउँदा खुशीको सिमा नै छैन । बुढा भन्छिन्–‘विद्यालय जाने हो कहिले किताब हुन्न, कहिले कापी कहिले कलम यो त दिनहँु हुने समस्या हो । यो पाली यसरी एकमुष्ट यति धेरै सामान पाउँदा मलाई सपना जस्तै लागेको छ । छोरी सँगै आएकी आमा धनिकला बुढाले सन्तानलाई राम्रो बनाउने रहर त हुन्छ नि तर धेरै समस्या छ । आम्दानी गर्ने राम्रो स्रोत छैन । त्यसैले हाट बजारमा गाँउबाट ल्याएको चुक, बेसार बेच्ने हो मैले र श्रीमानले त्यसैबाट खाने, लगाउने, स्वास्थ्य उपचार गर्ने सबै हो त्यसैले पनि सन्तानलाई विद्यालयमा सबै पु¥याउन समस्या छ । यसरी सहयोग पाउँदा सन्तानलाई पढाउन हौसला मिल्छ ।

आयुश कुर्मी प्रगती माध्यमिक विद्यालयका विद्यार्थी हुन् । उनी भन्छिन् सामान पाउना साथ के के रहेछ भनेर झोला खोलेर हेर्दा त मेरो खुशीको सिमा नै रहेन । कापी कलम जुत्ता ड्रेस पाए पछि उनी खुशी हुदै अब विद्यालयमा टेनसन नहुनी भयो भन्दै मख्ख पर्ने आमालाई हेरिरहेका थिए । कुर्मीकी आमा भन्छिन् हाम्रो आर्थिक अवस्था कमजोर छ । यसरी सहयोग पाए त छोरालई पढाउन सहयोग हुन्छ कहिले काही छ एउटा कापी किन्ने नि पैसा हुदैन । उजुरसिंह माध्यमिक विद्यालयमा पढ्ने निर्मल सार्कीलाई पनि मंगलवार अरू दिन भन्दा धेरै खुशी लागेको छ । विद्यालय पोसाक कापी, कलम, जुत्ता लगायतका सामान पाउदा उनी दङ्ग छन् । कक्षा ५ मा पढ्ने सार्कीलाई कापी किताव नहुदा विद्यालय जान नै मन लाग्ने गरेको बताए । यो वर्ष त डे«स जुत्ता कापी कलम सबे सामा्रगी भए पछि पढ्न पनि आन्नद लाग्ने भयो ।

समिक्षा परियार प्रगति माध्यमिक विद्यालयको कक्षा २ मा पढ्छिन । विद्यालय साम्रगी भए पछि उनी निकै खुशी छिन् आमा संगिता परियारले आर्थिक अवस्था कमजोर छ हाम्रो छोरा छोरी पढाउन गाह्रो छ । दिन दिनै कमाउने खाने र बच्चा पढाउने हो । कहिले काही त विद्यालयमा चाहिने कापी किताव नि पु¥याउन नसक्दा दुख लाग्छ । ज्याला मजदुरीले घर धान्ने गाह्रो छ उनी भन्छिन् ।

मंगलबार सेतो गुरास बालविकास सेवाकेन्द्र र किडासले विश्व बालश्रमका विरुद्धको दिवस पारेर बुटवल उपमहानगर पािलका भित्र रहेका २३ सामुदायिक विद्यालयका आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरूलाई शौक्षिक साम्रगी वितरण गरेको छ ।

शौक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै सेतो गुरास बाल विकास सेव केन्द्रका प्रमुख सुमित्रा शर्माले बालबालिकाहरूलाई एक वर्षलाई पुग्ने शौक्षिक साम्रगीले वर्ष दिनभरी बालबालिकालाई अध्यन्नमा सहज हुने र साम्रगी अभावमा हुने मानसिक तनावबाट विद्यार्थी अभिभावक र विद्यालयलाई पनि कम हुने बताईन । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपािलका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सरकारले गर्न पर्ने संस्थाले गरेको भन्दै आगामी दिनमा पनि यस्तै सामाजिक काम गर्नुपर्ने र त्यसका लागि आफुले सरकारका तर्फबाट गर्ने सहगोग गर्ने प्रतिवद्धता व्यतm गरे । कार्यक्रममा बुटवल उपमहानगरपािलका भित्र रहेका २३ सामुदायिक विद्यालय २ सय ५८ जना बालबालिकाले शौक्षिक साम्रगी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?