ट्रेंडिंग:

>> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

विकास र समृद्धिको आधारः पर्यटन र कृषिको पूर्वाधार

२९ जेष्ठ २०८१, मंगलवार
२९ जेष्ठ २०८१, मंगलवार

कपिलवस्तु नामाकरणका सम्वन्धमा पादान्त जनविश्वास अनुसार प्राचिन कालमा कौशल देशका राजा अंशकोकका सन्तानहरू उत्तर पट्टी छौडिदा घुम्दै कपिल मुनी ऋषिको आश्रममा पुगे । उनीहरूले आफ्नो वृतान्त उल्लेख गरेपछि ऋषिले नजिकको जंगल (सालको) फाँडी बसोबास गर्ने सल्लाह दिए अनुसार कालान्तरमा घना बस्ती हुन गएको र र कपिवस्थ हुँदै कपिलवस्तु नामाकरण हुन गयो । पूर्वमा रूपन्देही, उत्तरमा अर्घाखाँची, दक्षिणमा भारतको उत्तर प्रदेश तथा पश्चिममा दाङ जिल्ला पर्दछ । प्राचीन महत्वको हिसावले गौतमबुद्धको राजदरबार भएको तिलौराकोट पनि यसै यस जिल्लामा पर्दछ । यस जिल्लाको क्षेत्रफल १६५१.१७ वर्ग कि.मि. रहेको छ । हाम्रो देश नेपाल प्रकृतिको सुन्दर उपहार भनिन्छ । नेपाललाई चिनाउने दुई विशेषतामध्ये एक महापुरुष गौतमबुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तु भएका कारण कपिलवस्तु जिल्ला नेपालका सम्पूर्ण जिल्लाहरूमध्ये महत्वपूर्ण मानिएको छ । यहाँको भौगोलिक विविधता र साँस्कृतिक सौन्दर्यले विश्व समुदायलाई आश्चर्य चकित पारेको छ ।

यहाँ धार्मिक सम्पदाहरू शिवगढी मन्दिरमा केवलकार जोड्न सके सोनवागढ मन्दिर, उमरी गुफा, शिवालय, धानखोला, सुरही खोलामा तातोपानी कृत्रिम ताल, जगदीशपुर तौलेश्वर विशाल मन्दिर, तौलिहवा कुदान क्षेत्र, गौतमबुद्ध संग्रहालय, पुरानो सदरमुकाम बहादुरगञ्ज आँखा अस्पताल, चन्द्रौटा दुर्गा मन्दिर, कणेश्वरी मन्दिर, जामे मस्जिद मदरसा, सुपादेउराली, समयथान, स्वर्गद्धारी आश्रम तथा उद्योगधन्दा, कल कारखाना, करिडोर क्षेत्र, व्यापारीक दृष्टिकोणबाट बुटवल, कृष्णनगर, प्रदेश राजधानी भालुबाङ–ट्रान्जिट पाृइन्ट चन्द्रौटा भएका कारण पनि चन्द्रौटालाई सानो बुटवल भन्न सकिन्छ । सुरक्षाको हिसावमा प्रदेशको मुख्यालय सशस्त्र बल, वडा प्रहरी कार्यालय, शिक्षा क्षेत्रमा दुईवटा नमुना विद्यालय माध्यमिक विद्यालयहरू र बोर्डिङ स्कूलहरू रहेको अवस्था छ । पर्यटकहरूको लागि २० कि.मि. को विदेशी नाकादेखि आउने पर्यटकहरूको लागि सुविधा सम्पन्न लुम्बिनी ग्रिन रिसोर्ट सिद्धार्थ क्यासिनो भएका कारण कुनै असुविधा छैन् । हामी समृद्ध सुखी बन्न सके अनगिन्ती संभावनाका बीचमा छाँै । तर किन सधँै रोग, भोक, गरिबी र पछौटेपनबाट हामी मुक्त हुन सकेनौँ ? हामी किन विश्व समुदायका सामु अविकसित र गरिब राष्ट्रहरूको सूचीको अगाडीको नम्वरमा देखिन्छौँ । गरिबी हटाउन र देश समृद्ध बनाउने नाममा १०÷१५ बर्ष भित्र धेरै नयाँ नयाँ राजनीतिक व्यवस्था बदल्ने व्यायामहरू पनि ग¥यौँ । तर देश र जनताको आर्थिक अवस्था र राष्ट्रिय स्वाभिमानले कहिल्यै ठाडो शिर पाएन । ओठे राष्ट्रवाद र नारामा सिमित समृद्धिका कर्कट आवाजबाट जनतालाई झुक्याउने प्रपंच भयो । हाम्रो देश समृद्ध तुल्याउने जिम्मेवारी हामी सबैको हो । आपm्नो देशमा उपलब्ध स्रोत साधनको समुचित उपयोगबाट मात्र देश साँच्चै नै समृद्ध बन्न सक्छ । अन्यथा बाहिरियाले दिएको अनुदान र सिकाएको बुद्धि दीर्घकालीन हुन सक्दैन । हाम्रो देश समृद्धि तुल्याउन सक्ने सामु धेरै सम्भावना र अवसरहरू छन् तथापी यस आलेखमा मैले कृषि र पर्यटनलाई प्राथमिकतामा राखी संक्षिप्त चर्चा गर्न चाहेको छु ।

कृषि हाम्रो परम्परागत पेशा हो । यस क्षेत्रमा ठूलो जनशक्ति संलग्न छ । केही समयमा ९४% सम्म शक्ति कृषि पेशामा निर्भर थियो । हाल यो अवस्था थोरै परिवर्तन भएको छ । आज पनि ८०% आसपासमा देशको जनशक्ति कृषिमा निर्भर छ । यसले कृषि देशको मेरुदण्ड (अर्थतन्त्र) हो भन्ने स्पष्ट देखाउँछ । यति ठूलो जनशक्ति संलग्न क्षेत्रको अवस्थातिर दृष्टि दिनुपर्छ । विदेशबाट आयात गर्नुपर्ने मल र बीउका भरमा खेति गर्नुपर्ने बाध्यताले कहिले कृषकले समयमा मल बीउ पाउन सकेका छैनन । यहाँका कृषकहरूको खेतीबारीमा विदेशी मल बीउ व्यापारीका प्रयोगशाला बनेका छन् । धान रोप्छन पैसा पाउँदैनन, मकै रोप्छन दाना लाग्दैन । हाम्रा आपm्ना अन्नबाली लोप भएर बीउका लागि अन्तर्राष्ट्रिय व्यापारीको मुख ताकेर बस्नु परेको अवस्था छ । कृषिलाई व्यावसायीकरण गर्न राज्यको चासो छैन । खास कृषकहरू राज्यबाट टाढा पारिएका छन् । कृषकको नाममा उपलब्ध गराइने अनुदान कार्यकर्तामुखी हुँदा एकातिर खास कृषक उदासी बन्नुपरेको छ भने अर्को तर्फ राष्ट्रिय अर्थराशीको दुरूपयोग भएको छ ।

हाल कृषिमा सबैभन्दा ठूलो र डरलाग्दो समस्या भनेको खेतियोग्य जमिनको खण्डीकरण हो । जग्गा व्यवसायका नाममा भइरहेको जमिन खण्डीकरणले अबको केही बर्षभित्रै देशको सबै खेतियोग्य मरुभूमिमा परिणत भईसक्नेछ । अहिलेसम्म राज्यसँग उपयोगी नीति नै छैन् । कहाँ बस्ती बसाल्ने, कहाँ उद्योग स्थापना गर्ने र कहाँ कृषि व्यवसाय गर्ने भन्ने कुराको कुनै ठोस योजना छैन् । समयको यहि अन्धकार अवसरमा महाभारत र चुरे भत्काउने तथा त्यहिको गिट्टी, बालुवाले खेतियोग्य जमिन पाटने कार्य दिन दुई गुना, रात चौगुनाका हिसाबले भइरहेको छ । यो व्यवसायमा लागेका वर्ग नव धनाढ्यका रूपमा उपस्थित भइरहेको छ । यो वर्गको आम्दानीमा कर लिनेतर्फ राज्यको पहुँच पनि छैन् । खेतियोग्य जमिन यसरी सकिएको दिन हामीसँग खेति गर्ने जमिन हुने छैन । जमिनमा सिँचाई गर्ने पानीको स्रोत रहने छैन् । महाभारत र चुरे रहने छैनन् भने आज विश्वमा कार्वन व्यापार गरेर बाँच्नुपर्ने अवस्थामा पुग्नेछौँ ।
कृषि हाम्रो सबैभन्दा सहज समृद्धिको आधार हो । तर यसतर्फ हाम्रो ध्यान नजाँदा हामी चामल, मकै, दाल, तेल, तरकारी सबै आयात गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यो क्षेत्रले देशलाई पाल्ने मात्र नभई निर्यात गरेर देश विकासका लागि आवश्यक अर्थ सञ्चय गर्न सक्छ । पर्यटन समृद्धिको दोस्रो महात्वपूर्ण आधार हो । हामीसँग उपलब्ध प्राकृतिक सम्पदा र प्रचलित साँस्कृतिक सम्पदाहरू नै हाम्रो देशका मुख्य आधार हुन् । हाम्रा धार्मिक तथा पर्यटक र साहसिक पर्यटक भित्र पर्ने जनकपुर, पशुपतिनाथ, लुम्बिनी, सगरमाथा जस्ता सम्पदाहरूप्रति विश्व समुदाय नतमस्तक छ । रारा, फोक्सुन्डो, फेवा, ढोरपाटन जस्ता प्राकृतिक सम्पदा तथा जातीय साँस्कृतिक सम्पदाको हाम्रो देश खुला संग्रहालय नै हो । सांस्कृतिक र पर्यटन सम्बन्धि सम्पदा जति बेच्यो उति बढ्छ । यस क्षेत्रमा लगानी बिना नै कमाउने व्यवसाय हो । पर्यटन व्यवसाय शान्ति, सुरक्षा र मिठो मुस्कानको पर्यटक मैत्री व्यवसायले प्रवद्र्धन हुनसक्छ । पर्यटन व्यवसायलाई सहज बनाउने र प्रत्येक आयआर्जनसँग यातायात, सञ्चार, होटेल व्यवासय जस्ता क्षेत्रलाई पर्यटन मैत्री वातावरण निर्माणमा लाग्नुपर्ने देखिन्छ । वर्तमानमा पर्यटन व्यवसायमा कृषि, शिक्षा, खेल, स्वास्थ्य जस्ता क्षेत्रहरू पनि जोडिएर आएका छन् । नेपाल कृषि प्रदान देश भएकोले कृषि व्यवसायको प्रवद्र्धनसँगै कृषि पर्यटनको समेत प्रवद्र्धन हुन्छ । यसभित्र पशुपन्क्षी, माछा पालन र माहुरी पालनहरूले थप आर्कषण थप्छन् । यहाँका ताल तलैया, नदी, सिमसार, लेक चट्टान, याफटिङ, डुंगाविहार, प्याराग्लाईडिङ जस्ता खेलहरूका साथसाथै जैविक विविधता अध्ययन र संरक्षणका दृष्टिले महत्वपूर्ण मानिन्छ ।

यी सबै सम्पदाहरूको सुनिश्चित उपयोग गर्नसके पर्यटन हाम्रो समृद्धिमा सबैभन्दा सहज माध्यम बन्न सक्छ । पर्यटन क्षेत्रबाट अपेक्षित आयआर्जन गर्न नसकिनुमा होटेल र यातायात बाहेक अन्यतिर गैरसरकारी क्षेत्रको उत्साहप्रद सहभागिता नरहनु पनि हो । राज्यको पर्यटनमा गैरसरकारी क्षेत्रलाई आकर्षित गर्न नीति बनाउनु जरुरी छ । कृषि र पर्यटन हाम्रो सम्बृद्धिका मुख्य आधार हुन् । यिनको विकास र प्रर्वद्धन गर्न सरकारी क्षेत्रले समयमै योजना निर्माण गरी कार्यक्षेत्रमा लाग्नु जरुरी छ । यदि देश सम्बृद्ध भएमा प्रदेश सम्बृद्ध हुनेछ । प्रदेश सम्बृद्ध भए जिल्ला सम्बृद्ध, जिल्ला सम्बृद्ध भए नगर सम्बृद्ध र वडा सम्बृद्ध हुनेछ । वडा सम्बृद्ध भए टोल सम्बृद्ध हुनेछ । टोल सम्बृद्ध भए हामी सबै सम्बृद्ध हुनेछौँ । अन्यथा सम्बृद्धिको हाम्रो चाहना स्वानतुल्य कल्पनामा सिमित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

34% 34% 34% 0%