ट्रेंडिंग:

>> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण

पर्यटकलाई प्रकृति र संस्कृतिसँग रमाउने प्याकेज बनाउन सुझाव

लुम्बिनी प्रदेशमा साना तथा मझौला होटल ब्यवस्थापन तालिम शुरु, प्रदेशका विभिन्न जिल्लाका ब्यवसायीहरुलाई पर्यटन, बजारीकरण र डिजिटल मार्केटिङ विषयमा प्रशिक्षण दिईने
२८ जेष्ठ २०८१, सोमबार
२८ जेष्ठ २०८१, सोमबार

बुटवल, २८ जेठ ।

प्राकृतिक सम्पदामा धनी लुम्बिनी प्रदेशका पर्यटकीय गन्त्ब्य पहिचान गरी प्याकेज बनाउनुपर्ने पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले सुझाव दिएका छन् । भारतीय सिमा हँुदै ९२ प्रतिशत पर्यटक नेपाल भित्रिने गरेको भन्दै उनले ती पर्यटकलाई भुलाउने गरी प्रकृति र संस्कृतिमैत्री प्याकेज बनाउन आग्रह गरे । ‘थोरै प्रतिशत पर्यटकलाई भुलाउन सके यहाँका ब्यवसायीहरुलाई आर्थिक लाभ मिल्छ‘— उनले भने ।

लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय पर्यटन विकास परिषदको सहयोगमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा आईतबारदेखि शुरु भएको एक हप्ते साना तथा मझौला होटल ब्यवस्थापन तालिम उद्घाटन गर्दै होटलमा बस्न र खानलाई मात्र अब पर्यटक नआउने उनले दाबी गरे । ‘संस्कृति र प्रकृतिलाई बजारीकरण गर्न जरुरी रहेको छ’—उनले भने । रुपन्देहीमा पनि विभिन्न जातजातीका संस्कृतिका नाच प्रवद्र्घन गरी तालिमहरु संचालन गरेर यसलाई संस्कृति नाच देखाउने शुरुवात अघि बढाउन सकिने बताए । ‘प्रत्येक शुक्रबार साँझ रात्रीकालिन बजारसंगै सास्कृतिक नाच देखाउन सकिन्छ’—उनले भने । लुम्बिनी बौद्ध विश्वविद्यालय र नाथमको सहकार्यमा परिषदले पाठ्यक्रम तयार पारेको उनले बताए ।

तालिममा पर्यटन के हो, रैथाने खानाको परिकार, खानाको पौष्टिक तत्व, स्टोर, डिजिटल मार्केटिङ जस्ता कोर्षहरुको बारेमा ज्ञान दिईने उनले बताए । भारतको सिमा हुँदै भित्रिने पर्यटकहरुलाई अहिले पहिलो चरणमा बुटवलका १२ वटा गन्तब्यमा भुलाउने गरी कार्यक्रम तयार भएको उनले बताए । गन्त्ब्यका बारेमा होटलहरुमा जानकारीमुलक फोटो, दुरीका बारेमा प्रचार गरिने उनले बताए । यसैगरी स्थानिय किसानका उत्पादनलाई प्रोत्साहन हुने र खपत गराउने गरी सहकार्यका कामलाई अघि बढाउन उनले आग्रह गरे । परिषदबाट दिईने तालिमसंगै अनिवार्य ओजिटि समेत जोड्ने तयारी गरिएको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले पर्यटन ब्यवसायीहरुलाई संस्थागत रुपमा एकतावद्ध गर्दै ब्यक्तिगत क्षमता विकास र स्तरोन्नतीलाई जोड दिने गरी कार्यक्रम अघि बढाएको बताए । होटल ब्यवसायमा सिक्ने र विदेशिने प्रवृत्ति ठुलो रहेको भन्दै यसलाई रोक्न जरुरी रहेको बताए । ‘पर्यटन उद्योगमा दक्ष जनशक्तिको ठुलो अभाव छ’—उनले भने ।

पर्यटन प्रवर्द्धनसंगै होटल ब्यवसायलाई प्रोत्साहन हुने गरी योजना ल्याउन उनले सरकारसँग आग्रह गरे ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट महासंघ नेपालका निवर्तमान अध्यक्ष हिराध्वज शाहले ब्यवसायको क्षमता विकास गर्न तालिम, गोष्ठीको महत्व हुने बताए । साना तथा मझौला होटल ब्यवसायहरु आफ्नो पहिचानको लागि बि.सं २०६७ सालमा संगठित भएर अघि बढेको उनले बताए । अहिले ७७ जिल्लामा विस्तार गरी पहिचान दिन सफल भएको र अब संगठित भएर पर्यटन विकासका योजनालाई अघि बढेको बताए । ईको टुरिजममा जोड दिनसके नेपालमा राम्रो सम्भावना रहेको उनले बताए । चालू पुजीलाई धितो मान्ने गरी ऋणको ब्यवस्था गर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले पर्यटन उद्योग एकमात्र विश्वब्यापी पेशा भएको बताए । जुनसुकै मुलुकमा यो आवश्यकता र आकर्षक मानिने पेशामा माग अनुसार दक्ष जनशक्ति उत्पादनमा जोड दिन थालेको उनले बताए

कार्यक्रममा परिषदकी अधिकृत लक्ष्मी पौडेल अर्यालले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि गर्न सकिने सम्भावनालाई मध्यनजर गरी प्रदेशमा छरिएर रहेका पर्यटन ब्यवसायीलाई तालिममा जोड दिएको बताईन । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा लोकल टुर गाईड, नेचर गाईड, होम स्टे तालिम, होटल ब्यवस्थापन तालिम गरिएको उनले बताईन । पर्यटकलाई दिईने आतिथ्यताबाट गुणास्तरिय पर्यटनको पहिचान मिल्ने भन्दै डिजिटल मार्केटिङमार्फत पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई अघि बढाईएको बताईन् ।

कार्यक्रममा संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष टंक प्रसाद पाण्डे, महासचिव अर्जुन थापा, पर्यटन विकास परिषदकी मार्केटिङ अधिकृत सुमित्रा चौधरी, प्रशिक्षक धिरन राकस मगरले तालिमका सिकाईलाई ब्यवहारमा लागु गर्ने गरी लाग्नुपर्ने बताए । तालिममा रुपन्देही जिल्लाका ४० जना ब्यवसायीहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?