ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

गुल्मीको पर्यटन प्रवद्र्धनमा बुटवलका व्यवसायी

२७ जेष्ठ २०८१, आईतवार
२७ जेष्ठ २०८१, आईतवार

गुल्मी, २७ जेठ ।

बुटवलका व्यवसायीले गुल्मीको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने भएका छन् । उद्योग ब्यापार संघ बुटवलको एक टोलीले गुल्मी उद्योग बाणिज्य संघ र रेसुंगा नगरपालिकासंग भेटघाट गरी गुल्मीको पर्यटन प्रवद्र्धनमा आफूहरुको साथ र सहकार्य रहने बताएका हुन् ।

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी र गुल्मी उद्योग बाणिज्य संघका पदाधिकारीसंगको छलफलमा उद्योग ब्यापार संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संस्थाको वार्षिक कार्यक्रम अनुसार संघ संस्था भेटघाट र आन्तरिक पर्यटन प्रवद्र्धन अन्तर्गत रेसुंगा तपोभूमि लगायतका स्थानको अवलोकन भ्रमण गरिएको बताए । अध्यक्ष पाण्डेले आफ्नो संस्थाले विशेष गरी साना मझौला उद्योगी व्यवसायीका हकहितलाई प्राथमिकतामा राखेर आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा राष्ट्रिय पुंजीको विकासमा जोड दिएको बताए ।

अध्यक्ष पाण्डेले कोरोना महामारीको असर अर्थतन्त्रमा अहिलेसम्म रहेपनि अब सुधार हुनेमा आशावादी बन्न आग्रह गर्दै रेसुंगा नगरपालिका र गुल्मी उद्योग बाणिज्य संघसंग संस्थागत सहकार्यलाई निरन्तरता दिइने बताए ।

रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले निजी क्षेत्रको साथ र सहकार्यले मात्रै समग्र देशको विकास हुने बताए । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बुटवल व्यवसायको हब भएको र गुल्मी धार्मिक पर्यटनको हब भएकाले व्यवसाय र पर्यटनमा सहकार्य जरुरी रहेको बताए । दुबै संस्थासंगको छलफलमा उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी, महिला उपाध्यक्ष अन्जु पाण्डे, महासचिव यमलाल मरासिनी, सचिव एवं कार्यक्रम संयोजक कोशलराज भण्डारी लगायत सदस्यहरुले समेत आआफ्ना धारणा राखेका थिए । उद्योग व्यापार संघको टोलीले रेसुंगा तपोभूमि, रेसुंगा पार्क भ्रमण गरी आर्थिक सहयोग समेत गरेको र रेसुंगा होम स्टेमा बास बसेर ग्रामीण पर्यटन प्रवद्र्धन गरेको संघका महासचिव यमलाल मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%