ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
पिएम कप एनभिए वुमन/मेन्स भलिबल लिग २०८१

शिर्ष स्थानमा एभरेष्ट

२३ जेष्ठ २०८१, बुधबार
२३ जेष्ठ २०८१, बुधबार

बुटवल, २३ जेठ । काठमाण्डौमा जारी पिएम कप एनभिए वुमन/मेन्स भलिबल लिग २०८१ मा मोफसलको एभरेष्ट भलिबल क्लब उपाधि दाउमा छ । यसअघि सम्पन्न आठौँ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा विजेता बन्दै लिगमा सहभागिता जनाएको एभरेष्ट ३ खेलमा अपराजित हुदै अंक तालिकाको शिर्षस्थानमा रहेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा मंगलबार भएको तेस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डलाई ३—० को सोझो सेटमा पराजित गर्दै एभरेष्ट शिर्षस्थानमा कायम रहेको हो । पहिलो खेलमा कर्णाली खेलकुद विकास परिषद र दोस्रो खेलमा विभागिय त्रिभुवन आर्मी क्लबलाई एभरेष्टले पराजित गरेको हो । लिगमा अब एभरेष्टले दुई खेल खेल्न बाकी छ । एभरेष्टले विहिबार विभागिय टिम एपीएफ क्लब र शुक्रबार नेपाल पुलिस क्लबसंग सामना गर्ने छ ।

नेपालको राष्ट्रिय टिमको क्याप्टेन अरुणा शाहीसहित भारतिय टिमका ३ खेलाडीको साथ मैदानमा उत्रेको एभरेष्ट उपाधि दाबेदारको रुपमा हेरिएको छ । भारतको राष्ट्रिय टिमका ३ जना खेलाडीहरु सालिनी साराभान, सुर्या एस, केपि अनुश्रीसहित युवा खेलाडीहरु निशा चौधरी, आरती चौधरी, अनुषा चौधरी, मिना सुनार, हस्ती थारु, यमकली कवर (मगर), रितु पुन, मिना केसी छन । टिमका मुख्य प्रशिक्षक अर्जुन घिमिरेले अनुभवी र युवा खेलाडी टिममा रहेका कारण उपाधिमा दाबेदारी रहेको बताए । लगातार जितसंगै टिममा मनोबल उच्च बनेको उनले बताए । मोफसलबाट प्रतिनिधित्व गरेर राम्रो नतिजा ल्याउन सफल भएको उनले बताए । टिम राम्रो बनाउन धेरै मेहनत भएको ब्यवस्थापक मुकेश कुवरले बताए ।

एभरेष्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली खेलकुद विकास परिषद गरि ६ टिमले प्रतिस्प्रर्धा गर्दैछन । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टिमले नगद दुई लाख रुपैयाँ पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?