ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
विश्व वातावरण दिवस विशेष

प्रकृति पुनस्र्थापनाको लागि जुट्ने समय

२३ जेष्ठ २०८१, बुधबार
२३ जेष्ठ २०८१, बुधबार

गत वर्षको मनसुन सकिएपछि अहिलेसम्म राम्रोसंग पानी पर्न सकेको छैन । हिउदे वर्षा न्यून भएपछि खेतीपातीमा निकै ठूलो असर पुग्यो । वर्षाको कमीले गर्दा वनजंगल सुख्खा भएकोले यो वर्ष विगतमा भन्दा धेरै डढेलोका घटनाहरू भए र यसबाट वनजंगलमा मात्र नभएर वस्तीमा समेत ठूलो क्षति हुन पुग्यो । डढेलो लाग्नेक्रम बर्खा लाग्न शुरु हुँदासम्म पनि रोकिएको छैन । यसपाली नै गर्मीले विगतका रेकर्ड ब्रेक गरेको देखियो । तराईका कतिपय ठाउमा ४४ डिग्री सेल्सियस सम्म तापक्रम रेकर्ड भए । गर्मी बढेपछि केही मानिसहरूले प्रकृतिमाथि मानिसले गरेको अत्याचारको चर्चा गर्न थालेका छन् । विकासको नाममा गरिएको प्रकृति विनासले निम्त्याएका जलवायु परिवर्तनजन्य समस्याहरू जस्तै सुख्खा, खडेरी, अति गर्मी, अतिवृष्टि, अनावृष्टि, प्राकृतिक प्रकोपदेखि पानीको अभाव, जैविक विविधता विनास, कृषि उत्पादनमा ह्रास जस्ता समस्याहरू बढ्दै गएकोले विश्वभर चिन्ता थपिएको छ । अहिलेको बदलिँदो प्राकृतिक चक्रलाई हेर्दा केही दशकपछि मानव जातिकै अस्तित्व के होला भन्ने साँेच्न बाध्य बनाएको छ ।
प्रकृतिसंग मानव जातिको अटुट र अपरिहार्य नाता छ । हाम्रा गास, बास, कपास देखि विकास र सुख सुविधा प्रकृतिमा नै निर्भर रहेको छ । मानिसहरू बिलासी र आधुनिक बन्दै जाँदा प्रकृतिसंगको मानिसको नाता स्वार्थि र कपटपूर्ण बन्दै गएको छ । स्वार्थको लागि प्रकृतिको विरुद्ध जाने गतिविधिले गर्दा प्राकृतिक श्रोत साधनमा अन्त्यधिक चाप पर्न गई त्यस्ता श्रोत साधनहरू तीव्र रूपमा विनाश भैरहेका छन् । मानिससँग निकट सम्बन्ध रहेका जल, जमिन र जंगलमा भैरहेको दोहनले जैविक विविधताको विनास, पारिस्थितिक प्रणालीमा खलल पुगेको मात्र छैन, मानिस स्वयम्लाई नै बाँच्न कठिन भैरहेको छ । अहिले मानिसहरू शहर छोडेर गाउँतर्फ लाग्नुलाई समस्या समाधानको उपाय देखिरहेका छन्, किनकि त्यहाँ अझैपनि प्रकृति कम विचलित छ । अहिलेसम्म तुलनात्मक रूपमा ग्रामिण क्षेत्रको प्रकृति केहि सन्तुलित देखिएपनि गाउँमा भैरहेका अन्ध विकासका अभ्यास र आधुनिकताले गाउँ र छेउछाउको प्रकृति पनि धेरै दिनसम्म सुरक्षित र सन्तुलित रहनेछैन, त्यसपछि पृथ्वी र मानव जातिको भविष्य के होला ? प्रकृतिलाई सन्तुलित राख्न जैविक विविधताको सबैभन्दा ठुलो भूमिका रहन्छ । जीवजन्तु र वनस्पतिले विकसित प्रणाली र त्यसको प्रयोगले अहिलेका मानिसका आवश्यकताहरू परिपूर्ति भैरहेको छ । पृथ्वी र मानिसलाई जीवित राख्ने यी जैविक विविधताहरू अहिले तीव्र विनासको चपेटामा परेका छन् । वैज्ञानिकहरूका अनुसार पछिल्लो दशकमा मात्र दश लाख वनस्पति र जीव प्रजातिहरू लोप भएका वा हुने क्रममा छन् । यो समस्याबाट नेपाल पनि अछुतो रहन सकेको छैन । जैविक विविधताको दृष्टिले विश्वमा २५ औं र एशियामा ११ औ स्थानमा रहेको नेपालमा पछिल्ला वर्षहरूमा प्रत्यक्ष देखिनेगरी जीवजन्तु र वनस्पतिका प्रजातिहरू लोप भैरहेका छन् । रैथाने कृषि बालीहरू मासिएका छन्, वन्यजन्तुको संख्या दिनहँु ओरालो लागिरहेको छ, अनावश्यक जीव र वनस्पतिको संख्या बढिरहेको छ । अत्यावश्यक जडिबुटीको लागि समेत विदेशको भर पर्नुपर्ने भएको छ र पछिल्ला दिनहरूमा मानव–वन्यजन्तु द्वन्द्वका घटनाहरू समेत बढिरहेका छन् । अविवेकी विकास निर्माण कार्यले गर्दा पृथ्वीको आकृति र वनावटमा परिवर्तन आएको छ. धर्तिको दोहन र वन तथा जलाधार क्षेत्रको विनाशको कारण विस्वभर मरुभूमिकरणको खतरा बढिरहेको छ । नेपाल जस्तो कृषि र वनमा आश्रित समाजको लागि यो राम्रो संकेत हैन ।
जिओ–६ र अन्य रिपोर्टहरूले जैविक विविधता संकटमा पर्नुका ५ वटा मूख्य कारणहरू पहिचान गरेका छन् । पहिलो मुख्य कारण भुस्वरूपमा आएको परिवर्तन हो । अहिले विश्वको खेतीयोग्य भूमिको एक तिहाइ भूमि अम्लियपन र प्रदुषणको चपेटामा परेर जीवजन्तु र वनस्पतिको लागि अनुपयुक्त बनेको छ । नेपालमा पछिल्ला वर्षहरूमा रासायनिय मल र विषादीको प्रयोगमा वृद्धि, भुमि प्रदुषण, भूक्षय जस्ता कारणले जमिनहरू मरुभुमिकरणमा परेको देखिन्छ । यसले गर्दा पनि धेरै जैविक विविधताहरू नासिदै गएका छन् । वनस्पति र जीवजन्तुको अत्यधिक उपयोगलाई दोश्रो कारण मानिएको छ । मानिसहरूको विलासी र आधुनिक जीवनशैलीका आवश्यकताहरू पूरा गर्न जैविक विविधताको दोहन गर्ने काम भैरहेको छ । वन्यजन्तुको शिकार, रुख काट्ने क्रममा तीव्रता, जडिबुटीको विवेकहीन तरिकाले संकलन जस्ता कार्यले जैविक विविधता नासिदै गएको छ । गरिवी र प्राकृतिक श्रोतमा असमान पहुँच जस्ता कारणले यस्ता गतिविधिहरू गरिब देशमा बढी मात्रामा भैरहेका छन् । जलवायुमा देखिएको अस्वाभाविक परिवर्तनलाई वैज्ञानिकहरू जैविक विविधता विनासको तेश्रो मुख्य कारण मान्छन् । अहिले विश्वमा बढिरहेको ग्लोबल वार्मिंङ्ग जीवजन्तु र वनस्पतिको लागि ठूलो चुनौती बनेको छ । तापक्रम बढ्दै जाँदा र मौसम चक्रमा छिटोछिटो परिवर्तन भैरहँदा जीवजन्तु र वनस्पतिहरू त्यहि अनुकूल भएर बाँच्न कठिन हुने भएकोले पनि यिनीहरू मासिदै जान थालेका छन् । यदि विश्वको तापक्रम वृद्धिको दर यहि रहिरहने हो भने सन् २०५० मा अहिले भएका ६ मध्ये एक प्रजाति लोप हुने जीव वैज्ञानिकहरूको अनुमान छ ।
प्रदुषणलाई जैविक विविधता विनाशको चौथो ठूलो कारण मानिन्छ । प्रदुषणको असर सबै किसिमका जलचर, माटोमा आश्रित जीव र चरा तथा किरामा बढी परेको छ । नेपालमा पनि नदी, तालमा माछाहरू हराउदै जानु, गिद्ध र भंगेरा जस्ता चराहरूको संख्या कम हुनु, पुतली र मौरी कम देखिनुमा प्रदुषण नै कारक तत्व बनेको पाइन्छ । संसारको ठूलो डम्पिङ साइट बनेको समुद्रमा रहने जीवहरूमा त यसको असर अझ बढी देखिएको छ । जैविक विविधता विनासमा मानव निर्मित गतिविधिहरू मात्र जिम्मेवार छैनन् । पछिल्ला वर्षहरूमा आगन्तुक वनस्पति र जीवजन्तुको कारणले रैथाने प्रजातिका जीव र वनस्पति समस्यामा परेका छन् । पछिल्ला दुई दशकमा देशव्यापी रूपमा फैलिएको वनमारा झारले मात्र नेपालको धेरै वन क्षेत्रमा वनस्पति विस्तार र वन्यजन्तुको आहार विहारमा प्रतिकुल असर पारिरहेको छ । रैथाने प्रजातिका पशुपालन र खेतीपातीमा भन्दा हाइब्रिड र आयातित प्रजातिमा किसानले जोड दिएकोले पनि रैथाने अन्नबाली, तरकारी, फलफूल र पशुपंक्षीहरू हराउन थालेका छन् । यसले जैविक विविधता विनासमात्र भएको छैन, विउ विजनका लागि परनिर्भरता समेत बढाएको छ ।
जतिसुकै आधुनिक, यान्त्रिक र विलासी बनेपनि मानिसहरूलाई संकटको बेलामा प्रकृतितर्फ नै फर्कनु पर्दोरहेछ भन्ने कुरा दुई वर्ष पहिलेको कोभिड १९ को महामारीले देखाईसकेको छ । हाम्रो आनीबानी, खानपिन, विकास निर्माण कार्य प्रकृतिमैत्री भएमा मात्र मानव अस्तित्व सम्भव छ भन्ने कुरा कसैलाई भनिरहनु पर्दैन । प्रकृतिलाई सन्तुलित राख्दै हाम्रो जीवनशैलीलाई त्यहि अनुरूप बनाउन सकेमा स्वस्थ र समुन्नत जीवन हासिल गर्न सकिन्छ । प्रकृतिसंगै हिड्नको लागि सबैभन्दा पहिले यस धर्तीका सम्पूर्ण प्राकृतिक श्रोतको संरक्षण र विवेकपूर्ण उपयोगको बारेमा हामीहरूले ध्यान दिनैपर्छ । विश्वका अन्य देशको तुलनामा नेपाल जैविक र अन्य प्राकृतिक श्रोतमा सम्पन्न छ । यहि सम्पन्नतालाई हामीहरूले स्वस्थ जीवन र दिगो समृद्धिको आधार बनाउनुपर्छ । हामीले प्रकृति विनाशको एक चक्र पूरा गरिसकेका छौं र यसबाट आउने विपत्तिको अनुभव पनि लिइसकेका छौ । विगतबाट सिकेर धर्तिको पुनर्भरण र प्रकृतिको पुनस्र्थापना गर्ने दायित्व वर्तमान पुस्ताको काँधमा आएको छ । आधुनिकताको नाममा प्रकृतिमाथि भैरहेको दोहन र वेवास्ता तथा विकास निर्माणको नाममा भैरहेको लापरवाहीलाई रोक्न सकियो भने हाम्री धर्ति अनि हाम्रो प्रकृतिमा थप क्षति पुग्न पाउने छैन तथा प्रकृतिसंगको हाम्रो यात्रा अनन्तसम्म सुमधुर र भरपर्दो रहिरहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?