ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

हरियो वन राष्ट्रको धन

१८ जेष्ठ २०८१, शुक्रबार
१८ जेष्ठ २०८१, शुक्रबार

गतांकको बाँकी

उचाइ तथा हावापानीका आधारमा पनि वन जङ्गलको वर्गीकरण गर्ने गरिन्छ । समुद्र सतहदेखि १००० मिटरसम्म उष्णप्रदेशीय वन, १००० देखि २००० मिटरसम्म समशीतोष्ण प्रदेशीय वन, २००० देखि ३००० मिटरसम्म शीतोष्ण प्रदेशीय वन, ३००० देखि ४१०० मिटरसम्म हिमाली काँठ वन र सोभन्दा माथि हिमाली वनस्पति । समुद्र सतहदेखि तल एकमुष्ट जल वन भनौँ । यसैगरी माथिकै वर्गीकरणलाई बोटबिरुवाको स्थितिबोधक ढाँचा झल्किने गरी क्रमशः सदावहार वन, पतझर वन, सदावहार कोणधारी वन, लेकाली तृणभूमि र हिमाली वनस्पति भन्ने गरिन्छ । वनस्पति जीवजन्तुको खाद्य शृङ्खलाको उत्पादक भएकाले बोटबिरुवाको विविधता अनुसार यिनमा आश्रित जन्तु जनावरको जीवनशैली र विविधता निर्धारण हुने गर्छ । यसरी बोटबिरुवा र जन्तु जनावर एक आपसमा समायोजन भएर जीवन सञ्चालन गर्ने पद्धतिलाई वातावरणीय अनुकूलनता अर्थात् इकोसिस्टम भनिन्छ । यस प्रणालीमा खासगरी बोटबिरुवा जगतमा गडबडी आयो भने जन्तुजगतमा पनि खाना तथा बासको समस्याले नकारात्मक असर पर्छ । जस्तै बारबार डढेलोको चपेटामा परेर जङ्गलमा भुइँ घाँस नास भयो भने चरिचरनबाट जीवन निर्वाह गर्ने खरायो, मृग जस्ता जनावर हराउँछन् । यी जनावर हराए भने यी जनावरहरू खाएर बाँच्ने स्याल, बाघ, चितुवा जस्ता जनावर लोप हुन्छन् । त्यसैले बडेबडे रुख भएको जङ्गल हुँदैमा बनेली जनावर हुन्छन् नै भन्न सकिँदैन ।

जैविक विविधता विनासमा मोटरबाटो खनाइको अव्यवस्था महत्वपूर्ण कारण— विकसित तथा विकसित सोच भएका ठाउँमा केही विकास निर्माणका काम गर्दा स्थानीय वातावरण र जैविक विविधताका बारेमा निकै सचेत भएको पाइन्छ । हाम्रा डोजरे विकास निर्माण क्रियाकलापले स्थानीय वातावरण र जैविक विविधतामा निकै ठूलो ह्रास आइरहेको छ । विशेषगरी पहाडी क्षेत्रमा नयाँ मोटर बाटो खन्दा होस् वा पुरानो बाटो चौडा गर्दा होस् निस्केको माटो वा ढुङ्गा जथाभावी बाटो किनारातिर मिल्काउँदा साना बोटविरुवा मासिने, वन तथा खरख¥यानका गोरेटा मासिने, पोखरी तथा जल सङ्कलन क्षेत्र पुरिने जस्ता कुरा वनपाखा भिरमा रूपान्तरण भएका छन् । त्यस्ता भिरमा वन्य तथा घरपालुवा पशुपक्षीसमेत हिँडडुल गर्न नसक्ने अवस्था भएको छ । यसले वन्य जन्तुको खाना तथा बासस्थानसमेतकोे समस्या ल्याएको छ । भित्तो खन्दा माथिपट्टि भिर हुने र असावधानीपूर्वक माटोढुङ्गा बाटो किनारबाट फाल्दा तलपट्टि भिर हुने, गोरेटा पुरिँदा वर्षाको पानी शोषिने दर कम भई पानीका मूल सुक्ने समस्यासमेत यसले निम्त्याएको छ । यसरी आएको जैविक विविधा सन्तुलनको सङ्कटका बारेमा हामी सबैले अविलम्ब चासो राखी समाधानतिर लाग्नुपरेको छ ।

वि.सं. २०३५ देखि नेपालमा सामुदायिक वन व्यवस्थापनको अवधारणा भित्रिएको मानिन्छ । यसमा तोकिएको क्षेत्रमा तोकिएको विधिविधानसित बोटबिरुवा रोप्ने हुर्काउने काटछाँट गर्ने अधिकार समुदायलाई दिइएको हुन्छ । जैविक विविधताको मर्म नबुझाई नबुझी बोटबिरुवा रोप्ने, कटनीछटनी गर्दा वनस्पति विविधतामा साँच्चै असन्तुलन आएको छ । कटनीछटनी गर्दा ठूला काठजन्य बोटबिरुवालाई मात्र महत्व दिई अन्य पोथ्रा, झाडीदार बिरुवालाई सफाया गर्दा कतिपय बोटबिरुवा लोप हुने अवस्थामा रहेका छन् ।

काँढा भनेर फाँडिने बोटबिरुवाहरूमा ऐँसलु, चौतारी (चुत्रो), राजु, काठेराजु, मैदाल, बयलो, पनियोर, सिँघाने, मेहाल, डम्मराइ, कट्टाइ, झाडी बयर, ढँटेलो, कुकुरडाइनो मुख्य छन् । पोथ्रा वा झाडी भनेर फाँडिने बोटबिरुवामा बिलौना, खग्रेटो, कालीअँगेरी, अर्चल, तिल्को, धाइरो, थाकल रहेका छन् । त्यसै गरी कुकाठ भनेर फाँडिनेमा क्यामुनो (भद्रेजामुनो) काफल, तिँजु, गायो, भलायो, लोद, अँगेरो, गायो, भलायो, जस्ता रुखहरू पर्ने गरेका छन् । यसले गर्दा विभिन्न बनेली जीवजन्तुका आहार, बासस्थान मासिन पुगेका छन् । अनि ती जन्तुहरू कति आहारा अभावले बसाइसराइ वा जीवन जिउन नसकेर लोप हुँदै गएका छन् भने कतिपय मानव बस्तीमा आक्रमण गर्न पुगेका छन् । बाँदर फलाहारी जन्तु हो । फलफूल भेटेसम्म बाँदरले अन्नलाई जोड गर्दैन । पोथ्रा र भुइँ घाँसको विनाशले भुइँमा विचरण गर्ने शाकाहारी जनावरहरू आहारा सङ्कटमा छन् । त्यसैले अहिले बस्तीबस्तीमा बाँदरको, बाघ तथा चितुवाको बिगबिगी प्रत्यक्ष वा परोक्ष रूपमा वनको जैविक विविधता विनाशको एउटा प्रमुख कारण हुन सक्छ । फेरि युवा पलायनका कारण खेतीयोग्य जमिन बाँझिनाले बाली उत्पादन क्षेत्र साँगुरिँदै गएकाले पनि बाँदरको बिगबिगी बढी देखिन पुगेको पनि हो ।

धार्मिक संस्कारबाट प्रेरित भएर बाटोको किनारामा सार्वजनिक चउर आदिमा लगाइएका छहारीदार वनस्पति पीपल, वर, समी, आँप आदि बोटबिरुवा बाटो निर्माण तथा अन्य प्रयोजनका निहुँमा नासिने क्रम तीव्र छ । सार्वजनिक क्षेत्रमा खनिएका पोखरी पनि त्यसै गरी मासिदै गएका छन् । बाटो खन्दा वेवास्ताले फ्याँकिएको माटोले वनजङ्गलका प्राकृतिक गोरेटाहरू मासिएर वन डरलाग्दा भिरमा परिणत भएका छन् । यस्तो वेथितिले फलाहारी, घाँसाहारी जन्तुहरूको गास हरिएको छ । पोखरी र गोरेटा पुरिनाले पानीको आपूरण पद्धति गडबडिन पुगी पानीका मूलहरू सुक्ने क्रम तीव्र छ । त्यसरी फ्याकिएको माटो ढुङ्गाले पुरिएर विभिन्न बोटबिरुवा लोप हुने अवस्थामा छन् भने ती बोटबिरुवा तथा घाँसमा आश्रित बनेली जन्तुहरूको उठीबास लागेको छ । त्यसरी वेथितिले थलिएको वनमा डढेलोको चपेटा, ग्रामीण पशुपालनका लागि घाँसपात, सोत्तर, दाउराका कारण हुने जङ्गल विनाशको थप भार खेप्नु त छँदैछ । मान्छेका असन्तुलित क्रियाकलापले वनस्पति जगतमा ल्याएको विचलनका कारण वनमारा जस्ता मिचाहा प्रजातिका बोटबिरुवाले फैलिने अवसर पाएका छन् । यसले लोपोन्मुख वनस्पतिका लागि थप सङ्कट सिर्जना गरेको छ ।

औद्योगिक वनको अवधारणा— वन पैदावारमा आधारित उद्योगको सोचले हुर्काउने बढाउने वा संरक्षण गरिने वन नै औद्योगिक वन हो । गाइवस्तुको आहारा, फर्निचर, कागज, इन्धन, मल आदि उत्पादनका लागि वन निकै उत्तम स्रोत हो । हरिया घाँसपातबाट पशु आहार, सुकेका छँटनीमा परेका बोटका काठबाट फर्निचर, घाँस पातबाट कागज, हाँगा तथा फाल्तु काठबाट इन्धन र काम नलाग्ने पातपतिङ्गरबाट मल बनाउने योजना गर्ने हो भने लाखौँ युवालाई रोजगार, अरबौँको आयआर्जन, खरबौँ मूल्य बराबरको जैविक विविधताको संरक्षण गर्न सकिन्छ । किनकि वन व्यवस्थित गर्न सकेमा बर्सेनी हुने डढेलो महामारी स्वतः समाधान हुने छ । जीव जगतका लागि प्राणवायु चक्र नियमित गर्ने वनस्पति नै हुन् । वातावरण संसारको साझा सम्पत्ति हो । यसमा विपत्ति आउँदा संसारलाई नै विपत्ति आउँछ । यसमा देश, महादेशको साँधसीमा लागू हुन्न । वातावरणको कार्वनडाइअक्साइडको प्रदूषण बिरुवाबाटै कम गर्न सकिन्छ । त्यसैले अहिले जुन देशमा धेरैभन्दा धेरै रुखहरू छन् त्यो देशले वातावरणको कार्वनडाइअक्साइड अवशोषण गरेवापत आर्थिक सहयोग पाउने व्यवस्था छ । जसलाई कार्वन व्यापार अर्थात् कार्वनट्रेडका नामले चिनिन्छ । हिँउले ढाकिएको क्षेत्र, मरुभूमि क्षेत्र, जङ्गल क्षेत्र नभएका देशले यो सुविधा लिन सक्तैनन् । हाम्रो जस्तो विभिन्न जातका बोटबिरुवा हुर्कन बढ्न सक्ने वरदान पाएको देशले कार्वन ट्रेड जस्ता कार्यक्रमबाट मनग्य लाभ लिन सक्छ । त्यति मात्र होइन जैविक विविधता सन्तुलित राख्न सकेमा पर्यटकीय क्षेत्रबाट पनि नियमित आम्दानी बढाउन सकिन्छ ।
उपसंहार—
वन संरक्षण, संवद्र्धन गरेर जैविक विविधतालाई प्राकृतिक रूपमा सन्तुलन कायम गर्नु आजको प्रमुख कार्य हो । सुख्खा तथा गर्मी मौसममा लाग्ने डढेलोले वातावरण प्रदूषण मात्रै होइन खरबौँका काठ दाउरा र वन्यजन्तुको हुने विनाशलाई रोक्नुपर्छ । हाम्रो जिविकाका लागि आवश्यक पशु आहार, इन्धन दाउरा, काठ, फलफूल, घाँस, जडीबुटी तथा पशुपक्षीका बासस्थानका लागि जङ्गल अपरिहार्य छ । जति जैविक विविधता सन्तुलन हुन्छ उति वातावरण पनि सन्तुलन हुन्छ । छहारीदार वृक्ष रोप्ने हुर्काउने गरेर, पोखरी निर्माण गरेर हाम्रो प्राचीनकालदेखिको वातावरण मैत्री सभ्यता पुनर्जागरण गर्नुपरेको छ । हाम्रो यो सभ्य क्रियाकलाप अवलोकन गर्न पर्यटकको ओइरो लागोस् । पर्यटन उद्योग फस्टाएर देशलाई आर्थिक रूपले समृद्ध बनाउन सहयोग पुगोस् । कार्वन ट्रेडबाट पनि आर्थिक उपार्जन नियमित होस् । अनि त हरियो वन राष्ट्रको धन सूक्ति सफलिभूत हुनेछ ।
(समाप्त)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?