ट्रेंडिंग:

>> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव

प्रदेशमा बीउ प्रतिस्थापन दर बढ्दो

बीउमा प्रदेश आत्मनिर्भर बन्दै जाँदा बीउ प्रतिस्थापन दर पनि क्रमशः बढ्दै गएको छ । खाद्यान्नमा धान, गहुँ, मकै, तेलहन र दलहनबालीमा प्रदेशका किसानहरूले बीऊ प्रतिस्थापन गर्दै जान समेत थालेका छन् ।
१८ जेष्ठ २०८१, शुक्रबार
१८ जेष्ठ २०८१, शुक्रबार

बुटवल, १८ जेठ । लुम्बिनी प्रदेश बीउमा क्रमशः आत्मनिर्भर बन्दै गएको छ । प्रदेशमा स्थापना भएका समूह सहकारी, नीजि फार्महरूले विउ विजन नियमित रूपमा उत्पादन गर्दै जाँदा बीउमा प्रदेश आत्मनिर्भर बन्दै गएको हो । बीउमा प्रदेश आत्मनिर्भर बन्दै जाँदा बीउ प्रतिस्थापन दर पनि क्रमशः बढ्दै गएको छ । खाद्यान्नमा धान, गहुँ, मकै, तेलहन र दलनबालीमा प्रदेशका किसानहरूले बीऊ प्रतिस्थापन गर्दै जान समेत थालेका छन् ।

सामान्यतह बीउको उत्पादनकत्वको बृद्धिका लागि ३/३ बर्षमा उन्नत पुरानो बीउ परिर्वतन गर्नुपर्ने हुन्छ । सोही अनुसार प्रदेशका किसानहरूले पुरानो बीउ प्रतिस्थापन गरी नयाँ बीउ लगाउने गरेका हुन । प्रदेशमा १० हजार ८ सय ३९ मेट्रिक टन बीउ मुख्य बालीको समग्ररूपमा उत्पादन हुँदै आएको छ । ६ लाख ७१ ह्जार २ सय हेक्टर क्षेत्रफलको लागि हाल ३७ हजार ९ सय ९३ मेट्रिक टन बीउ आवश्यक छ ।

बीउ विजन प्रयोगशाला भैरहवा रूपन्देहीका प्रमुख शालीकराम गौतमका अनुसार कार्यालयले प्रदेशका ६ वटा जिल्लामा काम गर्दै आएको छ । नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका किसानको लागि बीउ उत्पादनको क्षेत्रमा काम गर्दै आएको हो । ६ जिल्लामा बीउ उत्पादन तथा विक्रि वितरणको लागि सक्रिय संस्था ७७ वटा रहेका छन् । यस्तै सेवा प्रवाह भएका संस्थाहरु ९० भन्दा बढि छन् । मुलतः बीउ उत्पादनको लागि अनुमती प्राप्त गरेका संस्था २१ वटा र प्रसोधन कारखाना उत्पादन गर्ने गरी अनुनमती लिएका संस्था १४ वटा रहेका छन् । प्रदेशका ६ जिल्लामा बीउ भण्डारण गोदाम भएका ३० वटा, ती गोदाममा ११ हजार ७ सय ७० मेट्रिक टन भण्डारण क्षमता रहेको छ । दर्ता भएका बीउ उत्पादकहरू ६ जिल्लामा २ हजार ६ सय ९८ वटा रहेका छन् ।

बीउ विजन प्रयोगशाला भैरहवा प्रमुख शालीकराम गौतम भन्छन्–‘बीउमा यहाँ उत्पादन भएको बीउ बाहिर जान्छ, जसले गर्दा केही अपुग जस्तो देखिएको छ, तर यहाँ उत्पादन भएको बीउ पूर्ण खपत प्रदेशमा गर्ने हो भने हामी आत्मनिर्भर छौं ।’ धान, गहँु लगायतका बीउ प्रदेशमा उत्पादन भएर बाहीर निर्यात हँुदै आएको कार्यालय प्रमुख गौतमको भनाइ छ । कार्यालयले बीउको बाली निरिक्षण दरमा समेत बृद्धि गरेको छ । १० बर्षको अवधीमा बर्षमा १ हजार हेक्टर भन्दा बढि क्षेत्रमा बीउ निरिक्षण गर्दै आएको हो ।

बीउ परिक्षणको लागि नमुना संकलन गरी परिक्षण समेत गरिएको छ । आर्थिक बर्ष २०८०/०८१ गहँु, मकै धान बालीमा ४ सय १३ वटा प्रमाणीकरणको लागि प्रतिवेदन प्राप्त भएको थिए । जस अनुसार ११ हजार १ सय ७ वटा बीउ नमुना परिक्षण गरिएको छ । जसमा गहँु, धान, मकै, दलहन, तेलहन, तरकारी, घाँस बाली रहेका छन् ।

सिड म्युजियम तथा लाईब्रेरी स्थापना

रूपन्देहीमा बीउको म्युुजियम स्थापना भएको छ । बीउ विजन प्रयोगशाला भैरहवामा वि.सं. २०७९ साल चैत महिनामा सीड म्युजियम तथा लाईबे्ररी स्थापना गरिएको हो । जसमा प्राविधिक पुस्तक १ सय ५० वटा, अन्य बार्षिक कार्यालयका पुस्तक १५० वटा, विभिन्न पम्प्लेट तथा लिफलेट, फोल्डर लगायत ३ हजार वडा, ऐन नियमवाली कार्यविधि, निर्देशिका ५० बढि राखीएका छन् ।

यस्तै १ सय १ वटा बालीको बीउ नमुना संकलन राखीएको छ भने संकलन गरिएका बालीहरूमा धान, गहँु, मकै, तरकारी दलहन, तेलहन बाली रहेका छन् । कपिलवस्तु, रूपन्देही, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी, नवलपुर बाट संकलन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?