© २०२३
रोल्पा, १७ जेठ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ का वडा सदस्य सुपारी विश्वकर्माको निधनमा गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । क्यान्सर रोगको विरामी विश्वकर्माको आज विहान निधन भएको हो ।
अल्पायुमै निधन भएकी विश्वकर्माको निधनमा शोक मनाउन भन्दै गाउँपालिका कार्यालय र मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा सार्वजनिक विदा दिइएको गाउँपालिकाले जनाएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट वडा सदस्य निर्वाचित विश्वकर्मा नेपाली काँग्रेसको सक्रिय कार्यकर्ता समेत हुन ।