ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै

३० बैशाख २०८१, आईतवार
३० बैशाख २०८१, आईतवार

सुनवल, ३० बैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको दोस्रो पटक थपिएको म्याद सकिन डेढ महिना बाँकी रहँदा सडक बिस्तारले गति लिन सकेको छैन । तुलनात्मक रूपमा विगतको भन्दा केही छिटो काम भएपनि म्याद सकिने अवधि सम्म ७० प्रतिशत बढि काम सक्ने बताएको ठेकेदारले हालसम्म जम्मा ५० प्रतिशत काम सकेको छ । आयोजनाका दाउन्ने पश्चिम खण्डका योजना प्रमुख शशांक मिश्रले हालसम्म ५०.६२ प्रतिशत काम सकिएको जानकारी दिए । पछिल्लो पटक थपिएको म्याद सकिँदा सम्म ५५ प्रतिशत बढि काम हुने आँकलन गरिएको छ ।

गत वर्षनै वर्षायाम अगावै सक्ने भनिएको ठूला तथा साना पुलको काम अझै सकिएको छैन् । पश्चिम खण्डमा पर्ने ९ ओटा ठुला पुल मध्ये ५ ओटा सकिएको छ भने एउटाको काम नै सुरु भएको छैन् बाँकी तिन ओटा निर्माणको चरणमा छ । वर्षायाममा पुल निर्माण सम्पन्न नभए डाईभर्सन बगाएर पटक पटक सडक अवरुद्ध हुने समस्या हुने भएकाले ठेकेदारलाई पुलको काम छिटो सक्न ताकेता गरिएको आयोजनाको भनाई छ तर वर्षायाम अगावै काम सकिनेमा शंका छ । यसैगरी साना ३८ ओटा पुल मध्ये ३३ ओटा पुल निर्माण सम्पन्न भएको छ भने २ ओटा निर्माणको चरणमा छ, तिन ओटा साना पुलको कामनै अझै सुरु भएको छैन् ।

१ सय ९५ ओटा कल्र्भट मध्ये २ सय ६३ वटाको निर्माण सकिएको छ भने २८ वटाको काम भईरहेको योजना प्रमुख मिश्रले बताए । हालसम्म पश्चिम खण्डमा एकातर्फ दुई लेनमा साढे २८ किलोमिटर कालोपत्र भएको छ भने दुवैतर्फ कालोपत्र भएको दुरी ११ किलोमिटर मात्रै छ । जीर्ण सडक समयमै कालोपत्र नहुँदा धुलोका कारण सडकनै नदेखिने समस्या छ । दाउन्ने क्षेत्रमा सडक विस्तारको काममा ढिलाई हँुदा यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । वर्षायाम नजिकिँदै गर्दा दाउन्ने खण्डमा जम्मा एक किलोमिटर मात्र सडक पिच भएको छ । थप दुई किलोमिटर वर्षायाम अगावै सक्ने ठेकेदारले प्रतिवद्धता जनाएपनि त्यतिले मात्रै दाउन्नेको सकस टर्ने छैन् । दाउन्ने अहिले पनि बाक्लो धुलोका कारण दिउँसै लाईट बालेर हिँड्नुपर्ने र सडक तथा सवारी साधननै नदेखिने समस्या छ । अझ पानी पर्ने वित्तिकै सडकमा गाडी फस्ने र चिप्लने समस्या भएपनि समाधानका लागी ठेकेदार गम्भीर देखिएको छैन । दाउन्ने खण्डमा निर्माण गनुपर्ने चार ओटा साना पुल मध्ये दुई ओटा निर्माणको चरणमा छ भने बाँकी दुई ओटाको कामनै सूरु भएको छैन् । यस वर्ष दाउन्नेमा वर्षायाम अगावै उपयुक्त समाधान नखोजे ठूलो सास्ती खेप्नुपर्ने अवस्था भएपनि सम्बन्धित निकायले कछुवाको गतिमा काम गरिरहेको भन्दै यात्रुले असन्तुष्टि पोख्दै आएका छन् । दाउन्ने पूर्वी खण्डमा पनि हालसम्म ५० प्रतिशत नै काम सम्पन्न भएको छ ।

२०७५ पुस ५ मा सुरु ठेक्काअनुसार २०७९ साउन २२ भित्रै नारायणगढ–बुटवल सडक विस्तारको काम सकिसक्नुपर्ने भएपछि थप म्याद दिनुपर्ने निश्चित छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा थालिएको सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पाएको छ । यो सडकमा विस्तारको काम थालेदेखि नै यात्रुले सास्ती खेपिरहेका छन । काममा प्रगति नहुँदा आयोजनाले २०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदारले चाँडै काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । ठेकेदार कम्पनीले काम अघि बढाएन, बरु ढाँटिरह्यो । काममा प्रगति नभए पनि दोस्रो पटक २०८१ असार सम्मका लागि म्याद थपियो । सम्झौताअनुसार दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रूपैयाँ छ । निर्माण कम्पनीले भने ०८२ मंसिरसम्मका लागि परामर्शदाता मार्फत म्याद थप मागेको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?