ट्रेंडिंग:

>> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा……..

जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै

१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार

नवलपुर, १३ वैशाख ।

लोपोन्मुख गिद्ध संरक्षण गर्न २० वर्ष देखि क्रियाशिल रहेको पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्यको अध्ययन केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

बिगत सात बर्षयता यहाँ जैविक विविधता, पर्यापर्यटन एवं वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, तिनका प्रजाति, गिद्धको जीवनशैली र बासस्थानका विषयमा अध्ययन गर्न आउने गरेको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताए ।

यो समयमा गिद्ध घुुम्ने मौसम भएकाले जटायु रेष्टुरेन्टमा गिद्धको संख्या बढदै गएको छ भने गिद्धलाई चाहिने आहारबिहारको पनि यहाँ राम्रो ब्यवस्थापन भएकोले पनि हरेक वर्षको असोजदेखि बैशाखसम्म धेरै गिद्ध यहाँ आउने गरेका चौधरीको भनाई छ । एक वर्षयता मात्रै यहाँ २१ भन्दा बढी गिद्धको मृत्यु भएको छ । अहिले एकपटकको अवलोकनमा २० देखि ३० जनासम्म आउने गरेका छन् ।

खाना दिने दिन धेरैको संख्यामा गिद्ध देखिने हुँदा गिद्ध अवलोकन र अध्ययनका लागि समेत सहज हुने भएकाले अब चाँडै नै हप्ताको दुई दिन अवलोकनका लागि खुला गर्ने गरिएको अध्यक्ष चौधरीको भनाई छ । यहाँका गिद्धलाई हप्ताको दुई दिन खाना दिने गरिएको छ भने अन्य दिन उनीहरूले वातावरणमा घुमफिर गर्दा बाहिरको खाना खाने गर्दछन् ।

विषादीयुक्त आहारा र बासस्थानमा आएको ह्रासका कारण वर्सेनि गिद्ध मासिँदै गएपछि नेपालमा पहिलोपटक २० वर्षअघि चौधरीको अगुवाईमा समुदायस्तरबाट जटायु रेष्टुरेन्टको स्थापना गरिएको हो । यहाँ लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदाय स्तरबाट रेष्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको छ ।

रेष्टुरेन्टले गिद्धको आहाराका लागि गाउँघरबाट मरेका गाईभैँसी ल्याएर फाल्ने गरेको छ । रेष्टुरेन्टको गौशालामा पालिएका गाईवस्तु मरेपछि गिद्धका आहाराका लागि प्रयोग गरिने गर्दछ । कावासोती– १३ मा रहेको नमूना सामुदायिक मध्यवर्ती वनको करिब ५२ हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने गरेको छ । यहाँ अहिले रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध, राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध रहेका छन् ।

प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्ध गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक जस्ता औषधिको प्रयोग सँगसँगै बासस्थानमा आएको ह्रासका कारण गिद्ध लोपोन्मुख अवस्थामा पुगेको चौधरीको भनाई छ । “डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशुको मृत्युपछि सिनो गिद्धले खाएमा मिर्गाैलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेका तथा बासस्थान आएका ह्रास कारणले गिद्ध लोपोन्मुख अवस्थामा पुगेका छन । पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको बासस्थानमा ह्रास आएको बताईन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?