© २०२३
बुटवल, ८ वैशाख ।
बागेश्वरी संगीतालय बुटवलले आफ्नो रजत जयन्ती भव्यताका साथ मनाएको छ । बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाएको हो ।
रजत जयन्ती समारोहको शनिबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उदघाटन गरे । त्यस अवसरमा बोल्दै उनले बुटवल उपमहानगरले कला र संगीताको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए ।
बागेश्वरी संगीतालयको रजत जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले कला, साहित्य र संगीतको विकासका लागि उपमहागरपालिकाले सरोकारवाला पक्षसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए ।
नेपाली कला र संस्कृतिको जगेर्नाले मात्रै कलाकर्मीहरुको अधिकार सुरक्षित हुने र उनीहरुको प्रतिभा प्रस्फुटन हुन सक्ने भन्दै नगरप्रमुख पाण्डेले पश्चिमी कला र संस्कृतिका कारण नेपाली कलाको मौलिकता मर्न थालेकोले यसको संरक्षण र प्रबद्र्धनमा राज्यले पहल कदमी गर्नुपर्ने बताए ।
नगरप्रमुख पाण्डेले संघीय राजधानी बाहिर अहिले पनि कला, संस्कृति, साहित्यको क्षेत्रमा उल्लेख्य काम हुन नसकेको भन्दै बुटवल उपमहानगरपालिका कलाको सम्मान गर्न सधै प्रतिबद्ध रहेको बताए ।
बागेश्वरी कला तथा संगित एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठका अनुसार २५ बर्षको अवधिमा एकेडेमीबाट हजारौं विद्यार्थीहरुले कला र संगितकोे ज्ञान लिएका छन् । उनले हालसम्म भए गरेका उपलव्धिहरुबारे बिस्तारमा चर्चा गरेकी थिइन् । साथै उनले कला र संस्कृति संग जोडिएका प्रतिष्ठान वा संस्थालाई राज्यले उपेक्षा गरेको भन्दै नेपाली कला र संगित जिवन्त राख्न प्रतिष्ठान वा संस्थाहरुलाई राज्यले संरक्षकत्व दिनुपर्ने बताईन् ।
एकेडेमीका व्यवस्थापक दावा शेर्पाले एकेडेमीले २५ बर्षको अन्तरालमा थुप्रै आरोह अवरोह पार गरेको भन्दै यसले समाजलाई दिएको योगदानको चर्चा हुनुपर्ने बताए । कार्यक्रममा साहित्यकार घनश्याम परिश्रमीले साहित्य क्षेत्रको प्रवद्र्धनमा तीन वटै तह लाग्नुपर्ने बताए ।
कार्यक्रममा सञ्चारकर्मी छाया पन्तले बागेश्वरी कला तथा एकेडेमीलाई यहाँसम्म ल्याइपु¥याउन सञ्चार क्षेत्रले पनि साथ र सपोर्ट गर्दै आएको बताइन् । कार्यक्रमका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुती गरिएको थियो ।