ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम

६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार

सुनवल, ६ वैशाख ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले जनताका गुनासो सुन्ने र योजनाको प्राथमिकीकरण गर्न जनतासंग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा जनतासंग जनप्रतिनिधि कार्यक्रम सुरु भएको हो । दुई वर्षको अवधिमा गाउँपालिका मार्फत भएका कामको जनताबाट समीक्षा र अब गर्नुपर्ने कामको जनताकै आवश्यकताका आधारमा योजना तय गर्न जनता संग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको अध्यक्ष यादवले बताए ।

सो क्रममा प्रतापपुर गाउँपालिकाका ९ वटा वडाका ८३ वटा टोलमा पुगेर जनताको गुनासा र सुझाव संकलन गर्ने गर्न कार्यक्रम छ । टोलटोलमा जनप्रतिनिधि पुगेपछि स्थानीयहरुले आफ्ना गुनासा जनप्रतिनिधि समक्ष राखेका छन् । स्थानीयले सबैभन्दा बढी शुद्ध पिउने पानीको समस्याको समाधान गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । यस्तै सडक निर्माण, सिचाइँ, विद्युतीकरण, रासायनिक मलको अभाव लगायतका समस्या समाधानका लागि पनि जनप्रतिनिधिको स्थानीयबासीले ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष यादवले खानेपानीको समस्या बढी देखिएकाले त्यसको समाधानका लागि प्राथमिकता दिने बताए । “बजेट निर्माणको प्रक्रिया पनि सुरु भईसकेकाले त्यसमा पनि सहजीकरण होस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो”–अध्यक्ष यादवले भने, “हामी बजेट निर्माणमा स्थानियले राखेका मागका आधारमा कार्यक्रम तय गर्छो ।”

जनप्रतिनिधिको टोली यही वैशाख १२ गते सम्म टोलटोलमा पुगेर जनताका गुनासा र सुझाव संकलन गर्ने छ । त्यस क्षेत्रको समस्याका बारेमा तपाई आफै जानकार हुनुहन्छ अनि किन अभियानको रुपमा टोलटोलमा पुग्नुपर्यो भन्ने जिज्ञासामा अध्यक्ष यादवले जनताको सुझाव संगै दुई वर्षे अवधिको समिक्षाको रुपमा पनि यो अभियान सुरु गरेको बताए ।

‘कतिपयले यसलाई नकारात्मक रुपमा टिप्पणी गरेका छन् तर हामीले यसलाई बिशुद्ध जनता संग उनीहरुको घरदैलोमै पुगेर दई वर्षे कार्यकालको समीक्षा र आगामी कार्यनीति तय गर्ने कार्यक्रमको रुपमा लिएका छौ’, अध्यक्ष यादवले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?