ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस्

४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

२०८० साल हामीबाट विदा भैसकेको छ । नयाँ वर्षलाई हामीले हर्षका साथ स्वागत गरेका छौं । आफन्त, इष्टमित्र र आफन्तजनलाई शुभकामनाको वर्षा लगाएको छौं । जनजन र मनमनमा दीर्घायू र समृद्धिको शुभकामना दिएकै छौं । नयाँ वर्षको उपलक्ष्यमा मिठा परिकारको खोजी गरिएको हो । वर्षको पहिलो दिनलाई खुसी साटासाटमा विताएको हो । नयाँपनको चाहना गरेर जहाँ जहाँ विकृति देखियो ती ठाउँहरू सुध्रिएको देख्न पाइयोस भनेर पनि कामना गरिएको हो । कतिले त आफूमा भएको विकृति र विसंगति त्याग्ने कुरा पनि गरेका हुन् । कतिजनाले वनभोज जस्ता कार्यक्रम गरेर पनि नयाँ वर्ष मनाएको देखियो । यो वर्ष पनि हामी सायद यसैगरी मनाउने छौं । केही ले त नयाँ वर्ष भनेको भित्तामा झुण्ड्याएको क्यालेण्डर फेरिएको देखि वाहेक अरू केही फेरबदल नदेखेको भन्ने गर्छन । यो पनि उत्तिकै सत्य हो । विगतका वर्षमा जे भएको थियो त्यसमा केही फरक नदेख्ने र केही फरक देख्नेहरूका बीचमा कति भिन्नता छ ? जहाँ पनि केही फरक देख्ने अभिलाषासंगै आफूले पनि केही योगदान दिएको हुनुपर्दछ । यस बारेमा धेरैको ध्यान गएको पाइदैन । आफ्नो मनमा माया ममता भएकाहरूले अरूलाई माया दिन नजान्ने तर अरूबाट त्यही अपेक्षा गर्ने गरेको पनि देखिन्छ । यो चाहना गर्नेहरूको विचारमा भरपर्ने कुरा भयो । माया गर्ने दिनेहरूमा खासै फरक नदेख्नेहरूको पनि धेरै दोष त होइन तर यो दोष देख्ने गरेको चाहीँ उत्तिकै सत्य हो । हरेक मुलकको सबै क्षेत्र तरंगित बनाउने भनेको राजनीति रहेछ । राजनीति जत्ति मात्रामा राज्यका निम्ति निष्ठापूर्वक गरिन्छ, त्यत्तिकैमात्रामा नागरिकमा विश्वास बढदो रहेछ । नागरिकमा विश्वास भर्नका लागि सत्य र निष्ठापूर्वक आफू परिचालित भएको हुनुपर्ने रहेछ । हामीकहाँ यसको अलिक कमी भएको महसुस भएको छ ।

हामी आत्मनिर्भर हुनका लागि हरेकले योजना बनाएको हुनुपर्ने थियो । हामी त्यसको साटो सरकार बनाउने र भत्काउने चालमा लाग्न पुग्यौं । यो वर्ष सरकारको कुरा गर्दा कहिले कोसंग घाँटी जोड्न र कहिले कोसंग घाँटी जोड्न पुगेका घटनामा निकै सुन्न र देख्न पाइयो । यो सत्य हो पनि । नेपालको संघीय सरकारको एउटा पाटो सरकार भत्काउन र पुनः गठन गर्न उद्दत रहन गयो भने प्रदेशमा त त्यो भन्दा घिनलाग्दो गरी सत्ता भागवण्डामा दौड लगाएको समेत देखियो । यो घटना देख्दा सबैले भन्ने गरेको के हो भने “हाम्रो मुलुकमा राजनीतिक स्थिरता भएन, यसले हामीलाई पछाडि धकेलिरहेको छ ”। यो भनाइमा धेरै सत्यता छ भन्ने लाग्दछ । नेपालका दलहरूले जे उपहार दिन सकेका छन् त्यही चित्र हेरेर नेपाली नागरिकहरूले विश्लेषण गरेका हुन् । यसमा अन्यथा मान्नुपर्ने केही छैन । यो घटना विगतका वर्षहरूबाट चल्दै आएको हो । यसलाई कसैले निर्वाचन प्रणालीमा दोष देख्छन भने कसैले कसैले दल र त्यसका अगुवाहरूको दोष देख्दछन् । जसले जहाँ जसको दोष देखे पनि दोष त अवश्य छ । यसलाई नकार्न मिल्दैन । एउटा प्रधानमन्त्रीले दुई वर्ष नबित्दै तिनपटक विश्वासको मत माग्नुपर्ने अवस्था आउनु भनेको विना दोष यस्तो कसरी हुन सक्छ ? यो गठवन्धनसंग जोडिएको सवाल हो । मन्त्री महोदयले बाहिर मञ्चमा भाषण गर्दा यो गठवन्धन ढल्दैन पाँच वर्ष चल्छ भनेर जोडले चिच्याउने गर्नु हुन्छ, अनि भाषण सकेर मन्त्रालय फिर्ता नआइपुग्दा गठवन्धन ढलेको उदाहरण पनि त छ नि । जो संग गठवन्धन भएको हो गठवन्धन ढलेको उसैले थाहा नपाउँदै अर्कोसंग लहसिएको पनि देखियो । सत्य कुरा त सत्य कै रूपमा मान्नु पर्छ कि ?

दोष हरेक स्थानमा हुन्छ । दोषमुक्त कोही हुँदैन । तर, दोष जानेर वा नजानेर हुने गर्दछ । नजानेर दोष हुनु क्षम्य हुन्छ तर जानाजान उही दोष गरिरहनु भनेको क्षम्य हुँदैन तर त्यही क्षम्य भएका कारणले दोषहरू हिमाल बनेर ठडिएको मात्र हो । गठवन्धनबाट पनि सत्य र निष्ठाको काम गर्ने अवस्था रहन्छ । हाम्रो जस्तो अवस्था विश्वका अन्य मुलुकमा पनि देख्न सकिन्छ । ती मुलुकहरूमा हाम्रो जस्तो इतिहास बनाउने गरी दुई वर्ष पुरापुर नहुँदै तीन पटक गल्ने ढल्ने र जल्ने त हुँदैन । यस्तो अनेत्र कतै देखिदैन । हामीले २०८० मा केही पायौं, केही गुमायौं । स्थानीय स्तरबाट केही उल्लेख्य कामहरू भएका छन् भने केन्द्रमा पाउने भन्दा धेरै गुमाएको उदाहरण धेरै छ भन्ने लाग्दछ । विगतका वर्षहरूमा जस्तै यो वर्षमा पनि दलबदलको संख्या उत्तिकै रहन गयो । एउटा दल छोडेर अर्को दलमा जाने र केही हिस्सा खोज्ने अनि जुन दल सत्तामा छ त्यसमा प्रवेश गर्नेहरूको लर्को अन्यत्र भन्दा बढ्ता देखियो । यो त धेरै नयाँ होइन । यसरी कोल्टो फेर्नेहरूमा धेरैजसो सत्ताको वरिपरि घुम्ने र स्वार्थ पूरा गर्नेहरू रहेका हुन्छन् । यो वर्ष यस्ता प्रवृति भएकाहरूको हालीमुहाली रहेकै हो । यस्तै प्रवृतिको चंगुलमा फसेपछि के राम्रो नराम्रो ? वास्तवमा यी सबै कार्यहरू हाम्रा विकासका वाधक रहेछन् । नागरिकले सत्ता ढाल्ने र बनाउने कुरामा चासो राख्दैनन् । उनीहरूका लागि आत्मनिर्भरता कसरी हुन सक्छ । विकास निर्माण कसरी छरितो हुन सक्छ । यस प्रकारका कुरामा बढता ध्यान गएको पाइन्छ । यो चाहना स्वाभाविक रहेछ । हामीले विदेशबाट ल्याउनुपर्ने जे जति बाली वा वस्तुहरू छन् ति सबै बाहिरबाट ल्याउन न्यून हुँदै गएर अन्तमा हाम्रै मुलकामा उत्पादन भएर पूरै आत्मनिर्भर हुन सके अति राम्रो हुन्थ्यो भन्ने चाहना गर्नु स्वाभाविकै हो । यही भईदिने हो भने घोषित वा अघोषितरूपमा हुने नाकावन्दीबाट हामी मुक्त हुन सक्ने थियौं । यो नयाँ वर्ष २०८१ ले यो उपहार दिन सकोस् । यो कामना गरौं । हामी आत्मनिर्भर नभएसंम्म विदेशी दासत्व स्वीकार गरिरहनु पर्ने छ ।

हरेक वर्ष जस्तै २०८० को वर्षमा हामीले प्राकृतिक प्रकोप सहनु परेका छ । पश्चिम नेपालमा विनाशकारी भूकम्पले ठूलो धनजनको नोक्सान हुन पुग्यो । अहिलेपनि त्यहाँका नागरिकले पूरै राहत पाउन सकेका छ्रैनन् । यो वर्ष अर्थात २०८१ मा उनीहरूले पुरै राहतको महसुस गर्न सकुन । हामीले विगतका वर्षमा जस्तै २०८० मा पनि केही आफन्त गुमाएका छौं । कतिपय दुर्घटनामा परेर जानु भएको छ भने कति प्राकृतिक प्रकोपका कारणबाट हामीबाट टाढा हुनु भएको छ । केही उमेरगत वा कालगतिका कारणले विदा लिनु भएको छ । जो जसरी हामीबाट विदा लिनु भएको भए पनि उहाँहरू प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्नु हाम्रो परम कर्तव्य हो । हर दिन उहाँहरूको सम्मान तथा सम्झना गर्नु पर्दछ । उहाँहरूले यो समाज र मुलुकलाई दिनुभएको योगदानको कदर गरिनु पर्दछ । नयाँ पिँढीलाई उहाँहरूको योगदान सिकाउनु पर्दछ । यदी पूर्वजहरूको वारेमा अग्रजहरूलाई सिकाउन सकिएन भने भोलीको पिँढी अराजक हुन सक्छ । यो नयाँ वर्षदेखि यस प्रकारका कुराहरूलाई गंभीरतापूर्वक लिनुपर्दछ । नयाँ वर्ष क्यालेण्डर फेर्नेगरी मात्र नभएर नयाँ रहर बोकेर हरेक नागरिकका घर घरमा नयाँ उमंगका साथमा आउनु पर्दछ । आउनुहोस हामी पनि यही चाहनाका साथ नयाँ वर्षलाई मनभरी स्वागत गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?