ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा

३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

काठमाडौँ ।

एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै साविक विजेता नेपाल सेमिफाइनलमा पुगेको छ। सोमबार भएको खेलमा हङकङमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।

समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार साउदी अरेबियासँग खेल्नेछ। १० टोली सहभागी प्रिमियर कपका समुहमा शीर्ष २ मा रहने टोलीले अन्तिम चारमा स्थान पक्का गर्नेछन्।

जितसँगै समुह ए मा रहेको नेपालले ३ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा छ। साउदी अरेबिया, मलेसिया र हङकङको समान २ अंक छ। नेपालसँग पराजित भएसँगै हङकङको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ।

हङकङले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेटको क्षतिमा भेटटयो।

नेपालका लागि कप्तान रोहित पौडेल २५ र सन्दीप जोरा १९ रनमा नटआउट रहे।
पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ७० रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए।

कुशल र आशिफले ३३ बलमा ७० रनको साझेदारी गरेका गरे। छैटौँ ओभरको तेस्रो बलमा कुशल ३२ रन बनाउँदा एलबीडब्लु धरापमा परे। उनले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर आशिफ शेख ४० रन बनाउँदा पेभेलियन फर्के। १८ बलमा ३ चौका र ३ छक्का हानेका आशिफ इसान खानको बलमा आउट भए।

त्यसअघि ओमानको अल अमरेट क्रिकेट मैदान ए मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १ बल अगावै १ सय १४ रन बनाउँदा अलआउट भयो।

वर्षाका कारण मैदान चिसो हुँदा १ घण्टा ढिला सुरु भएको खेलमा २ ओभर छोट्टाइएको थियो।
हङकङका लागि ओपनर अंशी रतले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। २६ बलमा ४ चौका र १ छक्का हानेका अंशु गुल्सन झा को बलमा रन आउट हुन पुगे।

जिसन अली १४ रन बनाउँदा अविनास बोहोराको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भए।

कप्तान निजाकत खान पनि १२ रन बनाउँदा रन आउट नै भएका थिए। अर्का ओपनर मार्टिन कोट्जे ८ रन बनाउँदा क्याच आउट भए। इसान खान ११ रनमा बोल्ड आउट भए। आयुष शुक्ला ६ रनमा नटआउट रहे।

नेपालविरुद्ध हङकङका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। नेपालका लागि अविनास बोहेराले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र २९ रन दिए।

ललित राजवंशीले २ विकेट झारे। ललितले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चे। दिपेन्द्र सिंह ऐरिले २ विकेट लिए। ऐरिले ५ बलमा २ विकेट लिदा ६ रन दिए। करण केसीको नाममा एक विकेट रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?