ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

म मेट्ने धुनमा…….

१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

अक्षरारम्भका बखत मैले चिन्नुपर्ने आकृति भनेर देखेको वर्ण कपुरी क भए पनि आनन्द बोधसित देखेको वर्ण म हो । म राम्रो म भनेर म वर्णलाई चिनाउँदा निकै आह्लादित भएको थिएँ । छत्तीस वटा वर्णमा आफूलाई राम्रो भन्ने केवल म थियो । साँच्चै यसले आफ्नै मनका कुरा गरे जस्तै लाग्यो । कतिपय ठाउँमा मावली म भनेर म वर्ण पढ्ने चलन रहेछ । भनिन्छ मावली हजुरबुबा हजुरआमा छँदासम्मको मावल साँच्चै लैनो गाई हो । आफूसित भएको दूध जति बेला चाहियो उति बेला दिने । त्यसैले मावली म भनेर पढ्नेका लागि पनि म उत्तिकै प्रिय, म राम्रो म जत्तिकै ।
संस्कृत भाषाको अहं को अनुवाद नै नेपाली भाषाको म हो । यही अहंबाट अहङ्कारको जन्म भएकाले विवेकको धुरी ताक्नेका लागि यो अहं दुष्ट घोडालाई गति अल्मल्याउन लगाइदिने फाल्सन जस्तो बन्छ । उनीहरूको आलोचनाको तारो बन्छ । किनकि अहंको हुङ्कार नै अहङ्कार हो । अध्यात्मको हल्का गुलियो चाट्न सिक्दै गर्दा अहङ्कार गर्जन नाद स्पष्ट सुनिन लाग्यो । तर जीवनभरि यही गर्जनलाई मङ्गल धुनका रूपमा वरण गरेको हुनाले जतिसुकै दुत्कार्न खोजे पनि मूर्ख सन्तानलाई केही बेर हप्काएर पर हुत्ताए पनि फेरि फकाउँदै काखमा लिने बाबुआमाले झैँ मनका काखमा लिइहाल्थेँ । अहङ्कार अध्यात्म क्षेत्रको तुँवालो हो भन्ने जानेर यसलाई हटाउन निकै प्रयास गरेँ । तर एक लिप्त अम्मलीले कति नै बाचा गरेर अम्मल छाड्दै बाचा तोड्दै गरी जस्ताको तस्तै भए जस्तै भइरह्यो ।
यो अहंलाई ब्रह्मको महासागरमा घोलेर अस्तित्वहीन बनाउन कोसिस गरेँ । तर अहङ्कारका रङ्गले ब्रह्मलाई नै अहङ्कारमय पो बनायो । अनि त म नै ब्रह्म हुँ अहं ब्रह्मास्मि को झन् जोडदार फुङ्कार गर्जियो । अनि सम्झेँ, हो त यस्तो अहं मैले कतिपय सन्त भनिएका व्यक्तिका अनुहारमा अवतरित भएको देखेको कुरा । कस्तो हो यो अहं जति मेट्न खोज्यो उति चम्कने ! मनका खेलबाट हैरान भएर व्यवहारवादी तनका खेलतिर जान खोजेँ । किनकि अरूलाई बुझाउन म व्यवहारमा उत्रिनै पर्छ । तब एक दशक पहिले लेखेको कपिका केही अक्षर मेटाउन एक मेट्टा लिएर कँस्सिएँ । मेट्टाले घिस्दा अक्षरमा झन् चमक आयो । अहो मेरो म मेट्ने धुन मनमा तनमा असफल हुने भयो भनेर मनमा पीर लाग्यो । तैपनि हार नखाई मेट्टा घिस्दै गएँ । अक्षर मधुरिँदै गए । अक्षर मधुरिएकाले मेटाइ काम सफल हुने झझल्को आउनै लाग्दा अक्षर टाँसिएको कागज क्षेत्र झन्डै प्वाल पर्न लागेको देखिहालेँ । मेरो मनमा काँढा उठे । किनकि म लाई मेट्न खोज्दा म को बासस्थान शरीर नै नरहने सङ्केत उक्त खिइँदो कागजले दिइरहेको थियो । सशरीरमा रमाएको व्यक्तिले अशरीरको कल्पना कसरी गर्न सक्थे र ? अहङ्कार त्याग्न शरीर नै त्याग्नुपर्ने हो भने भौतिक जगतको अहङ्कार अजेय हुने भयो । अहङ्कारविहीन भौतिक जगत असम्भव हुने भयो । यसो हो भने अहङ्कारहीन हुनतर्फ कसको आकर्षण होला ? कसरी आकर्षण होला ?

मेट्टा प्रविधि छोडेर पोता प्रविधितिर लाग्न मन चल्यो । केही पोतेर भौतिक म लाई मेटाउने योजना गरेँ । देख्दाखेरि त देखिवैन तर गुप्त रूपमा झन् सुरक्षित पो हुने देखियो । पुस्तकमा गाता हालेर पुस्तकको आवरण सुरक्षित भए जस्तै । कुनै दिन त्यो पोतेको कुरा पुरानिएर, खिइएर वा उक्किएर जाँदा झन् झल्झलाकार अवस्थामा देखिने भयो ! यसरी ढाकछोप गर्नु भनेको त क्षणिक पर्दा जस्तो मात्रै पो भयो । फेरि पोतिएको ठाउँ हेर्दा पनि त छोपिएको वस्तुको याद आउने भयो नै । यसरी त समझ मेटिनुको साटो झन् गाढा पो हुँदै जाने भयो । सानैदेखि त्यति प्रेमले हुर्काई बढाई सजाएको अहं अर्थात् म लाई घृणाले पनि त कसरी फाल्न सकिन्छ र ! फेरि भक्तिभावले सात जन्ममा प्राप्त हुने ईश्वर घृणा द्वेषले तीन जन्ममा प्राप्त हुने प्रमाण हाम्रा पुराण इतिहासले पस्केका छन् । त्यसैले पनि घृणा द्वेषको बाटो पनि कामयाव देखिएन ।
हरेक समस्याको समाधान प्रेम हो अर्थात् प्रेम समस्याहीन अवस्था हो भने म अर्थात् भित्री म मेटाउने समस्या पनि प्रेमबाट किन नहोला र ? अब म प्रति प्रेम बढाउन लागेँ । प्रेममा बराबरको हैसियत हुन्छ । एक अर्कामा घुनलको अवस्था हुन्छ । कस्तै अघुलनशील वस्तु पनि प्रेममा घुल्छ ।
यसै बखत यौटा नीति कथाको याद आयो । एउटा सहर थियो । त्यो सहरमा कुनै वस्तुको व्यापार गर्दा साइनबोर्ड राखेर मात्र गर्न पाइन्थ्यो । र एउटाले साइनबोर्ड राखिसकेपछि अरू त्यस्तै प्रकारको व्यापार गर्न पाइन्नथ्यो ।
एक जना व्यक्तिले गाईको दूधको व्यापार गर्ने विचार गरे । अनि उनले यहाँ गाईको शुद्ध ताजा दूध पाइन्छ भन्ने साइनबोर्ड दर्ता गराए । ती व्यक्तिको गाईको दूधको व्यापार साह्रै राम्रोसित चल्यो । गाईको दूधको व्यापार राम्रो भएको देखेर छिमेकी व्यक्तिलाई पनि गाईको दूधको व्यापार गर्ने मन लाग्यो । तर के गर्ने दुईवटालाई उस्तै व्यापार गर्ने अनुमति पाइन्नथ्यो ।
व्यापार गर्न मन लागेका व्यक्ति दूध किन्ने निहुँमा दूध पसलमा गए । व्यापार राम्रोसित चलेको पसले खुसीले गद्गद थिए । ती ग्राहकले पसलेसित विनम्र भावले सोधे— हजुरको पसलको साइनबोर्डमा यहाँ गाईको शुद्ध ताजा दूध पाइन्छ भनिएको छ । यहाँ अशुद्ध दूध पनि पाइन्छ र ?
पसलेले मुसुक्क मुस्काउँदै भने— होइन, हामी शुद्ध दूध मात्रै बेच्छौँ ।
तब ग्राहकले भने— हजुरले अशुद्ध दूध बेच्दै बेच्नुहुन्न भने यसै शुद्ध भैहाल्यो । अनि साइनबोर्डको शुद्ध शब्दले बेकारमा हामी जस्ता सुधा ग्राहकको मनमा शङ्का उब्जाइदिन्छ ।
पसलेले यसो घोरिएर सोचे । हो जस्तो लाग्यो । उनले आफ्नो पसलको साइनबोर्डबाट शुद्ध शब्द हटाइदिए । अनि साइनबोर्ड यहाँ गाईको ताजा दूध पाइन्छ बन्यो ।
ती ग्राहक फेरि अर्को पटक पसलमा आए र घुमाईफिराई साहूजीसित भने— साहूजी, हजुरकहाँ बासी दूध पनि पाइन्छ र ?
साहूजीले भने— हैन, हामी कहिल्यै पनि बासी दूध बेच्दैनौँ । सितिमिति दूध नै बाँकी रहन्न । कथंकदाचिद् रहिहाल्यो भने दही बनाउँछौँ ।
तब ग्राहकले भने— हजुरका पसलमा जब सधै ताजा दूध नै पाइन्छ भने यो साइनबोर्डमा ताजा भनेर किन भनिरहनुपर्योम । त्यो ताजा शब्दले त बेकारमा बासीको शङ्का उब्जाउँछ ।

पसलेले गम खाए । हो त नि । अनि उनले साइनबोर्डबाट ताजा शब्द पनि हटाइदिए । अब साइनबोर्ड यहाँ गाईको दूध पाइन्छ भन्ने बन्यो ।
अर्को कुनै दिन ती ग्राहक आए र सिलसिला मिलाएर साइनबोर्डकै कुरा निकाले । अनि साहूजीलाई भने— साहूजी, हजुरका पसलमा भैँसीको दूध पनि पाइन्छ र ?
साहूजीले भने— अहँ, यहाँ त केवल गाईको दूध मात्रै पाइन्छ ।
अनि ग्राहकले भने— यो पसल गाईकै दूधका लागि ख्यातिप्राप्त छ भने साइनबोर्डमा गाईको लेखेर किन बेकारमा भैँसी सम्झने अवस्था गराउनु ।

साहूजीलाई हो जस्तो लाग्यो । उनले गाईको शब्दलाई साइनबोर्डबाट मेटाइदिए । अब साइनबोर्ड यहाँ दूध पाइन्छ भन्ने भयो ।
फेरि अर्को दिन ती ग्राहकले साइनबोर्डमा रहेको यहाँ शब्दप्रति लक्ष्य गर्दै भने— साहूजी यो सहरमा अन्त कतै पनि दूध पाइन्छ र ?
साहूजीले भने— अहँ । यो सहरमा केवल यहाँ नै हो दूध पाइने हजुर ।
त्यसो हो भने यहाँ भनेर किन भनिरहनु पर्योे ? यो यहाँ शब्दले त अन्त कतै पनि पाइन्छ कि भन्ने विकल्प उब्जाउँछ ।
पसलेलाई कुरो ठिकै जस्तो लाग्यो । उनले साइनबोर्डबाट यहाँ शब्द पनि हटाइदिए । अनि त साइनबोर्ड दूध पाइन्छ मा सीमित भयो ।
अर्को पटक आउँदा ती ग्राहक पसलमा आएर कुरा निकाले । साहुजी, हजुरका पसलमा दूधबाहेक अरू के के पाइन्छ र ?
किन र हजुर ! यहाँ त दूध मात्रै पाइन्छ । साहुजीले विनम्र भावले भने ।
तब ग्राहकले भने— दूध पाइने कुरा सबैले जानेकै छन् भने फेरि साइनबोर्डमा दूध लेखिरहनु किन पर्यो र ?
साहूजीले एकैछिन गम खाएर सोचे । हो त नि । अनि साइनबोर्ड त केवल पाइन्छ शब्दमा सीमित भयो ।
अर्को पटक ती ग्राहक आउँदा साइनबोर्डमा केवल पाइन्छ देखे । अनि साहूजीलाई भने— साहूजी, साइनबोर्डमा पाइन्छ शब्दको कुनै अर्थ छैन । यसले त ग्राहकलाई अलमल्याउने मात्रै हुन्छ । पसलेलाई ठीकै लाग्यो र पाइन्छ शब्द पनि मेटाए ।
बाल्यावस्थादेखि पुल्पुल्याएर फुर्क्याएर हुर्काएर राखेको मभित्रको भित्री म सित मैले मित्रता गाढा बनाउँदै लगेँ । उनका हरेक क्रियाकलापमा मैले साथ दिन्थेँ ।

भित्री म ले दान दिन्थे । म खुसी हुन्थेँ । मेरो खुसी देखेर भित्री म चम्कन्थे । भित्री म ले राम्रो काम गर्थे । मैले थपडी बजाउँथेँ । अनि उनी गम्कन्थे । भित्री म को चमकधमक चलिरहेका बेला मैले उनीसित कुरा गर्न चाहेँ । आखिर प्रेम गाढा थियो नै त केही समस्या थिएन ।
ए म ज्यु, मैले भित्री म लाई विनम्रतापूर्वक सम्बोधन गर्दै भनेँ— हजुरको चमक हजुरको क्रियाकर्मको प्रभाव हो । हजुरको गराइ हजुर हुनु भावको कारण हो । तर हजुर बोल्दाखेरि म लाई उच्च बलाधातसित बोल्नुहुन्छ, गराइलाई निम्न बलाघातसित बोल्नुहुन्छ । जस्तो मैले दिएँ वाक्य बोल्नुपर्दा मैले लाई निम्न वा मधुरो बलाघातसित र दिएँ लाई उच्च बलाघातसित बोल्दा राम्रो हुन्थ्यो होला कि ? मेरो एक सामान्य जिज्ञासा मात्र ।
भित्री म ले एकैछिन गम खाए । उनलाई मेरो कुरा चित्त बुझेछ क्यारे, सकारात्मक टाउको हल्लाए । अनि साँच्चै म को बानी व्यवहार फेरिँदै गयो । उनले हुनुलाई, गर्नुलाई बढी जोड दिन लागे । विस्तारै उनमा कर्ताभाव मधुरिँदै गयो र क्रियाभाव उज्यालो हुँदै गयो । मेरो नीति कथाको सन्देश कार्यान्वयन होला जस्तो देखियो ।

एक दिन भित्री म ले भने— साथी, तिमीले भनेका कुराले मलाई निकै जाती गरेको छ । आजभोलि मलाई उस्तो खटपटी छटपटी पनि हुँदैन । शान्तसँग निद लाग्छ । ध्यान पनि लाग्छ । बैठक कोठामा राखेका दानका प्रमाणपत्रहरूले मलाई खिज्याए झैँ लाग्यो । मलाई पटकपटक आफैलाई उद्धृत गरेर दिने उदाहरण जस्तो महसुस भयो । अनि ती प्रमाणपत्र निकालेर भण्डार कोठामा थन्क्याएँ । तब मलाई हल्का महसुस भयो । म छु, म हुँ, म गर्छु मा ती क्रियापद नै पर्याप्त लाग्न लागे ।
भित्री म का यी कुरा सुनेपछि मैले साथीका हैसियतले फेरि सानो जिज्ञासा राखेँ । हजुरले म लाई फिका गराउन छु, हुँ, गर्छु… लाई अघि सारेपछि निकै फाइदा भयो भन्नुभयो । यो सुनेर यो (आफूलाई बताउँदै) साथी निकै दङ्ग छ । बसिबियाँलो फेरि अर्को सानो जिज्ञासा जाग्यो । सुन्ने इच्छा भए भन्छु । भनुँ र !

भित्री म मुस्कुराउँदै भने— साथीको पनि के अनुमति लिइरहनु पर्छ र ?
यत्तिको अनुमति पाएपछि मैले आफ्ना कुरा सुरु गरिहालेँ । छु, गर्छु क्रियापदका उकार ले त परोक्ष रूपमा म कै प्रतिनिधित्व गरिरहेका छैनन् र हजुर ! उकार फालिदिँदा पनि क्रिया सङ्केत त बुझिन्छ नै । होइन र ?
भित्री म अलिबेर घोरिए र गम खाए । अनि मुसुक्क मुस्काउँदै भने— तिमीले ठीक भन्यौ । हो, मसित साथी बनेर आएका क्रियापदले सधै म को वारेस बनेर काम गरे जस्तै लाग्यो ।
अब भने भित्री म लगभग मेटिएको अवस्था भयो । अब ती एक्ला क्रियापद छ, गर्छ को खासै अर्थ थिएन । तै पनि म को उत्तराधिकारीको गन्ध बोकेर रहिरहेका थिए ।
अनि मैले भित्री म सित भने— जब हजुरलाई म को लिप्सा हराइसकेको छ भने एक्ला उदास क्रियाका पछि दगुरिरहनु पनि त पूर्व म प्रतिको लिप्साको धङ्धङी मात्रै होइन र हजुर ?

यस पाली भने भित्री म लाई मेरो कुरा मन परेन क्यारे ! अनि अस्तित्वको कुरा निकाले ।
भित्री म को यो अस्तित्वको माग निभ्न लागेको बत्तिको चम्किलो ज्योति जस्तो लाग्यो । अनि मैले बोलेँ — हजुरको उकारसम्मको त्यागले म को केवल बाहिरी ज्वाला मात्रै निभेको रहेछ । तर यो अस्तित्वको मोहले त्यो म भुसको आगो जस्तै भित्रभित्रै उकुसमुकुसिएर ङुर्ङुराएर बसेको आभास भयो । यदि काम ठूलो हो भने अस्तित्वको लालसा नगरेर पनि त काम गर्न सकिन्छ । जस्तै, प्रकृतिले कतै केही लालसा, अपेक्षा नराखीकन काम गरिरहेकी छिन् । आफू हाँसेर अरूलाई हँसाइरहेकी छिन् त । मैले यसै सिलसिलामा गीता १२।१२ को ध्यानात्कर्मफलत्यागः त्यागाच्छान्तिरनन्तरम् । अर्थात् ध्यानभन्दा कर्मफलत्याग ठूलो हो । त्यसले निरन्तर शान्ति प्राप्त हुन्छ भन्ने सन्दर्भ बताएँ । भित्री म को अनुहार लाल लाल भयो । मैले सोचेँ क्रोधको उन्माद होला ।
केही दिनपछि भेट हुँदा भित्री म हर्षको उन्मादले अङ्कमाल गर्न आए र भने — व्यक्तिले अस्तित्वको मोहले कर्म गर्न उत्प्रेरित हुन्छ भन्ने कुरा व्यर्थ रहेछ । शुद्ध कर्मले त अस्तित्व मोह छाड्दो रहेछ ।
अनि मैले भनेँ — निष्काम कर्म भनेको यही त हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?