ट्रेंडिंग:

>> कर्णालीसँगको प्रतिस्पर्धात्मक खेलमा चितवन विजयी >> वर्तमान सरकारले देशलाई लोकतान्त्रिक मार्गबाट विचलित पार्न खोज्यो : झाँक्री >> च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक >> ओलीले अब गर्न बाँकी काम एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो : घनश्याम भुसाल >> विशेष महाधिवेशनबारे छलफल गर्न गगन-विश्वले शेखरलाई भेट्दै >> विप्लव नेतृत्वको पार्टीको नाम फेरियो >> सरकारले क्याबिनेटबाटै सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गरोस्: स्वर्णिम वाग्ले >> नेत्रहीन महिला टी–२० विश्वकप : नेपालसँग पाकिस्तान १० विकेटले पराजित >> दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति >> नेपाल औषधि लिमिटेडद्वारा ९ प्रकारका औषधि उत्पादनको तयारी >> सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक >> पन्चलको अर्धशतकमा कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य >> कांग्रेसका विशेष महाधिवेशन पक्षधरसँग प्रधानमन्त्री कार्कीको भेट >> दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो >> आगामी दुई दशकमा साढे ४२ हजार जहाज आवश्यक पर्ने अनुमान >> तोलामा ३ हजार ८ सय घट्यो सुन >> दिवंगत पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी >> चितवनविरुद्ध कर्णालीका पन्चलले पूरा गरे अर्धशतक >> आगामी निर्वाचन अघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्छ: शेखर कोइराला >> राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक >> अपडेट : दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी >> महान्यायाधिवक्ता विरूद्धको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा >> जसपाको कार्यकारिणी समिति बैठक आज पनि >> दुर्गा प्रसाईं पक्राउ परेपछि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ >> कतारमा बृहत् “रक्तदान कार्यक्रम” हुँदै >> आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ >> निर्माण थालेको ५ वर्षपछि नयाँ भवनबाट सेवा  >> ‘अब दृष्टिकोण बदल्ने समय आएको छ’ >> खाद्यवस्तुमा मिसावट बढ्दो: मारमा उपभोक्ता ! >> वायु प्रदूषणको बढ्दो चिन्ता  >> रुपन्देहीबाट सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु >> सरकार बदमास कि ठेकेदार ? नापीमा सरासर, मालपोतमा मनपरी ! >> श्रीराम आधारभूत विद्यालयमा बाल विकास केन्द्रका ४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण >> अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिबी र ट्रिप्पर नियन्त्रणमा >> निगमको जहाज अबदेखि डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने >> एनपीएल उद्घाटन खेलमा काठमाडौँको जित >> नेप्से बढ्यो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो >> काठमाडौं–गोर्खाजले टस जितेपछि जनकपुर बोल्ट्सले ब्याटिङ रोज्यो >> वायुसेवा निगमको बैठकमा कामू महाप्रबन्धक कालाखेतीले काम गर्न नसकिने घोषणा >> नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्यो >> प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलनासम्बन्धी रिट दर्ता >> बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय >> राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब >> सर्वोच्चले मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश >> प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगमा ६ राजनीतिक दल दर्ता >> एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस >> अनेरास्ववियुका अध्यक्ष कडरिया पदबाट हटे, जिम्मेवारी महासचिव धामीलाई >> कात्तिक महिनामा १४ अर्बले घट्यो राजस्व संकलन >> मानवताविरुद्धको अपराधमा शेख हसिना दोषी ठहर >> आफ्नै घरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

चितवनको अयोध्यापुरी– ऐतिहासिक, सांस्कृतिक सम्पदा 

१५ कार्तिक २०८२, शनिबार
१५ कार्तिक २०८२, शनिबार

१. पूर्व कोशलको यथार्थ चित्रण

रामायण र विभिन्न पुराणहरूमा उल्लेख भएको “पूर्व कोशल” प्रदेश उर्वर भूभाग थियो । त्यहाँ चार वटा प्रमुख नदीहरू बहन्थे — तमसा, राप्ती, सरयू र गण्डकी । यी चारै नदीहरू आजको नेपालको चितवन र आसपासका क्षेत्रहरूमा अवस्थित छन् ।

यो क्षेत्र पहाड र तराईको सङ्गम स्थलमा अवस्थित छ– उर्वर माटो, हरियो वन र जलस्रोतहरूको मुहान भएकोले, यसलाई प्राचीन वैदिक संस्कृतिमा “देवभूमि” भनिएको छ । यही भू–भागलाई पूर्व कोशल भनिन्थ्यो, जहाँ रामायणकालमा अयोध्यापुरी राजधानी र बसोबास क्षेत्र थियो ।

नेपालका पुराना बटुवाहरू, विशेषतः पाल्पा, तनहुँ र नवलपुरका तीर्थ–यात्रीहरू, त्रिवेणी (काली, गण्डकी र त्रिशूलीको सङ्गम) जाँदा “राम–सीता अयोध्यापुरीमा बस्ने र लव–कुश त्यहीँ जन्मिने” भन्ने वैदिक परम्पराको श्रुति–स्मृति सुनाउने गर्थे । त्यो मौखिक संस्कार अहिले पनि गाउँघरका वयोवृद्धहरूमाझ जीवित छ– जसले नेपालकै माडीलाई “राम–सीता–लव–कुशको भूमि” भनेर बोध गर्छ ।

२. अयोध्यापुरीमा राम–सीताको वास
जनकपुरमा विवाहपछि राम र सीता पूर्व कोशलको राजधानी अयोध्यापुरीमा बसेका थिए । त्यस बेला कोशल राज्यका दुई प्रशासनिक केन्द्र थिए–अयोध्या (पश्चिम) जहाँ दशरथ राजसिंहासनमा थिए र अयोध्यापुरी (पूर्व) जहाँ रामले शासनमा सहयोग र जनसेवा गर्थे ।

अयोध्यापुरी नै त्यो स्थान हो जहाँ विश्वामित्रको आश्रम, सिद्धाश्रम, र लव–कुश जन्मस्थल रहेको प्रमाणित छ । गण्डकी र राप्तीको बिचको क्षेत्र अहिले पनि लोक श्रुति, भजन, कथा र स्थानीय नाममा रामायणका घटनाहरू बोकेर बसेको छ ।

३. लङ्का विजय र दशमीको आरम्भ
रामले रावणमाथि विजय हासिल गरेको दिन चैत्र शुक्ल दशमी थियो । तर लङ्काबाट अयोध्यापुरी फर्कँदा केही महिना लाग्यो । राज्यारोहण गर्दा शारद ऋतु सुरु भइसकेको थियो । त्यसैले शारदीय दशमीमा विजय उत्सव मनाइयो ।

त्यो नै आजको विजया दशमी (दसैँ) को प्रारम्भ हो । त्यो बेला रामराज्यका जनताले रातो टीका र अन्नको जमरा लगाएर विजयको प्रतीक मनाए । भूमि पूजन, पशु पूजन र अन्न पूजन गरेर देवी शक्तिलाई धन्यवाद दिए । त्यही परम्परा कालान्तरमा नेपालको प्रत्येक भूभागमा फैलियो ।

४. अयोध्यापुरी र दसैँको सांस्कृतिक प्रभाव
अयोध्यापुरी सभ्यताका मूल्यहरू– भूमिप्रतिको कृतज्ञता, अन्नप्रतिको श्रद्धा र श्रमप्रतिको सम्मान । नेपालका कृषक जीवनमा गहिरो रूपमा बसालिएको छ यी मान्यताहरू– जमरा स्यूरने, टीका लगाउने, बली चढाउने र प्रसाद बाँड्ने सबै संस्कार त्यही प्राचीन कृषि–सभ्यताको निरन्तरता हुन् ।

पूर्व कोशलका वैदिक कर्महरूमा देवी पूजन र भूमि पूजनको परम्परा थियो । दशमीका दिन भूमिदेवी र शक्तिदेवीको आराधना गरेर “अन्नबाली सप्रिरहोस्, जनजीवन समृद्ध रहोस्” भन्ने कामना गर्ने संस्कार अयोध्यापुरी कालदेखि चलिआएको हो ।

५. अयोध्यापुरीः दसैँको ऐतिहासिक जग
अयोध्यापुरीले दसैँलाई केवल धार्मिक उत्सव होइन, एक ऐतिहासिक र सांस्कृतिक स्मृति बनायो । नेपालका राजवंशहरूले त्यस परम्परालाई निरन्तरता दिए–लिच्छवीदेखि शाहकालसम्म दसैँ राजकीय पर्वका रूपमा स्थापित रह्यो ।

देवी दुर्गा, तलेजु भवानी पूजाका माध्यमबाट रामायणकालीन विजयादशमी परम्परा नेपाल राज्यको संस्थागत संस्कृति बन्यो । त्यसैले दसैँ नेपालका लागि धर्मभन्दा बढी इतिहास र आत्मपहिचानको पर्व हो ।

आज पनि नेपालका किसानहरू असोज महिनामा भूमि पूजन गर्छन्, धानको जमरा स्यूरन्छन र अन्नको टीका लगाउँछन् । यो परम्परा अयोध्यापुरीको आशीर्वाद हो, जसले दसैँलाई नेपाली आत्माको पर्व बनाएको छ ।

निष्कर्ष: 
दसैँको ऐतिहासिक जग अयोध्यापुरीमै गाडिएको छ– जहाँबाट रामराज्यको आदर्श, भूमि पूजनको संस्कार र विजयको प्रतीक तीनै तत्व उठेका छन् । नेपालका पुराना वैदिक परम्पराले, लोकश्रुतिहरूले र जनविश्वासले अयोध्यापुरीलाई दसैँको हृदय भूमि बनाइदिएको छ । दसैँको मर्म बुझ्न अयोध्यापुरी बुझ्नुपर्छ किनकि त्यहीँबाट नेपालको संस्कृति, श्रद्धा र एकताको बीज उम्रिएको हो ।
हाल कपन काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?